बराहक्षेत्रमा ब्राउन सुगरसहित दुई पक्राउ, मोटरसाइकल पनि नियन्त्रणमा

  • साउन १, २०८३
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–६, ऐतबारेबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार राति करिब ९ बजे लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ वर्षीय अशोक राई र ४६ वर्षीय ईश्वरकुमार कार्कीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले अशोक राईको शरीर खानतलासीका क्रममा १ दशमलव ६७ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। घटनास्थलबाट को १७ प ८३२९ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved