आज १ मङ्सिर । आजबाट मङ्सिर लाग्यो । मङ्सिर को महिनालाई निकै धेरै पहिलेदेखि नै चिसोको सुरुवातको महिनाका रूपमा लिने गरिएको छ । छोटा दिनहरू र लामा राताहरूअब दिनहरू क्रमशः छोटा र राताहरू लामा हुँदै जानेछन् । छिटै साँझ पर्ने र बिहान अबेरसम्म पनि अँध्यारो नै भएको जस्तो आभास हुन थाल्नेछ । हिमालबाट बहेर आएको हावा र चिसो सिरेटोले हाम्रो शरीरलाई पनि चिसो बनाउन थाल्नेछ । बिहान घामको किरणले पृथ्वीलाई स्पर्श गर्नुअघि अब शीतले लपक्कै भिजाएको हुनेछ, हाम्रा बाटाहरू, हाम्रा खेतका डिलहरू र सागसब्जी तथा बोटबिरुवाहरू । यसको अर्थ हो, अबका रातहरू झन् बढी चिसा भएका छन् । चिसो मौसममा सबैभन्दा सामान्य हो, रुघाखोकी
धरान/ सुनसरीको धरान र धनकुटाको लेउती सम्म दु्रत मार्गले जोड्ने धरान –लेउती खोलासम्मको सुरुङ मार्ग निर्माण अन्यौल भएको छ ।४ बर्ष सम्म पनि उक्त आयोजनाका लागि निर्माणको काम अघि बढ्न नसकेपछि अन्यौल भएको हो । जोगवनी किमाथांका सडकको दूरी र समयलाई छोट्याउने सुरुङ मार्गका लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली वि.सं २०७८।०७९ को बजेटको नीति तथा कार्यक्रम अन्र्तगत नै सुरुङमार्गका लागि बजेट वक्तव्य मार्फत नै बजेट विनियोजन गरेको. थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले जारी गरेको बजेट वक्तव्यको २९६ नम्बर बुँदामा उक्त कुरा उल्लेख गरेको गरेका थिए भने त्यसबेला दुई वटा आयोजनालाई बजेट बक्तव
विष्णु वैकुण्ठ चतुर्दशी व्रतवैकुण्ठचतुर्दश्यां यः पूजयेद् हरिशङ्करौ।स याति परमं स्थानं मुक्तिं लभते नरोत्तमः॥ बैकुण्ठ चतुर्दशीमा हरि ९विष्णु० र शंकर ९शिव० दुवैको पूजा गर्ने व्यक्तिले परमधाम प्राप्त गरी मोक्ष प्राप्त गर्दछ ।ूशास्त्रअनुसार हजारौँ कमलका फुलहरूले भगवान् विष्णुको पूजा गरेर शिव जी को अर्चना गर्ने मनुष्यले आफ्ना सबै बन्धनहरू बाट मुक्ति पाएर वैकुण्ठ लोक प्राप्त गर्दछ । कार्तिक शुक्ल चर्तुदशीमा यस व्रत गर्ने चलन छ । वैकुण्ठ चर्तुदशीको व्रत कथाएक पटक नारद भगवान् विष्णुकहाँ वैकुण्ठमा पुगे । विष्णुजीले नारदजीलाई आउनुको कारण सोध्नुभयो । नारदले भने, “प्रभु पृथ्वीमा हजुरलाई कृपा निधा
धरान/बीपी जाने मूल सडकमै पर्ने धनकुटे रोडको पुल जीर्ण भएपछि ममर्त शुरु गरिएको छ । एक पटक भत्किएर पुननिर्माण गरिएको सो पुल पटक पटक जोखिममा पर्दा समेत प्रतिष्ठानमा उपचारका लागि विरामी बोकेर जाने मुख्य सडकको दीर्घकालीन समस्या समाधानमा कसैको ध्यान गएको पाइदैन धरान वडा नं ८ र १९ जोड्ने बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान जाने मूल सडक धनकुटे रोडको पुल गत असोजमा आएको भारी बर्षाका कारण जीर्ण बनेको छ । दैनिक जसो सैयौ विरामी बोकेको एम्बुलेन्स ओहोरदोहोर गर्ने यो सडकको पुललाई दीर्घकालीन रुपमा निर्माण गर्न नसक्दा बर्षादका समयमा यो जीर्ण बन्ने ग गरेको छ ।यस भन्दा अगाडि यो पुल गत २०७२ असोज ८ गते साँझ
काठमाडौं । फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामाग्री माथि नियमनकारी निकाय प्रेस काउन्सिल नेपालले निगरानी थालेको छ । सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको काउन्सिलले अनुगमन थालेको जनाइएको छ । सामाजिक सञ्जालमा सम्प्रेषित सामाग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरु गरेको छ । मिडियाको नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि विशेष अपिल समेत जारी गरेको हो । सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्या
काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण लामो समयपछि व्युँतिएको छ । उक्त घट्ना देखेको दाबी गरेका गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पत्रकार ऋषि धमलालाई सोधपुछ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले टेलिभिजनबाट अर्यालले आफू उक्त घटनाको प्रत्यक्षदर्शी भएको बताएपछि मंगलबार सोधपुछ गरेर हाजिर जमानीमा छाडेको थियो । सीआईबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र र प्राइम टाइम टेलिभिजनका ‘जनता जान्न चाहन्छन’ का कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको सीआइबीका सूचना अधिकारी प्रहरी उपर
विराटनगर/ कोशी प्रदेशमा ग्रामथान गाउँपालिकामा आगामी मंसिर १६ गतेको उपचुनावका लागि ठूला दलहरूले उम्मेदवार टुंग्याएका छन् । उम्मेदवार टुंगिएसँगै यहाँ चुनावको सरगर्मी सुरू भएको छ ।एमालेले मंगलबारदेखि ग्रामथानमा प्रशिक्षण कार्यक्रम गर्दै चुनावी अभियान सुरू गरेको छ । प्रशिक्षण कार्यक्रममा महासचिव शंकर पोखरेल ग्रामथान आएका छन् । वुधबारबाट घरदैलो कार्यक्रम थाल्ने एमाले मोरङका इन्चार्ज जीवन घिमिरेले बताए । यहाँ एमालेले तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ ।एमालेबाट अध्यक्षका प्रत्याशी भएका तुलसीरामसँग राजनीतिको छोटो अनुभव भए पनि उनी ग्रामथानका लागि परिचित युवा हुन । उनी अहिले पार्टी गाउ
धरान/ सुनसरीको धरान उप महानगरपालिका १७ खैरेनी स्थित सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट लागुऔषध गाँजा सहित फर्मका संचालक मनिराज राईलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २७ गते राती कृषि फर्ममा लागु औषध गाँजाको कारोबार भई रहेको छ भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले फर्मको कोठामा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा ३०७ किलोग्राम गाँजा बरामद गरेको हो । फर्मबाट गाँजा बरामद भए संगै फर्म संचालक धरान-१३ का४४ बर्षीय मनिराज राई समेतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।
काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहरिएपछि पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे राजीव गुरुङ डिल्लीबजार कारागार चलान भएका छन् । मंगलबार राजधानीको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । लगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो । मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो ।उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैस
काठमाडौं । मानब तस्करको आरोप लागेर चार दिन अघि मात्रै कोशीका पूर्बमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परे लगतत्तै ज्यानमार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो । मनाङेलाई कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी दीपक थापाले जानकारी दिएका छन् ।पक्राउ परेका मनाङेलाई फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइने उनले बताए ।गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी