महाकुम्भको राजधानी चतराधाम ३२ दिनसम्म आयोजना, ५० लाख भन्दा बढीको आगमन

  • वैशाख ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित प्राचीन हरिद्वार चतरा धाममा आयोजना भएको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला समापनसँगै महाकुम्भको राजधानी चतराधाम भनेर स्थापित भएको छ ।

गत चैत्र २७ गते अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि सुरु भएको उक्त बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला शुक्रवार वैशाख शुक्ल तृतीया समापनभएसँगै महाकुम्भको राजधानी भनेर स्थापित भएको हो ।

१२ वर्षपछि आयोजना भएको उक्त मेलाको समापन समारोहमा नेपाल सरकारका मुख्य सचिव डाक्टर वैकुण्ठ अर्याल प्रमुख अतिथि रहेका थिए ।

यसअघि मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय तृतीया अर्थात् वैशाख २८ गतेसम्म गरी ३२ दिन सञ्चालन भएको थियो। मेलाको अन्तिम दिन शुक्रवार बिहान समापन महास्नान कौशिकी गङ्गामा गरिएको थियो ।

कौशिकी गङ्गामा भएको स्नानमा नेपाल राष्ट्रका प्रथम जगदगुरु बालसन्त मोहन शरणसँगै नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्याल, नगर प्रमुख रमेश कार्की, प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेल सहित जनप्रतिनिधिहरू, देश विदेशका सन्त महन्त लगायत हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो।


३२ दिनसम्म आयोजना भएको उक्त मेलामा ५० लाख भन्दा बढी देश विदेशबाट भक्तजनहरू आएको नगर प्रमुख एवम् बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका सह–अध्यक्ष रमेश कार्कीले बताए ।

मेलामा अमेरिका, अष्टेलिया, वेलायात त्यस्तै भारत, भुटान लगायतबाट श्रद्धालु भक्तजनहरूको आगमन भएको उनले बताए । बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा भक्तजनहरूको आगमन हेर्दा चतराधाममा कुम्भमेला स्थापित भएको उनले बताए ।

उनले भने, ’पूर्ण महाकुम्भ मेला आयोजनामा सङ्घीय र प्रदेश सरकारले महत्त्वपूर्ण सहयोग गरेको बताए ।

मेलाको समापन समारोहमा मेला आयोजनामा सहयोग गर्ने मूल समारोह समितिका पदाधिकारीहरू, उपसमितिका संयोजक, सदस्यहरू, सुरक्षाकर्मी , स्वास्थ्यकर्मी , स्वयंसेवकहरू, सहयोगीहरू लगायतलाई सम्मान गरिएको थियो ।

अमृतको थोपा झरेको भारतको मध्य प्रदेश स्थित उज्जैन, प्रयाग, महाराष्ट्र स्थित नसिक र उत्तराखण्ड स्थित हरिद्वारमा कुम्भ मेला लाग्दै आएको र नेपालको चतराधाममा अमृतको तर भेटिएकोले यसको महत्त्व र महिमा ठुलो रहेको यस पटक आयोजना भएको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाले प्रमाणित गरिदिएको जगद्गुरु बालसन्त मोहन शरण देवाचार्यले बताए ।

समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा जहाँ–जहाँ अमृत खस्यो त्यहाँ–त्यहाँ कुम्भ मेला लाग्ने र नेपालको चतराधाममा अमृतको पिण्ड नै खसेकाले चतराधाम कुम्भको राजधानीको रूपमा स्थापित भएको उनले बताए ।

राष्ट्रपतिले उद्घाटन गरेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा पूर्व प्रधानमन्त्री केपी ओली, पूर्व मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी, पूर्व उप–प्रधानमन्त्री बिजयकुमार गच्यदार, राजेन्द्र लिङ्देन, वर्तमान मन्त्री, पूर्व मन्त्रीहरू, प्रदेश प्रमुखहरू, मुख्यमन्त्री, पूर्वमुख्य मन्त्री, प्रदेशका मन्त्रीहरू, सांसदहरू, विभिन्न पालिकाका प्रमुख, उप–प्रमुख लगायतका देश विदेशका साधु, सन्त, महन्तहरूको सहभागिता रहेको थियो ।

चतराधाममा पहिलो पटक २०५९ सालमा, दोस्रो पटक २०६३/०६४ मा, २०७०/०७१ तेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७५/०७६ सालमा चौथो कुम्भ मेला आयोजना भएको थियो ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved