धरान । नेपाल शैक्षिक परामर्श संघ प्रदेश नम्बर १ को पाचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनबाट टपयुनिभर्सल एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश लकान्द्री अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । धनकुटाको हिले स्थित माउण्ट होराइजनमा भएको संघको बुधबार सम्पन्न सभाले अध्यक्षमा लकान्द्री सहित ७ कार्यसमिती सर्वसम्मत चयन गरेको हो । समितीको उपाध्यक्षमा दिपक गौतम, सचिवमा रबी कुमार गुप्ता, कोषाध्यक्षमा हेम जिवान निरौला चयन भएका छन् । त्यसै गरि सदस्यहरुमा दुर्लभ कार्की, रोजन थापा, गोपाल निरौला छन् । समितीको अर्को बैठकले दुई सदस्य मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष लकान्द्रीले बताए । उनले संघलाई गुणस्
धरान । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा रहेका चिकित्सक, विद्यार्थी हरुले प्रमुख पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खुलाउन सर्बोच्च अदालतले दिएको आदेश कार्यन्वयनमा अवरोध गरे पछि आन्दोलनरत डा। सुर्य प्रसाद रिमाललाइ १ हप्ता भित्र स्पष्टीकरण दिन सर्बोच्चले आदेश दिएको छ । पुस ६ गतेको तेज बहादुर केशीको एकल इजलाशले १ हप्ता भित्र फैसला कार्यान्वयन गर्नु नपर्ने कारण खुलाइ हाजिर हुन आदेश गरेको छ । गत मंसिर २१ गते नवराज विष्टले दिएको निबेदन मा फैसला गर्दै प्रतिष्ठानमा लगाएको ताला खोल्न सर्बोच्चले आदेश दिएको थियो । सर्बोच्चको आदेश अनुसार स्थानीय प्रहरी प्रशासनले ता
धरान/ बजेट विनियोजन भएर पनि कोरोनाका कारण कटौती भएको धरान स्थित जिल्ला ट्राफिक कार्यालयको भवन निर्माण योजना पुर्ण रुपमा सेलाएको छ । स्थानीय सरकारले पहल गर्न नसक्दा अन्तै जान लागेको भवन निर्माणको योजना ठप्प भएको हो । दुई वर्ष अघि प्रदेश नम्बर १ सरकारले २ करोड ३० लाख रुपैया बजेट विनियोजन गरेको थियो । बजेट विनियोजन सँगै धरान १५ स्थित नयाँ रात्रीकालिन बसपार्क परिषरमा ट्राफिक कार्यालयको भवन निर्माण गर्न लागिएको थियो । तर कोरोनाको जोखिम बढ्दै गए पछि बजेट रकमान्तर भएको थियो । ट्राफिक भवन निर्माणका लागि रकम अन्यत्रै लगे पछि भवन निर्माणको काम पनि ठप्प बनेको थियो । अहिले कोरोना संक्रमणको जोखिम कम
● नतिजामुखी मात्रै होइन्, समाज पनि बुझाउँदै धरान मेघा प्राज्ञिक व्यक्तिहरुद्वारा धरानमा वि.सं. २०६६ सालमा स्थापना भएको धरान मेघा कलेज परीक्षा नतिजाका दृष्टिले सुनसरी जिल्लाकै उत्कृष्ट कलेजका रुपमा स्थापित शैक्षिक संस्था हो । स्थापनादेखि नै आफूलाई उत्कृष्ट रुपमा प्रस्तुत गर्दै आएको कलेजले आधुनिक शिक्षण सिकाइ प्रणालीमा प्रयोगात्मकता र व्यवहारिकता भित्र्याइ प्रभावकारी शिक्षण गर्दै आएको छ । अतिरिक्त क्रियाकलापमा समेत नयाँ शैलीको प्रयोग गर्नु मेघा कलेजको विशेषता हो । शैक्षिक गुणस्तरको दृष्टिले वर्तमान समय तीव्र प्रतिस्पर्धाको समय हो । यो आधुनिक शिक्षण प्रणाली र ज्ञानको तीव्र प्रतिस्पर्धामा आफूल
धरान/ मंसिरे पूर्णिमा आदिवासी जनजातिहरुले उद्यौली पर्व मनाउन शुरु गरेका छन् । उद्र्याैली पर्व अन्तर्गत लिम्बुहरुले चासोक तङनाम, किरात राईहरुले साकेला, सान्केवा, किरात याख्खाहरुले चसुवा र किरात सुनुवारहरुले फोल स्यादर भनेर मनाउने गर्दछन् । यो मध्ये पनि लिम्बुहरुले धरानमा भने उद्यौली पर्व चासोक तङ्नामको नामले बर्षेनी सामुहिक रुपमा पाँच दिन सम्म मनाउने गरेका छन् । प्रत्येक बर्ष विविध कार्यक्रमको आयोजना गर्दै मनाउदै आएका उनीहरुले यस बर्ष पनि भव्य रुपमा मनाउदै छन् । सामुहिक रुपमा मनाउन थालिएको यो पर्वमा पछिल्लो समय युवा वर्गले समेत आफ्नो मौलिक पर्व जोगाउन जागरुक देखिएका छन् । बहुभाषिक, वहुजा
धरान । मेन्याङबो कल्याणकारी संघ नेपालको १९ औं वार्षिक साधारण सभा तथा चासोक तङनाम २०७८ सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष दिपक मेन्याङबोको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वमन्त्री राम कुमार सुब्बाको प्रमुख आतिथ्यता रहेको थियो । संघले गालीश्राप पुजा गरि कार्यक्रमको शुरुवात गरेको थियो । साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८ को आर्थिक प्रतिवेदन, संस्थाको विधान संशोधन तथा पुर्ण परिमार्ज प्रतिवेदन सहित तेस्रो वंशावली प्रकाशन लगायतका विषयमा छलफल गरि अनुमोदन गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष नविन मेन्याङबोले जानकारी दिए । कार्यक्रममा धरान उपमहानगरपालिकाका पुर्व
रंगली/ शनिवार मोरङको एक मोटरसाइकल ग्यारेजमा आगली हुदाँ लाखौंको क्षेती भएको छ । मोरङ सुनवर्षि नगरपालिका ५ मा झिङ्गिटोल नजिकै रहेको स्थानिय निमेश मण्डलले सञ्चालन गर्दै आएको ग्यारेजमा आगलागी भएको हो । आगलागीबाट ५४ लाख बराबरको क्षती भएको अनुमान गरिएको छ । आगलागीबाट बिक्रीका लागि राखिएको मोटरसाइकलका सामान तथा मर्मतका लागि राखिएको ५ वटा मोटरसाइकल र १ वटा स्कुटर जलेर नष्ट भएको छ । शनिवार राति ८ बजेदेखि लागेको अगो नेपाल प्रहरी, सस्त्र प्रहरी र स्थानियको सहायोगमा गए राति नै नियन्त्रणमालिएको प्रहरीले जनाएको छ ।
धरान/ भोजपुरका सुन्तला कृषक मणिराम राई यस बर्ष सुन्तलाको उत्पादन बढेको र विगतको भन्दा बढी मूल्यमा विक्री गर्न पाउदा दंग छन् । विगतको बर्ष भन्दा उत्पादन बढी र मूल्य पनि सोचेभन्दा बढी पाउँदा उनी दंग भएका हुन् । उनी भन्छन्, ‘यस बर्ष बोटमा सुन्तला सोचेभन्दा बढी फल्यो, विक्री गर्दा पनि गत बर्षको भन्दा बढी मूल्य पाएको छु, यस बर्ष सुन्तला खेतिले धेरै फाइदा भएको छ ।’ उनका अनुसार गत बर्ष कृषि बजारमा थोक मूल्यमा सरदर एक सय रुपैया प्रतिकेजी विक्री भएको सुन्तला यस बर्ष १ सय २० रुपैया प्रतिकेजी विक्री भएको छ । उनले भने, ‘सुन्तलाको मूल्य बृद्धिसँगै उत्पादन पनि सोचेजस्तो भएपछि यस बर्ष
धरान/ यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसमा कार्यरत् प्राध्यापक तथा कर्मचारीका सङ्घ–सङ्गठनहरूले संयुक्त रूपमा अपील जारी गरी केही भू–माफियाहरूले क्याम्पसको जग्गा हडप्न खोजेको भन्दै सो कार्यको निन्दा र भत्र्सना गरेका छन् । अपीलकर्ताहरूले भू–माफियाहरूलाई सचेत हुन आह्वान गर्दै क्याम्पसको जग्गा संरक्षणका लागि पहल गर्न पनि जनसमुदायलाई आग्रह गरेका छन् । साविक धरान–९÷क (हाल धरान–११) को कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गामा अहिले समस्या सिर्जना भएको छ । क्याम्पसले सो जग्गा २०३४ सालमै धरान–२ का श्यामगोविन्द श्रेष्ठबाट खरिद गरेको थियो । जग्गाधनी दर्तापुर्
धरान । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरण अभियान सफल बनाउन जिल्ला ट्राफिक कार्यालय सुनसरीले ट्राफिक सप्ताहको तयारी पुरा गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर १ र प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा हुने ट्राफिक सप्ताहलाई सफल बनाउन तयारी गरेको हो । जिल्ला ट्राफिक कार्यालय सुनसरीका अनुसार पुष ४ गते देखि धरानका विभिन्न स्थानमा ट्राफिक सप्ताह अन्तर्गत कार्यक्रम हुने भएका छन् । कार्यालयका अनुसार पुष ४ गते धरान १२ स्थित पब्लिक स्कुलबाट ¥याली सहित भानुचौंकमा पुगेर सप्ताहको उदघाटन हुने भएको छ । दोस्रो दिन सचेतनामुलक पर्चा पम्प्लेट वितरण, तेस्रो दिन स्थानीय तह