गल्फ मैदान लाई ब्यबस्थित बनाउन गल्फ क्लबलाइ ट्याक्टर प्रदान

  • साउन ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । देशकै उत्कृष्ट गल्फ खेल मैदानको रुपमा रहेको धरानको निर्वाणा कन्ट्री क्लबको खेल मैदानलाइ सम्याउन तथा मर्मत सम्हारको लागि ट्रयाक्टर प्रदान गरिएको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरि धरान गल्फ क्लबलाइ धरान उपमहानगरपालिकाका मेयर तिलक राइले क्लबका अध्यक्ष टीका लिम्बूलाई ट्याक्टर हस्तान्तरण गरेका हुन् । ट्याक्टर खरिदका लागि धरान उपमहानगरपालिका, क्लबका सदस्यहरु र कबिन ईन्टरनेश्नल प्रा।लि। बिराटनगरले सहयोग गरेका थिए ।

धरान उपमहानगरपालिकाले दिएको नगद ५ लाख सहित गल्फ क्लबका सदस्यहरु बाट संकलन भएको ४ लाख ५० हजार बाट ट्याक्टर खरिद गरिएको हो । ट्याक्टर को मूल्य १२ लाख रुपैया रहे पनि कबिन ईन्टरनेश्नल बिराटनगरले नगद २ लाख ५० छुट गरे पछि साढे ९ लाख मै खरिद गरिएको हो ।

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष एवं धरान वडा नं १९ का अध्यक्ष पुर्ण लिम्बू, धरान १८ का वडा अध्यक्ष प्रबिण राई, गल्फ खेलाडी तथा सुनसरी टेक्नीकल कलेजका अधयक्ष लेखी सुब्बा लगायत गल्फ खेलाडीहरुको उपस्थिति रहेको थियो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved