धरान/नवोदय विद्यामन्दिर सेकेन्डरी स्कुल धरान १६ मा रहेको छ । यो स्कुलले गुणस्तरीय शिक्षामा फोकस गर्दछ । त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरु अरु स्कुलको तुलनामा मेधाबी र अब्बल हुने गरेका छन ।सोही कारण एसर्ईई परीक्षा २०७९ मा यस स्कुल धरान प्रथम बन्न सफल भएको पनि छ । कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको नवोदय विद्यामन्दिले पि जि देखि कक्षा १० सम्म अध्ययन गराउँदै आएको छ । धरानको शैक्षिक जगतमा बर्षौदेखि सेवामुलक भावनाले यस स्कुलले गणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।उक्त स्कुलमा अभिभावकले विद्यार्थीलाई पढाउनको लागि रुचाउँछन् । बर्षेनी विद्यार्थीहरु त्यहाँ नयाँ भर्ना सुरु भएसँगै पठ्नको ला
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा मृत फेला परेकी महिलाको हत्या रहस्यमय बन्दै गएको छ। अनुसन्धानका क्रममा प्रहरी मृतकका परिवारका चार सदस्यलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। बिहीबार पहिचान खुलेकी ती महिला धनकुटा महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको प्रहरीले जनाएको छ। उनी पछिल्लो दुई वर्षयता इटहरी उपमहानगरपालिका–२ हलगडामा १३ वर्षीय छोरासँग डेरा गरेर बस्दै आएकी थिइन्। प्रहरी स्रोतका अनुसार घटनास्थलबाट प्राप्त संकेतहरूपछि मृतकका देवर, देउरानी, नन्दसहित चार जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूम
उदयपुर/ बिहीबार बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ। सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिए। ‘प्रिस्टेड’ प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण भाँचिएको छ। इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईँका अनुसार पुल भाचिँदा रु दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको छ। “रु दुई करोड बराबरको क्षति पुगेको “प्रारम्भिक अनुमान गरिएको छ, अर्को बन
धरान। सुनसरीको धरानमा नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानले आयोजना गरेको १५ दिने विजनेस एक्स्पो २०८१ को आय व्यय सार्वजनिक गरेको छ । विहीबार महासंघले पत्रकार सम्मेलन गरि आय व्यय सार्वजनिक गरेको हो । आयोजक महासंघका अध्यक्ष शिवराज श्रेष्ठले पत्रकार सम्मेलनमा एक्स्पो अवधिभरी ५ करोड बराबरको कारोबार भएको बताए । श्रेष्ठले भने,“एक्स्पो अवधीभरीमा आम्दानी तर्फ रकम ६९ लाख ३२ हजार ५७० रुपैयाँ आय भएकोमा खर्च कटाएर कुल २ लाख ५८ हजार ८८५ रुपैयाँ बचत भएको आयव्यय पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । आयमा सबैभन्दा बढी गेट टिकटबाट कुल ३१ लाख ४९ हजार ५७० रुपैयाँ सङ्कलन भएको छ भने प्रदेश सरकारबाट १० ल
धरान ।गणेश ईसारा मुलतः हास्य कलाकारको रुपमा बषौदेखि पहिचान बनाएका कलाकार हुन् । उनले राष्ट्रिय कलाकारको रुपमा ओझिलो नाम बनाई सकेका छन् । नाम गणेश इसारा,दीन दुखीको साहरा भने झै उनी कलाकारिताको माध्यमद्धारा भएको आम्दानीलाई दीन दुखी गरिब र विरामी अनि असक्तको लागि खर्च गर्दै आइरहेका छन् । अरुलाई सहयोग गर्नु कलाकार इसाराको विशेषता नै हो । उनको यही कारणले देश विदेशमा भ्याई नभ्याई हुने गर्दछ। काठमाण्डौ रहेर पनि विदेश दौडाहमा कलाकार इसाराको समय व्यतित हुने गर्दछ । यही आउने अप्रिल १९ तारिख शनिबार हङकङमा आफ्नो पाँचौं साँगितिक प्रस्तुती दिनको लागि फेरी जाँदैछन् ।बगैंचा एण्ड रेष्टुरेण्ट एण्ड बारको आयोजना
धरान/ धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा सोमबार दिउँसो एक महिलाको शव शंकास्पद अवस्थामा फेला परेको थियो। प्रहरीका अनुसार मृतकको पहिचान हाल इटहरी–२, हलगडामा बसोबास गर्दै आएकी धनकुटा महालक्ष्मी नगरपालिका–२ माइती भएकी ३४ वर्षीया चुन कुमारी दाहालका रूपमा खुलेको छ। शव फेला परेको स्थानमा गरिएको प्रारम्भिक अनुसन्धानमा आपराधिक संलग्नताको आशंका गरिएको छ। घटनास्थलमा पुगेका प्रहरीका अनुसार महिलाको शरीरमा चोटपटक देखिएको छ भने कपडा पनि अव्यवस्थित अवस्थामा थियो। शव केही मिटर घिसारिएको जस्तो देखिएको छ भने अनुहारमा समेत चोट लागेको पाइएको छ। यद्यपि, घटनास्थलमा
धरान/ धरान-१६ स्थित सियोन स्कुलमा बुधबार अभिभावक दिवस, दीक्षान्त समारोह तथा वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरिँदा विद्यालय उत्सवमय बनेको थियो। विद्यार्थीहरूको रंगारंग प्रस्तुति, गर्विला दीक्षान्त क्षण र अभिभावकहरुको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई विशेष बनाएको थियो। कार्यक्रममा एसकेजीका ६२ जना विद्यार्थीलाई औपचारिक रूपमा दीक्षित गरिएको थियोे । प्रमुख अतिथि नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शिक्षा तथा समन्वय इकाई प्रमुख खगेन्द्रप्रसाद सुवेदी, स्कुलका प्रिन्सिपल तथा डाइरेक्टर खड्ग बाहादुर मगर, सहायक प्रिन्सिपल राकेश चौधरीले विद्यार्थीलाई दीक्षित ग
धरान/नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले यातायात मजदुरहरुसंग सडक सम्बाद गरेको छ । मंगलबार र बुधबार विहान र साँझको समय भानुचोक बसपार्कमा मजदुरहरुलाई भेटेर सम्बाद संगसंगै ८१ जना यातायात मजदुरहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सदस्यता वितरण गरिएको छ । मजदुरहरुले सडकमा सामना गर्नुपर्ने समस्याहरु, व्यवसायजन्य स्वास्थ्य, पेशागत संकटहरुका बारेमा सम्बाद गरिएको हो । सम्बादमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, धरानका पूर्व अध्यक्ष कमल भट्टराई, धरान नगर अध्यक्ष किरण थापा लगायतका नेताहरु संलग्न रहेका थिए ।
धरान/ धरान–१६ स्थित सिटी मन्टेश्वरी चिल्ड्रेन हाउस एण्ड ट्रेनिङ सेन्टरको १२औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। स्थानिय याख्खा भवनमा सम्पन्न उक्त समारोह सेन्टरका अध्यक्ष ज्ञानदीप लिम्बुको अध्यक्षतामा र धरान १६ का वडा अध्यक्ष मुरारी प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा विद्यार्थीका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहको अवसरमा पिजीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले आकर्षक नृत्य र गीतमार्फत सांस्कृतिक प्रस्तुति दिएका थिए भने नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले विज्ञानका विभिन्न प्रयोगात्मक सामग्रीहरूको प्रदर्शनी
सुनसरी/ कोशी प्रदेशको पर्यटन प्रवर्द्धन अभियान अन्तर्गत "पर्यटन वर्ष २०८२" को औपचारिक शुभारम्भ बुधबार तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकास्थित तीनजुरे क्षेत्रको आरआर गार्डेनमा सम्पन्न भयो। शुभारम्भ कार्यक्रममा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विशेष उपस्थितिमा उद्घाटन गर्दै पर्यटनले स्थानीय अर्थतन्त्र सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। सिंहले कोशी प्रदेशका प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनाको उपयोग गर्दै समृद्धिको बाटोमा जग हाल्नुपर्नेमा जोड दिनुभयो। तीनजुरे क्षेत्रलाई विशेष महत्व दिँदै आयोजना गरिएको उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पर्यटन व