धरान/ सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढी खोलाको पुल नजिकबाट प्रहरीले १०७ दशमलव ४५ ग्राम ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ। लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ नोचा टोलका २५ वर्षीय जमालउद्दिन मियाँ र सोही स्थानका २५ वर्षीय इमदाद मियाँलाई आइतबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट १०७ दशमलव ४५ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्याल
धरान/ धरान–१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले भारतको नागाल्यान्ड राज्यमा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली कला, संस्कृति र परम्पराको झल्को प्रस्तुत गर्ने भएका छन्। विद्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको नागाल्यान्ड राज्यको मोकोक्चुङस्थित गोर्खा विद्यार्थी सङ्घको औपचारिक निमन्त्रणामा आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा असार २९ गते आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नेपालको प्रतिनिधित्व गर्ने जानकारी दिएको हो। कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, भेषभूषा र
सुनसरी/ सुनसरीको चतरा क्षेत्र पछिल्लो एक दशकमा धार्मिक तीर्थस्थलको परिचयबाट अघि बढ्दै कोशी प्रदेशकै बहुआयामिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ। वि.सं.२०७२ सालमा मदन भण्डारी राजमार्गअन्तर्गत सुनसरी र उदयपुर जोड्ने कोशी पुल सञ्चालनमा आएपछि यहाँको पर्यटन र स्थानीय अर्थतन्त्रले उल्लेखनीय गति लिएको हो। एक समय सप्तकोशी नदी पार गर्न डुंगाको भर पर्नुपर्ने चतरा अहिले सहज सडक पहुँचका कारण धार्मिक, साहसिक, सांस्कृतिक तथा प्रकृतिमा आधारित पर्यटनको प्रमुख केन्द्र बनेको छ। ‘पूर्वको हरिद्वार’ भनेर चिनिने वराहक्षेत्रधामका कारण चतरा वर्षभरि नै धार्मिक पर्यटकको आकर्षण बनेको छ। को
धरान/ नास्ट कलेज, धरानले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक वद्यिार्थीहरूका लाग िअभमिुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। गत बहिीबार कलेजको सभाहलमा आयोजति कार्यक्रम नास्ट कलेजका अध्यक्ष जनसेवक भण्डारीको सभापतत्वि तथा धरान उपमहानगरपालकिाका कार्यवाहक नगरप्रमुख आइन्द्रवक्रिम बेघाको प्रमुख आतथ्यिमा सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतथि बेघाले नास्ट कलेज धरानको शैक्षकि वकिासमा महत्वपूर्ण साझेदारका रूपमा स्थापति भएको उल्लेख गरे। उनले भने, ”नास्ट कलेजले वज्ञिान तथा प्रवधिकिो क्षेत्रमा अग्रणी र उदाहरणीय भूमकिा नर्विाह गर्दै आएको मैले पाएको छु। यस कलेजबाट अध्ययन गरेका वद्यिार
धरान/ब्रदर्स अनलाइन मिडिया हबद्वारा आयोजित स्कुलव्यापी हाजिरी जवाफ प्रतियोगिता 'ब्रेन ब्याटल धरान, सिजन -१' को उपाधि धरानस्थित सिद्धार्थ शिशु सदन स्कुलले जितेको छ । शनिबार आयोजित फाइनल प्रतिस्पर्धाको चार राउण्डबाट कुल ८० अङ्क जोडेको सिद्धार्थले ब्रेन ब्याटलको उपाधिसहित नगद २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा कुल ५० अङ्क जोडेको एभेरेस्ट चिल्ड्रेन होम सेकेण्डरी स्कुल दोस्रो भएको छ । एभेरेस्टले नगद १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र जितेको छ । प्रतियोगितामा ३५ अङ्क प्राप्त गरेको डिपो स्कुल तेस्रो बन्दा ३० अङ्क प्राप्त गरेको छ । डिपोले नगद १० हजार रुपैयाँस
धरान/ सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीमा रहेको भेडेटारलाई आन्तरिक पर्यटकमात्र हैन वाह्य पर्यटकले समेत प्रकृतिको गहनाको रुपमा लिँदै अचाक्ली गर्मी छल्न भेडेटार आउने गरेका छन् । केही समय केही कमी भएको यस ठाउँको पर्यटन व्यवसाय आन्तरिक तथा भारतीय पर्यटक समेत आउन थालेपछि भेडेटारको चहलपहलमात्र हैन त्यहाँका होटल समेत चलायमान भएका छन् । कोरोना संक्रमणपछि लामो समय सुनसान बनेको यो क्षेत्र अहिले फेरि पर्यटकको चहलपहल बढेसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । तराईको प्रचण्ड गर्मीका समयमा पनि यस ठाउँमा चिसो वातावरणमा पर्यटक रमाउन पाउँछन् । छिनमा घाम लाग्ने र छिनमा बादलल
धरान/ धरानमा सम्पन्न कोशी प्रदेशस्तरीय वाइवाइ एसईई आइडलको उपाधि जित्ने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी बिजेता, उप–बिजेताहरूलाई नगद पुरस्कार वितरण गरिएको इभेन्ट म्यानेजर रामबहादुर लिम्बूले जानकारी दिए । आयोजक संस्था अर्थात् फक्ताङलुङ मिडिया हाउस प्रालिले गएको जेठ ७ गते फाइनल प्रतियोगिता आयोजना भएको र सो प्रतियोगितामा बिजेता उपबिजेतालाई नगद पुरस्कार दिइएको आयोजक संस्थाका अध्यक्ष एवम् प्रतियोगिताका परिकल्पनाकार डम्बरकुमार तुम्बापोले जानकारी दिए । गायन, नृत्य र बक्तृत्वकला प्रतियोगितामा भाग लिएर बिजेता बन्ने तीनजना विद्यार्थीलाई नगद एक ल
धरान/ धरानका विद्यार्थीहरूले मंगलबार भाषण मात्रै दिएनन्, संसद् पनि चलाए। धरान–८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको सभाहल केही घण्टाका लागि वास्तविक संसद् जस्तै बनेको थियो, जहाँ विद्यार्थीहरूले शिक्षा नीतिमाथि बहस गरे, नियमापत्ति उठाए, मन्त्रीले जवाफ दिए र अन्ततः “विद्यालय शिक्षा विधेयक–२०८३” बहुमतले पारित समेत भयो। यही फरक र रचनात्मक अवधारणासहित आयोजित धरान उप–महानगरव्यापी “एस.ई.ई स्पिकर–२०८३, सिजन–६” को फाइनल मंगलबार सम्पन्न भएको हो। प्रतियोगिताको आयोजना र्याडिकल लाईट नेपाल प्रा.लि.धरानले गरेको थियो। प्रतियोगितामा पब्लिक हाईस्क
धरान/कोशी प्रदेशका विद्यालयस्तरीय प्रतिभाहरूको ठूलो मञ्चका रूपमा स्थापित एसईई आइडल को छैटौँ संस्करण धरानमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा वक्तृत्वकला, गायन र नृत्य विधामा प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गरेका तीन विद्यार्थीले उपाधि जितेका छन्। प्रतियोगिताको वक्तृत्वकलातर्फ नवोदय विद्या मन्दिर धरानकी सिमरन गुरुङ, गायनतर्फ पब्लिक सेन्ट्रल इङ्लिस स्कुल लेटाङ, मोरङकी बबी श्रेष्ठ तथा नृत्यतर्फ श्री सिंहबाहिनी सेकेण्डरी स्कुल पथरी, मोरङका एलोन राई विजेता बनेका हुन्। उपाधि विजेताहरूले जनही १ लाख रुपैयाँ नगद, कक्षा ११ र १२ अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति, निःशुल्क मुस्ताङ भ्रमण तथ
धरान/ युवा गायक तथा संगीतकार विजय वाम्बुले राईको नयाँ आधुनिक तथा रोमान्टिक गीत ‘मेरो खुशी’ सार्वजनिक भएको छ। मंगलबार गीत सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। ‘मेरो खुशी’ गीतमा शब्द तथा संगीत स्वयं विजय वाम्बुले राईकै रहेको छ। गीतमा दार्जिलिङ मिरिककी गायिका सुरक्षा सेन्चुरीले स्वर दिएकी छन्। उनी चर्चित रियालिटी शो द भोइस अफ नेपालको सिजन ३ मा नकआउट चरणसम्म पुग्न सफल भएकी थिइन्। साथै धरान–११ निवासी गायक भक्त राज कालिकोटेको पनि गीतमा स्वर रहेको छ। हाल उनी वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत छन्। यसअघि ‘रेलै