धरान /रोटर्याक्ट क्लब अफ धरान घोपाद्वारा संचालित अभिभावक रोटरी क्लब अफ धरान घोपा सँगको सहकार्यमा शुक्रबार पुर्वाञ्चल बहिररहेका विद्यालयमा डेंगु सम्बन्धित घरदैलो चिकित्सक कार्यक्रम सम्पन्न गरेको छ । डेंगुबारे सचेतना फैलाउने उदेश्यले गरिएको थियो । उक्त कार्यक्रमको शृंखला विद्यालयका विद्यार्थीमा बढ्दो कन्जक्टीभाइटिसको समस्य देखिएकाले डेङगुबाट कसरी बचन सकिन्छ भने विषयमा केन्द्रित रहेर गरिएको थियो । सो कार्यक्रम करिब ४ बजे देखि पूर्वाञ्चल बहिररहेका विद्यालयको छात्रावासमा सुरु गरिएको थियो। विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारी सहित जम्मा ८ रोटारेक्टर र ३० जना दर्शकहरुको सहभागीता रहेक
विजयपुर / धरानमा विगत लामो समय देखि धरान उप महानगरपालिका मेयर हर्क साम्पाङग राईले व्यापक रुपमा चलाएको वृक्षारोपण कार्यक्रमले गत साता धरान वडा नम्बर –४ स्थीत छोटि मोरङमा वृक्षारोपण गर्ने क्रममा व्यक्तीको जग्गामा वृक्षारोपण गरेको भन्दै विवाद सुरु भएपछि धरानमा केहिदिन चर्किएको विवाद साम्य भएको छ। उक्त वृक्षारोपण विरुद जग्गा धनिले सर्वोच्चमा मुदा दायर गरेपछि सर्वोच्च बाट धरान उपमहानगरपालिकामा स्टेअर्डरपत्र आएपछि मेयर साम्पाङले सर्वोच्च अदालतको सम्मान गर्दै उक्त स्थानमा वृहत रुपमा गरिने भनिएको वृक्षारोपण रोकेर अन्य क्षेत्रमा शनिबार वृक्षारोपण गरेका छन । मेयर साम्पाङको
धरान/ पिण्डेश्वर विद्यापीठको प्रजातन्त्रवादी प्राध्यापक सङ्घ एकाइले विद्यापीठमा लामो समय प्राध्यापन गरी सेवानिवृत्त भएका दुईजना प्राध्यापकहरूलाई शुक्रबार बिदाइ गरेको छ । सङ्घले प्राचीन न्याय विषयका प्राध्यापक एवम् पूर्वप्राचार्य डा चन्द्रमणि नेपाल र साहित्य विषयका प्राध्यापक डा. भरतप्रसाद भट्टराईलाई सम्मानसहित बिदाइ गरेको हो । विश्वविद्यालयमा डा. नेपालले ३५ वर्ष र डा. भट्टराईले ३० वर्ष सेवा गरी पुर्याएको योगदानबारे वक्ताहरूले प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वप्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले संस्कृत वाङ्मयका विभिन्न विधामा खोज&nd
धरान / धरानमा डेंगु संक्रमणको अवस्था विकराल हुदै गएको छ । स्थानीय सरकारले यसको नियन्त्रणका लागि लार्भा नष्ट गर्ने, धुवा फाल्ने बाहेक अर्काे काम गर्न सकेको छैन । तर धरान उपमहानगरपालिका वडा नं. १४ ले भने सचेतानात्मक कार्यक्रमसँगै आफ्ना वडाका विरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गरिदिएको छ । धरानमा डेंगु संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । अहिले धरानमा २ हजार भन्दा बढी संक्रमित भइसकेका छन् भने ७ जनाले डेंगुकै कारण ज्यान गुमाउनु परेको छ । यस्तो अवस्थामा स्थानीय सरकारले नियन्त्रणको प्रयास भन्दा आफ्ना नागरिकलाई सहज रुपमा उपचार गर्ने कुरामा भने ध्यान दिएको छैन । तर धरान १४ वडा समितिले
विजयपुर / सर्दुजाधार क्षेत्रको विवादले धरानमा अहिले चर्को रुप लिएको छ । धरान ४ स्थति छोटी मोरङमा दुई साता अगाडि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वृक्षारोपण सुरुगरेको पछि विवाद बढदै गएको छ । छोटी मोरङमा रहेको २सय ७२ घर पिडितले बिहिबार पत्रकार सम्मेलन गदै नगर प्रमुले कानुन मिचेर व्यक्तीको नामा रहेको धनिपुर्जा भएको जगगामा वृक्षारोपण गरेको भन्दै विरोधमा जनाएका छन । उक्त विवाद धरान १ का पूर्व वडाध्यक्ष रोशन अधिकारीले स्काई एन्भेचर प्रा.लि.को नामबाट सञ्चालन गरेको प्लाइडिङ उडान गर्ने स्थानमा वृक्षारोपण गरेपछि विवाद चर्किएको हो । सर्वाचको अन्तिम फैसला नआए सम्म वृक्षरोपण थाति राखन छोटी मोरङ
धरान/ धरान उपमहानगरपालिका वडा नं. १५ देखि वडा नं ५ हुदै धरान ४ को हर्दिया जोड्ने सडक समयमा नबनेपछि थपिएको म्यादमा पनि सडक बन्न नसक्दा त्यहाँका स्थानीयहरु मारमा परेका छन् । ०७५ सालमा ठेक्का सम्झौता भएको सडक म्याद गु्रजिएर थपिएको समय सीमा समेत सकिएको छ । तर विविध कारणले सडक बन्न नसक्दा यहाँका स्थानीयहरु मारमा परेका हुन् । धरान ४ हर्दिया धरान उपमहानगरपालिकाको कृषि पकेट क्षेत्र हो । यहाँ विभिन्न प्रकारका कृषिजन्य उत्पादन हुन्छ । यहाँका सर्वसाधारणले उत्पादन गरेको कृषि सामाग्री धरानसम्म ल्याएर विक्री गर्ने गर्छन । हर्दियाबाट धरान उपमहानगरपालिको बजारसम्म आइपुग्न करिब साढे १६ किमीको दूर
धरान / सुनसरी जिल्लाको धरान लगायत वरपरका अन्य जिल्लाहरुमा व्यापकरुपमा फैंलिदै गएको डेंगु रोगको प्रकोपको नियन्त्रण तथा सर्वसाधारणले सहजरुपमा उपचार गराउने उद्देश्यले वी.पी. प्रतिष्ठान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा २०८० असार २९ गतेदेखि प्रतिष्ठानको जी.ओ.पी.डी. भवन अगाडि डेंगु क्लिनिक संचालनमा ल्याइएको छ । यहि श्रावण ७ गतेसम्म ८ सय १९ जनाको परिक्षण गर्दा ६१५ जना (७५%) मा डेंगु संक्रमण देखिएको थियो । उक्त परिक्षणलाई मध्यनजर गर्दै डेंगु संक्रमित भई प्रतिष्ठानमा उपचारका लागि भर्ना हुने बिरामीहरुको बढ्दो चापलाई सहज बनाउने गरी २०८० श्रावण ७ गतेदेखि छुट्टै डेंगु वार्ड संचालनमा ल्याएको छ । इमर्ज
विजयपुर/ नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसको अवसर पारेर धरानमा आईतबार सरसफाई कार्यक्रम गरिएको छ । सरसफाई कार्यक्रम धरान १६ मा रहको स्वर्गीय मेयर तारा सुब्बा पार्कको प्रागङणामा सरसफाई तथा वृक्षरोपण गरिएको हो । सरसफाई कार्यक्रम आयोजना नेकपा एमाले धरान उपमहानगर कमिटीद्वारा गरिएको थियो । कार्यक्रममा नेकपा ऐमाले केन्द्रिय सदस्य मन्जु भण्डारी, सुनसरी सचिवालय सदस्य ऋषी राज राई , प्रदेश सदस्य मुरारी सुवेदी, धरान नगर सह–इन्चार्ज प्रकाश राईको लगायतको उपस्थिति रहेको थियो ।
धरान/ यस बर्ष पर्याप्त बर्षा भएको छैन । बाढी र पहिरोले पहाडी क्षेत्रमा क्षति पुर्याएपनि तराई क्षेत्रमा खासै बर्षात भएको छ । खासगरी खोला किनारामा घर बनाएर बस्नेहरु भरसक बर्षा नहोस् भन्ने चाहन्छन् । बर्षेनी आएको बर्षाले पुर्याएको क्षतिका कारण उनीहरु आजित बनेका छन् । धरान उपमहानगरपालिका वडा नं १७ को ठकुरी खोला किनाराको डाफे मार्गमा बसोबास गर्नेहरु बर्षादका् समय नआओस् भनेर कामना गरेर बस्छन् । विगतमा बर्षाद्ले पुर्याएको धन सम्पत्तिको क्षति सम्झिदै उनीहरु पुन: त्यस्तो नहोस् भनेर कामना गरिरहन्छन् । बर्षाद्को समयमा उनी रातिभरि सुत्दैनन् । पानी परेको बेला नजिकैको ठकुरी खोलाले धा
धरान/ एक महिना मलमास परेकाले धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा भक्तजनहरु अघिल्लो सोमबारको तुलनामा कम देखिएको छ । साउन ३१ गतेसम्म मलवास परेका कारण भक्तजन कम आएको पिण्डेश्वर बाबाधाम समितिले जनाएको । समितिका अध्यक्ष विकास वनेपालीले मलबासलाई पुरुषोत्तम महिना भनेर बुझिन्छ । पूजाआजा नै गर्न नहुने भन्ने नभए पनि समाचार तथा सामाजिक सञ्जालमा अनर्गल समाचार सम्प्रेषण भएकै कारण कम भक्तजन आएको अध्यक्ष वनेपालीको तर्क छ । भीडभाड कम भएपनि बोलबममा यसपटक पानी चढाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेन समेत पुगेको पिण्डेश्वर बाबाधाम समितिका कोषाध्यक्ष पञ्कज घिमिरे बताउ