बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले भोटेकोशीमा आएको भीषण बाढीपीडितको राहत तथा उद्धारका लागि जनप्रतिनिधिको भत्ताबाट , कर्मचारी शिक्षक , स्वास्थ्यकर्मीको पारिश्रमिकबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शनिवार बिहान बसेको कार्यापालिका तथा नगर स्तरिय विपद व्यवस्थापन समितिको बैठकले जनप्रतिनिधिको भत्ताबाट नगर प्रमुखबाट १० हजार , उपप्रमुखबाट ७ हजार , वडा अध्यक्षहरुमा ५ / ५ हजार , कार्यपालिका सदस्यहरुबाट २/२ हजार त्यस्तै वडा सदस्यहरुबाट १ हजार ५ सय र नगरपालिका मातहतका अधिकृत स्तर भन्दा माथिका तहका कर्मचारीबाट ३ दिनको अन्य तहका कर्मचारी , शिक्षक तथा नगर अस्पताल र चतरा अस्पतालमा कार्यरत स्व
धरान/ गत भदौ १० गते रसुवा जिल्लाको सिमा क्षेत्र रसुवागढी र तल्लो तटीय क्षेत्रमा भोटकोशी र त्रिसुली नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै शुक्रबार धरान-३ स्थित धरान जामे मस्जिद नेपालले सरकारको राहतकोषमा सहयोग रकम प्रदान गरेको छ । उक्त घटनामा परि मृत्यु हुने मृतकहरूप्रति भावपूर्ण श्रदाञ्जली अर्पण, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बिध्वंसकारी बाढीबाट पिडितहरुको शान्तिको निम्ति र यथाशिघ्र जनजिवन सामान्य होस भनी विशेष प्रार्थना गरिएको अन्जुमन इस्लामिया धराना महासचिव अफाक अहमदले जानकारी दिए । भोटेकोशी र
काठमाडौँ/ रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी ९पूर्व० मा १३४, नवलपरासी ९पश्चिम० मा २७, तनहुँमा २८ र चितवनमा १२१ रहेका छन् । गोरखामा फेला परेका मृतकको विवरणमा विभिन्न मानव अङ्गसमेत समावेश गरिएको प्राधिकरण्ले जनाएको छ । प्राधिरकणको प्रवक्ता शान्ति महतले बाढीपछि ९७७ जना सम्पर्कविहीन रहेको जानकारी दिनुभयो । सम्
काठमाडौं/ रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढीपछि विभिन्न जिल्लाबाट हालसम्म ४८९ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४०, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वी क्षेत्रमा ११२ र पश्चिम क्षेत्रमा २८ जना रहेका छन्। त्यस्तै, बाढीबाट प्रभावित १ हजार ४७३ जनाको उद्धार तथा उपचार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट
बराहक्षेत्र/ सप्तकोशी नदीले बराहक्षेत्र नगरपालिका–६ र ९ अन्तर्गत कोशीपारि रहेको श्रीलंका टप्पु क्षेत्रमा तीव्र कटान गर्न थालेपछि जोखिम न्यूनीकरण र कटान नियन्त्रणका लागि कोशी प्रदेश सरकारसहित सरोकारवाला निकायको उच्चस्तरीय टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ। बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्की र उदयपुरको बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीको सक्रियतामा कोशी प्रदेश सरकारको टोली प्रभावित क्षेत्रमा पुगेको हो। टोलीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमुख्यमन्त्री उद्धव थापा र राजेन्द्रकुमार राई, उपसभामुख सिर्जना दनुवार, प्रदेश सरकारका
काठमाडौँ/ रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला, ६९ पुरुष, १० जना बालिका, ७ जना बालक र ५० जनाको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार रसुवामा २ जना पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा ४ महिला र ६ पुरुष र पहिचान नखुलेका २ जना, धादिङमा ९ महिला, ११ पुरुष, एक बालिका तथा पहिचान नखुलेको ६ जनाको शव भेटिएको छ । गोखरामा दुई महिला, १० पुरुष, एक बालक र पहिचान नखुलेका ७ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार चितवनमा १५ महिला, १९ पुरुष, २ जना बालिका, चार बालक र पहिचान नखुलेका २९ जनाको शव भेटिएको छ । त्यसैगरी
काठमाडौं/ चीनको तिब्बत क्षेत्रबाट आएको भीषण हिमपहिरो तथा त्यसपछि आएको भोटेकोशी–त्रिशूली बाढीमा परी मृत्यु हुनेको संख्या १७५ पुगेको छ भने २८ देशका ४७६ जना अझै बेपत्ता रहेको नेपालस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । सरकारले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै परिवर्तन हुन सक्ने बताइएको छ । हाल सरकारको प्राथमिकता प्रभावित क्षेत्रमा खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र राहत वितरणमा केन्द्रित रहेको दूतावास स्रोतले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ९एनडीआरआरएमए० का अनुसा
धरान/ विभिन्न मुद्दामा सुनसरी जिल्ला अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ६ जना फरार प्रतिवादीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले अदालतको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ का विक्सन परियार रहेका छन्। उनीमाथि अभद्र व्यवहारसम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामा फैसला भएको थियो। एउटा मुद्दामा ६५ दिन कैद र ८ हजार रुपैयाँ जरिवाना तथा अर्को मुद्दामा ४० दिन कैद र ७ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न ब
धरान/ सुनसरी प्रहरीले धरान र इटहरीबाट विभिन्न प्रकारका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरानका एक युवक तथा अटोमा गाँजा ओसारपसार गरिरहेको आरोपमा दुई जना रहेका छन्। प्रहरीका अनुसार धरान उपमहानगरपालिका–१५ त्रिवेणी चोकमा पैदल हिँडिरहेका धरान–५ निवासी २२ वर्षीय सूर्य लावतीलाई शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट ट्रामाडोल १५० क्याप्सुल, डेकोलिक ५० ट्याब्लेट र एन्जाइन १०० ट्याब्लेट बरामद भएको हो। यस्तै, इटहरी उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गको नहर छेउ भित्री सडकखण्डमा अटो चेकजाँच गर्ने क्रममा १० किलो ३० ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद भएको प्रहर
धरान/ विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणबीच धरानमा चेतकका दुई नयाँ विद्युतीय स्कुटर बिक्रीका लागि उपलब्ध भएका छन्। धरानस्थित अर्बिन ब्रदर्श अटोले चेतक सी२५०१ र चेतक सी३५०३ मोडल सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो। हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा बजाजले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरेका यी दुवै मोडल अब धरानका ग्राहकले पनि खरिद गर्न सक्ने अर्बिन ब्रदर्श अटोका सञ्चालक अर्बिन तामाङले बताए। चेतक सी२५०१ मा २.५ किलोवाट घण्टा क्षमताको लिथियम–आयन ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार एकपटकको पूर्ण चार्जमा यसले ११३ किलोमिटरसम्म यात्रा गर्न