खेलकुद

    Showing 621-630 of 643 items.
  • मालोर्काको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना ४-० गोलको फराकिलो जित

     मालोर्काको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले ४-० गोलको फराकिलो जित निकालेको हो ।कप्तान लियोनल मेस्सीको उच्च प्रदर्शनमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । बार्सिलोनाको जितका लागि कप्तान मेस्सीले एक गोल र दुई असिस्ट गरेको थिए । त्यस्तै अर्टुरो भिडाल, मार्टिन ब्रेथवेट र जोर्डी अल्बाले एक एक गोल गरे । दोस्रो हाफमा बार्सिलोनाले थप दुई गोल गर्दा मेस्सीले एक गोल र एक असिस्ट गरे । खेलको ७९औं मिनेटमा अल्बाले मेस्सीको पासमा गोल गर्दा बार्सिलोना ३९० गोलले अगाडि बढ्यो । त्यसपछि खेलको इन्जुरी समयमा मेस्सीले गोल गरे । उनले लुइस सुआरेजको पासमा गोल गर्दै बार्सिलोनालाई ४९० को फराकिलो

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 1,004 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एसी मिलानसँग बराबरी खेलेपछी युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश

      कोरोना भाइरसका कारण स्थगित भएको फुटबल तीन महिनापछि इटालीमा फर्किएको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानसँग बराबरी खेलेपछी युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । शुक्रबार भएको खेलमा युभेन्टसले मिलानसँग गोलरहित बराबरी खेलेपनि अवे गोलको आधारमा उपाधि भिडन्तको अवसर पाएको हो । खेलको १६ औं मिनेटमा युभेन्टसले अग्रता बनाउने अवसर पाएको थियो । पेनाल्टी क्षेत्रमा मिलानका खेलाडीले ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चुकेका थिए । उनले प्रहार गरेको बल गोलपोस्टको पोलमा लाग्दै फर्किएको थियो । कोपा इटालिया अन्तर्गत युभेन्टस र मिलानबीच सेमिफा

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 1,219 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले एक वर्ष बितिसक्दा समेत तलब पाएनन्

    लामो समयको निलम्बनपछि क्यानमा नयाँ कार्यसमिति आयो । त्यसपछि आईसीसीले स्वयम् दिँदै आएको खेलाडीको तलब क्यानमार्फत् दिने जानकारी दिइएको थियो । त्यसका लागि आईसीसीले क्यानको आधिकारिक पत्र मागेको थियो । क्यानले पत्र बुझाउँदा समेत खेलाडीले आईसीसीबाट प्राप्त गर्दै आएको वर्ष २०१९ को तलब पाउन सकेनन् । नेपाल क्रिकेट संघ ९क्यान० निलम्बनमा पर्दा क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले खेलाडीको खातामा तलब पठाउँदै आएको थियो । तर, पछिल्लो एक वर्ष २०१९ को तलब भने खेलाडीले पाउन सकेका छैनन् । क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने, “क्यानमा नयाँ कार्यसमिति आएपछि आईसीसीले क्यानमा

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,130 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साग पदक विजेता खेलाडीको बैंक खातामै पुरस्कार रकम पठाइने

    विराटनगर । १३ औं दक्षिण एसियाली खेलतकुद प्रतियोगिता (साग) का विजेता खोलाडीलाई प्रदेश १ सरकारले दिने घोषणा गरेको रकम सम्बन्धित खेलाडीकै बैंक खातामा पठाई दिने भएको छ । मुख्यमन्त्री शेरधन राईले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा बुधबार प्रदेशसभा बैठकमा भने,“हामीले विजेता खेलाडीलाई सम्मान गर्ने भनेकै हो तर कोभिड १९ को महामारीका कारण खेलाडीलाई प्रदेशमै ल्याएर सम्मान गर्न कठिनाइ भएको हो ।” मुख्यमन्त्री राईले सागका विजेता खेलाडीलाई बैंककै खाता पठाई दिने वा अर्को आर्थिक वर्षमा सम्मान गर्ने जानकारी दिए । सागका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भनेपनि त्यो

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,254 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • म्यानचेस्टर युनाइटेडका लिजेन्ड खेलाडी टोनी ड्युनको निधन

    युनाइटेडबाट युरोपियन कप जितेका लिजेन्ड ड्युनको ७८ वर्षको उमेरमा निधन भएको हो । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका लिजेन्ड खेलाडी टोनी ड्युनको निधन भएको छ । प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडका डिफेन्डर रहेका टोनीले सन् १९६८ मा युरोपियन कपको उपाधि जितेका थिए । म्यानचेस्टर युनाइटेडले ड्युनको निधनको पुष्टि गर्दै क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका महान् खेलाडीको भएको बताएको छ । ड्युनले युनाइटेडका लागि ५ सय ३५ खेलमा प्रतिस्पर्धा गरेका छन् । आयरल्यान्डका पूर्वअन्तर्राष्ट्रिय खेलाडी टोनीले ओल्ड ट्राफोर्डमा १३ वर्ष बिताएका थिए ।

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 932 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्पेनिस ला लिगा क्लब एथ्लेटिको मड्रिडले च्याम्पियन्स लिगको उपाधि जित्न सक्ने ः एनरिक सेरेजो

    मार्चमा कोरोना भाइरस महामारीका कारण च्याम्पियन्स लिग स्थगित हुनु पूर्व एथ्लेटिकोले शीर्ष १६ मा इंग्लिस प्रिमियर लिग लिडर क्लब लिभरपुललाई पराजित गर्दैै प्रि–क्वाटरफाइनलमा स्थान बनाएको थियो । स्पेनिस ला लिगा क्लब एथ्लेटिको मड्रिडले च्याम्पियन्स लिगको उपाधि जित्न सक्ने क्लबका अध्यक्ष एनरिक सेरेजोले बताएका छन् । उनले फ्यानविना पनि च्याम्पियन्स लिगको उपाधि जित्न सक्ने बताएका हुन् । च्याम्पियन्स लिग अगस्तमा पुनः सुरु हुन सक्नेछ । जर्मन बुन्डेसलिगा सुरु भइसकेको छ भने स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र इटालियन सिरी ए यसै महिना सुरु हुने तयारीमा छन् । एथ्लेटिकोले जुन ११ मा एथ्लेटिक बिल्बा

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • 884 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रियाल मड्रिडका कप्तान सर्जियो रामोस सान्टियागो बनब्याउमा खेल्दै संन्यास लिने सोचमा

     रियाल मड्रिडका कप्तान सर्जियो रामोसले सान्टियागो बनब्याउमा खेल्दै संन्यास लिने सोचमा छन् । रामोसको वर्तमान सम्झौता रियलसँग २०२१ मा समाप्त हुनेछ । तर, ३४ वर्षीय डिफेन्डर रामोसको भविष्य मड्रिडमा निश्चित भने नभएको रिपोर्टमा उल्लेख छ । मड्रिड स्टार र स्पेनका कप्तान रामोस २००५ मा सेभिलाबाट रियल पुगेयता समान चारपटक ला लिगा र यूईएफए च्याम्पियन्स लिग तथा अन्य धेरै सम्मान जितेका छन् । मड्रिडमा रामासको नवीकरणको काम भइरहेको उनका भाइ रेनेले बताए । “हामी सकेसम्म लामो नवीकरण सोच्नेछौ,” रेनेले भने, “बर्नब्यउमा खेल्नु उनका लागि उत्तम रिटायरमेन्ट हुनेछ । उनी शारीरिक रूपमा पनि फिट छन्

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • 1,527 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विश्वकप फुटबलको छनोट खेल अक्टोबरबाट सुरू गरिने

    काठमाडौं –विश्वयापी महामारीको रुपमा कोरोना भाइरसको कारण स्थगित विश्वकप फुटबलका छनोट खेल अक्टोबारबाट सुरू गर्ने तयारी भएको छ । एसियन फुटबल फेडेरसन (एएफसी) ले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल र चीनमा आयोजना हुने एएफसी एसियन कप छनोट अन्तर्गत बाँकी रहेका खेल अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्ताव गरेको हो । एएफसीले फीफासँग परामर्श गर्दै भाईरसको कारण स्थगित छनोट खेलहरु अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्ताव ल्याएको हो । एएफसीले सार्वजनिक गरेको प्रस्तावित मिति अनुसार म्याच डे ७ र ८ को खेलहरु अक्टोबर ८ र १३ मा हुनेछन् भने, म्याच डे ९ र १० का खेलहरु नोभेम्बर १२ र १७ मा हुनेछ । यसअघि मार्च र ज

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 1,057 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो अरबपति फुटबलर

    पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पहिलो बिलिनियर (अरबपति) फुटबलर बनेका छन् । उनी एक बिलियन कमाउने पहिलो फुटबल खेलाडी बनेका हुन् । फोर्ब्सले जारी गरेको सूचीमा रोनाल्डो सर्वाधिक कमाउने फुटबलरमा यस वर्ष टेनिसका रोजर फेडेररपछि दोस्रो स्थानमा छन् । फुटबलरतर्फ प्रतिस्पर्धी लिओनल मेसीलाई पछि पार्दै रोनाल्डो अगाडि छन् ।  रोनाल्डोले गत वर्ष कूल १०५ मिलियन डलर कमाइ गरेको थिए । फोर्ब्सका अनुसार उनको कुल कमाइ एक बिलियन पुगेको छ । खेल जीवनमै बिलिनियर बन्ने रोनाल्डो समग्रमा तेस्रो खेलाडी बनेका छन् । यसअघि गल्फर टाइगर उड्सले सन् २००९ मा र बक्सर फ्लोयद मेवेदरले सन् २०१७ मा खेलेर बिलिनियर बनेका थिए

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 2,009 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्पेनिस स्टार खेलाडी कोस्टालाई ६ महिना जेल सजाय, तर जेल बस्‍नु नपर्ने

     स्पेनिस स्टार खेलाडी डियागो कोस्टालाई कर छलीको आरोपमा जेल सजाय सुनाइएको छ । स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्डलाई स्पेनको एक अदालतले बिहीबार कोस्टालाई ६ महिनाको जेल सजाय सुनाएको हो । सन् २०१४ मा चेल्सीबाट एट्लेटिकोमा आउँदा कोस्टाले एक मिलियन युरो राज्यलाई ठगेको बताइएको छ । यस्तै अदालतले उनलाई ४ लाख ८२ हजार पाउन्ड जरिवानासमेत गरेको छ । ६ महिना जेल सजाय पाए पनि उनले जेल भने बस्नुपर्ने छैन । स्पेनको कानुनअनुसार हिंसात्मक अपराध नगरेकाले २ वर्षभन्दा कम जेल सजाय पाए जरिवाना तिरेपछि जेल जानु पर्दैन । यस्तै तस्बिर अधिकारबापतको एक मिलियन युरोभन्दा बढी सार्वजनिक नगरेको उनीमाथि आरोप छ ।

    • प्रकाशित मितिः जेठ २३, २०७७
    • 1,011 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved