स्थानीय

    Showing 171-180 of 5,036 items.
  • विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ को प्रवेश परीक्षा सम्पन्न

    विराटनगर/  मोरङको विराटनगरस्थित कान्तिपुर कलेजले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ को प्रवेश परीक्षा सम्पन्न गरेको छ। एसईई को नतिजा सार्वजनिक भएलगत्तै भर्ना खुला गरेको कलेजले आइतबार प्रवेश परीक्षा लिएको हो। प्रवेश परीक्षामा विराटनगरका साथै छिमेकी जिल्लाहरू र मधेस प्रदेशका विभिन्न स्थानबाट उल्लेख्य संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। विद्यार्थीहरूको ठूलो संख्यामा भएको सहभागिताले कलेज परिवारमा थप उत्साह थपेको कलेजका प्रिन्सिपल भुवन नेपालले बताउनुभयो। प्रिन्सिपल नेपालका अनुसार कलेजले यस वर्ष कुल १ हजार २० जना नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्य राखेको छ। जसमध्ये विज्ञान संकायतर्फ ३४०

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 535 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्छ’

    काठमाडौं/  सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले संसद्‌भित्रै पर्चा देखाएर चर्को विरोध जनाएको छ। बैठकको कारबाही सुरु भएलगत्तै उक्त पार्टीका सांसदहरू वेलमा पुगेर सभामुख डोलप्रसाद (डीपी) अर्यालतर्फ फर्किएर पर्चासहित प्रदर्शनमा उत्रिएका हुन्। श्रम संस्कृति पार्टीले ‘प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नैपर्छ’, ‘प्रश्नदेखि भाग्न पाइँदैन’ र ‘जनमतलाई सम्मान गर’ जस्ता नारा अंकित पर्चा देखाएर सरकारको विरोध गरेको हो। सभामुखको आसन अगाडि नै पुगेर विपक्षी सांसदहरूले पर्चा देखाउँदै विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले स

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 125 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट फिदिम जाँदै गरेको मिनीबस धनकुटामा दुर्घटना

    धनकुटा/ धरानबाट फिदिमतर्फ जाँदै गरेको मिनीबस धनकुटाको नावाखोला क्षेत्रमा सोमबार बिहान दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक महिला यात्रुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। पाँचथर–तमोर करिडोर अन्तर्गत पर्ने धनकुटा–पाँचथर सडक खण्डमा बिहान करिब साढे ९ बजे प्रदेश १–०१–००१ ज ३९४९ नम्बरको मिनीबस दुर्घटनामा परेको हो। दुर्घटनामा फाल्गुनन्द गाउँपालिका–१का २८ वर्षीय चालक तेजबहादुर चेम्जोङ गम्भीर घाइते भएका छन् भने अन्य दुई घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार क्षेत्रीका

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 134 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शक्ति नेपालको नयाँ उपन्यास ‘चेतनकक्ष’ सार्वजनिक

    काठमाडौं/ कालिञ्चोक पुस्तक प्रकाशन द्वारा प्रकाशित लेखक शक्ति नेपाल को नयाँ उपन्यास ‘चेतनकक्ष’ नेपाल प्रज्ञा प्रतिष्ठान को पारिजात कक्ष मा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको छ। विशेष समारोहमा पूर्व उपकुलपति गंगाप्रसाद उप्रेती, हेमनाथ पौडेल, लेखक स्वयं तथा अन्य विशिष्ट अतिथिहरूले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए। कार्यक्रममा ठूलो सङ्ख्यामा साहित्यकार, समीक्षक, पाठक तथा बौद्धिक समुदायको उल्लेख्य उपस्थिति रहेको थियो। विमोचन समारोहमा बोल्दै प्रा। डा। हेमनाथ पौडेलले ‘चेतनकक्ष’ लाई बहुआयामिक र समकालीन चेत बोकेको महत्वपूर्ण कृतिका रूपमा व्याख्या गर्दै भन्नुभ

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 1,021 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ७ वर्षदेखि अलपत्र लेदुवा पुल : बर्खामा ज्यान जोखिममा राखेर खोला तर्दै स्थानीय र विद्यार्थी

    धरान/  धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्ष बित्दासमेत पूरा हुन सकेको छैन । सम्झौता अनुसार सो पुल पाँच वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने हो । निर्माणको काम अलपत्र रहँदा स्थानीयवासी र विद्यार्थी बर्खायाममा जोखिम मोलेर खोला तर्न बाध्य छन् । पुल निर्माणका लागि २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबिच एक करोड २१ लाख ८६ हजार आठ सय १३ रुपैयाँ लागतमा सम्झौता भएको थियो । सम्झौता अनुसार २०७८ साउन ७ गतेभित्र निर्माण कार्य सम्पन्न हुनुपर्ने थियो । धरान उपमहानगरपालिका–५ का वडाध्

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 470 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवोदयद्वारा एसईई शतप्रतिशत उत्तीर्ण विद्यार्थीलाई सम्मान, युएन कलेजमा १००% छात्रवृत्ति

    धरान/ २०८२ सालको एसईई परिक्षा उत्तिर्ण विद्यार्थीलाई धरान –१६ मा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था नवोदय विद्या मन्दिर इंग्लिश बोर्डिङ स्कूल ले एसईई (SEE) परीक्षामा उत्कृष्ट नतिजासहित उत्तीर्ण हुन सफल आफ्ना विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूलाई  सम्मान गर्दै भव्य कार्यक्रम सम्पन्न गरेको छ।  विद्यालयले सदाझै यस वर्ष पनि शतप्रतिशत (१०० प्रतिशत) नतिजा हासिल गरेपछि खुसीयालीस्वरूप विशेष सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको हो। युएन कलेज र नवोदय विद्या मन्दिरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल डम्बर कुमार तुम्बापो, अध्यक्ष तथा म्यानेजिङ डाइरेक

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 1,178 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा २८ सयभन्दा बढी उपभोक्ताले तिरेनन् खानेपानीको बिल

    धरान/ धरान खानेपानी व्यवस्थापन बोर्डले पुरानो बक्यौता उठाउन जरिवाना छुट योजना ल्याएर १ करोड ७५ लाख रुपैयाँभन्दा बढी महसुल असुल गरेको जनाएको छ। तर, अझै पनि ५ हजार ५ सय ५० उपभोक्ताले लामो समयदेखि महसुल नबुझाएको र २ करोडभन्दा बढी रकम उठ्न बाँकी रहेको तथ्य सार्वजनिक भएको छ। बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले पत्रकार सम्मेलनमार्फत वैशाख मसान्तसम्मको विवरण सार्वजनिक गर्दै ७ हजार ९४ बक्यौता ग्राहक मध्ये ४ हजार १ सय ७१ ग्राहकले जरिवाना छुट सुविधा लिएर १ करोड ७५ लाख २६ हजार ४ सय ९२ रुपैयाँ बुझाएको जानकारी दिए। बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअ

    • प्रकाशित मितिः जेठ २, २०८३
    • 460 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार दुई अभियुक्त धरानबाट पक्राउ

    धरान/ गत भदौमा भएको जेनजी आन्दोलन का क्रममा झुम्का कारागार बाट फरार भएका दुई प्रतिवादीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। जबरजस्ती करणी मुद्दामा फरार रहेका धरान–१७ का ३७ वर्षीय प्रकाश दमाईलाई वडा प्रहरी कार्यालय धरानको टोलीले गएराति धरान–१७ को पट्नाली क्षेत्रबाट पक्राउ गरेको हो। सुनसरी जिल्ला अदालत को २०७९ पुस ५ गतेको फैसला अनुसार उनलाई १० वर्ष कैद, दुई लाख रुपैयाँ जरिवाना, एक लाख रुपैयाँ पीडित क्षतिपूर्ति तथा १२ हजार रुपैयाँ पीडित राहत कोष रकम तोकिएको थियो। यस्तै, ज्यान मार्ने मुद्दामा फरार रहेका धरान–१५ का २९ वर्षीय ‘दाँते’ भनिने गणेश राईलाई पनि प्रहरील

    • प्रकाशित मितिः जेठ २, २०८३
    • 502 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात क्षेत्रलाई सरकारले सौतेले व्यवहार गर्‍यो : मजदुर नेता भीमज्वाला

    काठमाण्डौं/ सरकारले यातायात क्षेत्रलाई सौतेलो व्यवहार गरेको यातायात मजदुर नेता भीमज्वाला राईले बताएकाछन् । मन्त्रालय हेरफेर गरेर गठन गरिएको मन्त्रिपरिषद्मा यातायात क्षेत्र हटाइदिएपछि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राईले बालेन सरकारले यातायात क्षेत्रलाई सौतेलो व्यवहार गरेको बताएका हुन् ।  यातायात बिनाको मन्त्रिपरिषद् गठन गर्नु भनेको मुटु बिनाको मानव शरीरको परिकल्पना गर्नु जस्तै हो । जसरी मुटुले शरीरमा रक्तसञ्चारको काम गर्छ त्यसैगरी यातायात क्षेत्रले देशको समृद्धि र विकासमा रक्तसञ्चारको काम गरेको हुन्छ अध्यक्ष राईले विज्ञप्ती मार्फत भनेकाछन् ।   बालेन सरकार

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 1,167 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इमानुअलमा मोनालिका परियार निर्वाचित

    धरान/धरान–१७ मा रहेको इमानुअल इङ्लिस स्कुलमा बिहीबार स्कुल क्याप्टेन, भाइस क्याप्टेन र हाउस क्याप्टेन छानिएका छन् ।  यी पदहरूका लागि भएको निर्वाचनबाट क्याप्टेनमा कक्षा १० की विद्यार्थी मोनालिका परियार विजयी भएकी हुन् । यस्तै, कक्षा ९ (क) की रक्षा राई भाइस क्याप्टेन भइन् भने हाउस क्याप्टेनका रूपमा रेड हाउसबाट रूसु बराइली, ब्ल्यू हाउसबाट सिजन खड्का, ह्वाइट हाउसबाट प्राश्ना शाक्य र एल्लो हाउसबाट सोफिया राई निर्वाचित भएका छन् । क्याप्टेनका लागि चारजना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । विजयी परियारका साथै कक्षा १० का दानियल राई, कक्षा ९ (क) की आशिका तामाङ र कक्षा ९ (ख) की सरिना म

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 1,428 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved