धरान/ संघीयता कार्यान्वयनसँगै हरेक स्थानीय तहमा वडा तहसम्म अधिकार प्रत्यायोजन गरे पनि धरान उपमहनगरपालिका वडा नं. ३ मा चिनिया चौकमा रहेको वहुउद्धेश्यीय व्यापारिक भवन सपिङ कम्प्लेक्स वडाको मातहतमा नभई उपमहानगरपालिकाले हस्तक्षेप गरेकै कारण त्यहाँबाट हुने करोडौ आम्दानी गुमेको अवस्था छ भने भवनको मर्मत सम्भार नहुदा जीर्ण बन्दै गएको छ । धरान उपमहानगरपालिका वडा नं. ३ चिनियाँ चौकको वहुउदेश्यीय व्यापारिक भनव सपिङ कम्प्लेक्स धरान उपमहानगरपालिकाले वडामार्फत सञ्चालन नगर्दा भवन मर्मत सम्हार हुन नहुदा दिनप्रतिदिन जीर्ण बन्दै गएको छ भने उपमहानगरपालिकाकै हस्तक्षेपका कारण आम्दानी समेत गुमेको छ । २९ बर्ष
जेठ १९ राजा आए रगतको नदी तरेर आए राजाको संहार गरेर आए संहारक राजा भएर आए जे जसरी आए राजा आए । बैशाख ११ राजा गए रगतको होली खेलेर गए २५ जना सहिद दिएर गए लाखौँको सपना छिनेर गए जबरजस्त गए राजा गए । चैत १५ राजा आए मान्छेको बली चढाएर गए नागरिकका घर–गाडी जलाएर गए लुटेर गए, थुतेर गए, कुटेर गए सन्ड–मसुन्ड चलाएर गए रैतीहरु झिङ्गालाला झिङ्गाला नाच्दैछन् मसानघाटको नलीहाडले जगतलाई तर्साएर गए । ।।। १७ चैत २०८१, सभागृहमार्ग धरान ८
विराटनगर/ चिया बगानमा काम गर्ने श्रमिकहरुको न्युनतम ज्याला अन्य श्रमिकहरु समान हुनुपर्ने माग सहितको ज्ञापनपत्र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट कोशी प्रदेश कमिटीले आइतबार मुख्यमन्त्रीको कार्यकक्षमै ज्ञापनपत्र बुझाएको हो । अन्य श्रमिकहरुको दैनिक ज्याला ६ सय ६८ रहेको र्भपनि चिया तथा कफी बगानमा काम गर्ने श्रमिकहरुलाई ५ सय मात्रै तोकिदाँ श्रमिकहरुमाथि विभेद भएको भन्दै समान ज्याला कायम गरिनु पर्ने र श्रम कानुन कार्यान्वयनका लागि हरेक प्रतिष्ठानमा श्रम सम्बन्ध समिति गठन गराइनु पर्ने माग रहेको छ । त्यस्तै सरकारले सबै श्रम
धरान/ २५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगितामा ११ नं.वडालाई पराजित गर्दै ५ नं. वडा सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार साँझ ७ बजे धरान रंगशालामा भएको खेलमा ११ नं. वडालाई सहज रुपमा पराजित गर्दै ५ नं. वडाले सेमिफाइनलमा १५ नं. वडासँगको भेट पक्का गरेको छ । सुरुवातदेखि नै ११ नं.वडालाई दबाबमा राखेको ५ नं.वडाले खेलको चौथो मिनेटमा नै अग्रता लिएको थियो । मिजास आङबुहाङको फ्रिकिक पासमा डिबक्स भित्र अनमार्क रहेका सृजन मगरले उत्कृष्ट हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ११ औं मिनेटमा नै ५ नं. वडाले अग्रता दोब्बर बनायो । ११ नं. वडाका डिफेन्सले गोल किपरलाई दिएको पासलाई खोस
धरान/ होटल म्यानेजमेन्ट अध्य्यनका लागि कोशी प्रदेशमै उत्कृष्ट रहदै आएको सुनसरीकाे धरान १६ स्थित युएन कलेज र नबोदय प्लस टु ले १५औ वार्षिकोत्सब भव्य रूपमा सम्पन्न गरेको छ । शनिबार(चैत १६ गते) धरान १५ चुम्लुङ हिममा विभिन्न कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब सम्पन्न गरेको हो । धरान उप-माहानगरपालीकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गणेश प्रसाद खतिवडा को प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सब कार्यक्रममा बिदाइ तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरियो। प्रदेशका उत्कृष्ट विद्य
इटहरी/ राजधानी काठमाडौंमा पत्रकार सुरेश रजककाे मृत्यु भएको घटनाको विरोधमा नेपाल पत्रकार महासंघ सुनसरी शाखाले पनि विरोध प्रदर्शन गरेको छ। इटहरीमा आज भएको विरोध कार्यक्रममा पत्रकार महासंघका पदाधिकारी, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू र नागरिक समाजका प्रतिनिधिहरू सहभागी भएका थिए। उनीहरूले पत्रकारको सुरक्षाको माग गर्दै सरकारलाई तत्काल छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरे। नेपाल पत्रकार महासंघ सुनसरीका पदाधिकारीहरूले पत्रकारहरूलाई जोखिमयुक्त वातावरणमा काम गर्न बाध्य बनाइएको भन्दै निन्दा गरे। साथै, घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन्। हिजाे, चैत १५ गते काठम
धरान/धरान रंगशालामा शनिबार साँझ ६:३० बजे गोधुली रनिङ कप फुटबल प्रतियोगिताको रोमाञ्चक खेलमा वडा नं. ११ र वडा नं. ५ भिड्दैछन्। २५ औं संस्करणको गोधुली रनिङ कपमा १४ नं. वडाले ६ नं. वडालाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। शुक्रबार साँझ ७ बजे धरान रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा १४ नं. वडाले संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारमा प्रवेश पायो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा खेलमा उत्साहजनक मोड आयो। खेलको ५३ औं मिनेटमा पाएको फ्रिकिकलाई आशिष पुरीले गोलमा परिणत गरे। ६ नं. वडाका गोलकिपर आयुष लिम्बू बल रोक्न असफल भएपछि पुरीको प्रहारले जाली चुम्यो। ६ नं. वडा
चतरा/ वराहक्षेत्र नगरपालिका अन्तर्गत होटल तथा होमस्टे सञ्चालकहरूलाई लक्षित गरी हस्पिटालिटी व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ। नगरपालिकाको आर्थिक विकास शाखामार्फत आयोजित उक्त तालिम चतरा स्थित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा तीन दिनसम्म सञ्चालन भयो। तालिममा वराहक्षेत्रका पर्यटकीय क्षेत्रमा रहेका होटल, होमस्टे तथा नगरपालिकाका प्रमुख बजार क्षेत्रका व्यवसायीहरूको सहभागिता रहेको थियो। तालिमको समापन समारोहमा नगर प्रमुख रमेश कार्कीले सहभागिहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए। समापन कार्यक्रममा व्यवसायीहरूले नगर प्रमुखको रोहबरमा सात बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे।
धरान/ २५औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन १३ नं. वडा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। बिहीबार साँझ धरान रंगशालामा सम्पन्न खेलमा १३ नं.वडा १५ नं. वडासँग टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित भयो। प्रतिष्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा १५ नं. वडाका असित मगर, मदन लाबुङ, आसुतोष राई, नगेन राई र प्रविण लिम्बूले गोल गरे भने १३ नं. वडाका इक्साहाङ लिम्बू, अविनास राई, सुशान्त राई र मिलन घिमिरेले मात्र गोल गर्न सके। टिम क्याप्टेन निश्चल श्रेष्ठको प्रहार १५ नं. वडाका गोलकिपर प्रविण लिम्बूले रो
इलाम/ इलामको सूर्योदय–१ मकरजुङका ९३ वर्षीय तुलसीराम अधिकारीलाई आँगन छेउको बाटो कालोपत्र भइरहेको देख्दा सपना जस्तै लागिरहेको छ । सडक छेउमा उभिएर स्तरोन्नति भइरहेको सडक नियाल्दै अधिकारीले भने, ‘हाम्रो गाउँको बाटो यतिको काइदा हुन्छ भन्ने कल्पना पनि थिएन । सपना हो कि विपना हो जस्तो लागिरहेको छ । ’उनी मात्र होइन हिलो, धुलो र खाल्डाखुल्डीले आजित भएका यहाँका सबैजसो नागरिक स्थानीय सरकारले सडक स्तरोन्नति हुन थालेपछि उत्साहित देखिएका छन् । सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक–एक वटा ‘अल वेदर’ सडक छन् । वडाका सबै गाउँमा जोडिने बाह्रमासै सञ्चालन हुने &lsqu