धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरूलाई लक्षित गर्दै नेपाली सेनाले विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। राष्ट्रको सुरक्षा मात्र नभई युवापुस्तामा अनुशासन, जिम्मेवारी र देशभक्तिको भावना विकास गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो। इटहरीस्थित भगवती दल गणको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूलाई नेपाली सेनाको भूमिका, कर्तव्य, अधिकार तथा भर्ना प्रक्रियाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा भगवती दल गणका सह–सेनानी रविन्स रिमाल मुख्य प्रशिक्षकका रूपमा सहभागी थिए। उनले नेपाली सेनाको ऐतिहासिक पृष
अटिजम शब्दको पहिलो प्रयोग १९०८ मा स्विस मनोवैज्ञानिक युजेन ब्लुइलरले गरे, तर उनले यसलाई सिजोफ्रेनियाको एउटा लक्षणको रूपमा व्याख्या गरेका थिए। सन् १९४३ मा लियो केनरले सामाजिक व्यवहारमा कठिनाइ भएका बालबालिकालाई 'अर्ली इन्फन्टाइल अटिजम' भनेर चिनाए। लगत्तै १९४४ मा ह्यान्स एस्परगरले अलि फरक र उच्च क्षमता भएको अटिजम (एस्परगर सिन्ड्रोम) को बारेमा लेखे। १९५० को दशकमा 'रेफ्रिजेरेटर मदर' सिद्धान्त आएको थियो, जसले आमाको मायाको कमीले अटिजम हुन्छ भन्ने गलत दाबी गरेको थियो। पछि १९६० तिर बर्नार्ड रिमल्यान्डले यो वंशाणुगत र मस्तिष्कको विकाससँग सम्बन्धित अवस्था हो भनेर प्रमाणित गरे। सन् १९८० मा पहिल
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले स्वास्थ्य सेवामा महत्वपूर्ण फड्को मार्दै नगर अस्पतालबाटै मोतियाबिन्दुको शल्यक्रिया सेवा सुरु गरेको छ। यससँगै स्थानीय बासिन्दाले अब उपचारका लागि नगर बाहिर धाउनु पर्ने बाध्यता अन्त्य भएको छ। चक्रघट्टि स्थित बराहक्षेत्र नगर अस्पताल अन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रमा नियमित रूपमा विशेषज्ञ डाक्टरको टोली ल्याई मोतियाबिन्दुको अप्रेसन सेवा प्रदान गर्न थालिएको हो। नगर प्रमुख रमेश कार्कीका अनुसार अस्पतालले परीक्षणदेखि शल्यक्रियासम्मको सेवा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ। नगरपालिकाले विगतदेखि सञ्चालन गर्दै आएको निःशुल्क आँखा शिविरलाई थप प्रभावकारी बनाउँद
पानबारी/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबारीमा रहेको पाँचकन्या सामुदायिक वन उपभोक्ता समूहको १६औँ वार्षिक साधारण सभाबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ। वनको आफ्नै कार्यालयमा सम्पन्न साधारण सभाले १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध गठन गरेको हो। निर्वाचन समितिका संयोजक शिव कटवालका अनुसार सबै पदाधिकारी सहमतिमै चयन भएका हुन्। नयाँ कार्यसमितिको अध्यक्षमा गणेश कार्की चयन भएका छन् भने उपाध्यक्षमा नेत्रबहादुर बिष्ट (विमल), सचिवमा नीता लोहार, सह–सचिवमा अमृत राई र कोषाध्यक्षमा मगर चयन भएका छन्। बाँकी सदस्यहरू भने नव–निर्वाचित पदाधिकारीहरूको सिफारिसमा निर्वाचन समितिल
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई उद्घोषण कला र नृत्य कलाको प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । वार्षिक परीक्षा दिएर बसेका आधारभूत तह कक्षा ६, ७ र ८ का विद्यार्थीहरूको क्षमता विकास कार्यक्रम अन्तर्गत उक्त उद्घोषण कला र नृत्यकलाको प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख उत्तमराज भारतीले जानकारी दिए । कक्षा ६, ७ र ८ को वार्षिक परीक्षा दिएर बसेका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूको उक्त प्रशिक्षण कार्यक्रममा सहभागितामा रहेको छ । चक्रघट्टि स्रोत केन्द्रको सभाहलमा आयोजना भएको उद्घोषण कला
इटहरी/ मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुल इटहरीमा अध्ययनरत विद्यार्थीहरूले बाल साहित्यकार यमुना पराजुली अधिकारीसँग बाल कथा पठन तथा लेखनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेका छन्। कार्यक्रममा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै बाल साहित्यप्रति आफ्नो गहिरो रुचि र जिज्ञासा प्रस्तुत गरेका थिए। विशेषगरी साहित्यकारका चर्चित कृतिहरू “झगडाको ओखती” र “कान्छू” बाल लघुउपन्यासमाथि समीक्षा गर्दै कार्यक्रमलाई ज्ञानमूलक बनाइएको थियो। कक्षा ३ का विद्यार्थी अनुभव रेग्मीले “झगडाको ओखती” बाट अंश वाचन गर्दा कक्षा ६ की छात्रा प्रज
धरान/ सुनसरीको धरानमा लागूऔषध विरुद्ध प्रहरीले चलाएको सक्रिय अभियान अन्तर्गत दुई भारतीय नागरिक ब्राउन सुगरसहित पक्राउ परेका छन्। मिति २०८२ चैत १५ गते दिउँसो करिब १२:३० बजे वडा प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय बाट संयुक्त रूपमा खटिएको टोलीले धरान–९ देवकोटा पथमा मोटरसाइकल चेकजाँच गर्ने क्रममा भारत बिहार सुपौल जिल्लाका २३ वर्षीय आदित्य सागरलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट २।९४ ग्राम ब्राउन सुगर बरामद भएपछि थप अनुसन्धानका क्रममा प्रहरीले उनको बयानकै आधारमा धरान–१८ बुद्ध चौकस्थित कान्तिपुर गेष्ट हाउसमा पुगेको थियो। त्यहाँ बसेका अर्का भारतीय नागरिक, सु
धरान/ सुनसरीको धरानस्थित पब्लिक हाइ स्कुलले आफ्नो ७९ औँ वार्षिकोत्सवको अवसरमा आइतबार भव्य रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा ६६ युनिट रगत सङ्कलन भएको छ। कार्यक्रम संयोजक वीरेन्द्रबहादुर साहका अनुसार रक्तदानमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सङ्कलित रगतमध्ये २१ जना महिला र ४५ जना पुरुषले रक्तदान गरेका थिए। विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको संयोजक साहले जानकारी दिए। नेपाल रेडक्रस सोसाइटी सुनसरीको ब्लड बैङ्कको प्राविधिक सहयोगम
धरान/ बहुमतको सरकार गठन भएपछि राजनीतिक स्थायित्व हुने अपेक्षा गरिएपनि सरकार गठन भएको भोलिपल्टबाटै सडक तात्न थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको २४ घण्टा वित्न नपाउदै सडकमा टायर बलेका हुन् । बालेन नेतृत्वको सरकार गठन भएको भोलिपल्ट विहानै निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरिएको विरोधमा देशमा विभिन्न ठाउँहरुमा प्रदर्शन सुरु भएको छ । एमालेले आफना अध्यक्षको पक्राउको विरोधमा औपचारिक रुपमा संघर्ष थालेको छ भने नेपाली काँग्रेसल
धरान/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) धरान उपमहानगर कमिटीले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई राज्यले गरेको पक्राउको कडा शब्दमा विरोध गरेको छ। शनिबार (चैत १४) बिहान भएको उक्त पक्राउलाई कमिटीले “प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी” भन्दै लोकतान्त्रिक मूल्य र कानुनी शासनविपरीत भएको ठहर गरेको छ। कमिटीका अध्यक्ष हर्कजंग एभेङद्वारा जारी प्रेस वक्तव्यमा दुवै नेताको तत्काल रिहाइको माग गरिएको छ। वक्तव्यमा भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की आयोगप्रति सर्वोच्च अदालतले सम