प्रथम पानबारी गोल्डकप: धनकुटा फाईनलमा

  • वैशाख २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ वैशाख २२ गतेदेखि जारी प्रथम पानबारी गोल्डकपमा विहीबार भएको खेल सम्पन्न भएको छ । 

आज भएको खेलमा सिसिडीआईसि धनकुटाले रक्कि ईन्टरनेशनल फुटबल क्लब काठमाडौलाई हराउदै फाईनल यात्रा तय गरेको छ । 

उक्त खेलमा दोस्रो सेमिफाइनल खेलमा रक्की इन्टरनेशनल फुटबल क्लब काठमाडौलाई ४–१ गोल अन्तरले हराउदै फाईनलको लागि बाटो तय गरेको हो ।

सिसिडिआईसि धनकुटाको जितका लागि खेलको पहिलो हाफको २० औ मिनेटमा जर्सि न २३ का दिलेन लिम्बुले पहिलो गोल गरेका थिए भने खेलको पहिलो हाफको ३५ औ र दोस्रो हाफको २५ औ मिनेटमा जर्सी न ३५ का सुनिल खडकाले २ गोल गरे ।त्यस्तै जर्सी न ५१ का मिलन लिम्बुले खेलको दोस्रो हाफको ४ औ मिनेटमा थप १ गोल गरेका थिए ।

उता रक्की इन्टरनेशनल फुटबल क्लब काठमाडौको तर्फबाट जर्सि न ७ का सिजल राईले खेलको पहिलो हाफको २१ औ मिनेटमा १ गोल फर्काए पनि आफ्नो टिमको हार टार्न सकेन ।

खेलको म्यान अफ द म्याच जर्सी न ५१ का मिलन लिम्बू घोषित हुँदै नगद ३ हजार १ सय प्राप्त गरेको छ।

गएको बैशाख २२ गतेबाट सुरु भएको प्रथम पानवारी गोल्डकप प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ र उप बिजेताले ५५ हजार ५ सय ५५ सङै ट्राफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक फुटबल क्लवका अध्यष कृष्ण कुमार राईले बताए ।

केएफसी केराबारी फुटबल क्लब संग आउने बैशाख २९ गते शनिबार अन्तिम प्रतिष्पर्धा गर्ने भएको छ । 

 

 

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved