कोशी सरकार : आज मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

  • वैशाख ३१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

मोरंग/ कोशीप्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन् तर नेपाली काँग्रेसले भने वहिस्कार गर्ने भएको छ  ।

वैशाख २७गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गराएका थिए । सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले ३१ वैशाखको विहान ११ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

सोमबारको बैठकबाटै विश्वासको मत लिने तयारी मुख्यमन्त्रीकार्कीले गरेका हुन् ।

जसका लागि उनले प्रदेशसभा सचिवालयमा सूचनादर्ता गराइसकेका छन् ।

मुख्यमन्त्रीकार्कीले विश्वासको मत लिने बैठक भने नेपाली कांग्रेसले बहिस्कार गर्ने तयारी गरेको छ ।

मुख्यमन्त्री नियुक्ति प्रक्रियाको विरुद्ध परेको रिट सर्वाेच्च अदालतमा विचारा धीन रहेको अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन हतार गरेको भन्दै कांग्रेसले बहिष्कार गर्ने बताएको हो ।

काठमाडौंमा कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले विश्वासको मत प्रक्रियालाई बहिस्कार गर्न निर्देशन दिएको निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बताए । उक्त बैठकमा निवर्तमान मुख्यमन्त्री केदार कार्की र प्रदेश संसदीयदलका नेता उद्धव थापाले कोशीको अवस्थाबारे नेताहरुलाई जानकारी गराएकाथिए ।

कोशीमा नेपालीकांग्रेस प्रदेश संसदीयदलको बैठक सोमबार विहान ८ बजे बस्दैछ ।

दलको बैठकले प्रदेशसभा बैठकमा कसरी प्रस्तुतहुने भन्ने विषयमाथप निर्णय गर्र्ने नेपालीकांग्रेस प्रमुख सचेतकगोपालतामाङले जानकारी दिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७असोजमा नियुक्त मुख्यमन्त्री केदार कार्कीले साझेदार दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुखखापुङले उनी पद मुक्तभएको निष्कर्ष निकालेर २६ वैशाखमानयाँ सरकार गठन आह्वान गरेका थिए ।

२७ वैशाखमा कार्कीले एमाले र माओवादीका गरी ५२ सांसदको समर्थन पेश गरेपछि त्यसै दिनप्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

त्यसै दिन मुख्यमन्त्री कार्कीले एमाले र माओवादीका एक–एक नेतालाई मन्त्रि परिषदमा सहभागी गराइसकेका छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने उनको तयारी छ ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved