धरान/ नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि आज देशैभर निर्वाच्न हुँदैछ । केन्द्र प्रदेश र जिल्लाको नयाँ नेतृत्वको लागि चुनाब हुने भएको हो ।
केही जिल्लामा भने सर्वसम्मत चयन भएका छन् ।पत्रकार सम्बद्ध संगठनहरुको आपसी सहमतिमा जिल्ला नेतृत्व चयन भएकामा दोलखा, काभ्रेपलाञ्चोक र खोटाङ जिल्ला अध्यक्षमा प्रेस चौतारी र दाङ जिल्लामा प्रेस युनियनका पत्रकार नेताहरु सर्वसम्मत भएका हुन् ।
सर्वसम्मत हुनेमा दोलखामा प्रभु जिरेल, काभ्रेमा विनोद न्यौपाने र खोटाङमा हरिबोल गजुरेल तथा दाङमा सन्तोष सुवेदी रहेका छन् ।
आपसी सहमतिमा कार्य समितिमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।
अन्य केही जिल्लामा पनि सर्वसम्मत नेतृत्वको प्रयास भइरहेको छ