प्रथम पट्नाली च्यालेन्ज कपको फाइनलमा बराहक्षेत्र र धरान भिड्ने

  • मंसिर १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान धरान–१७ स्थित पट्नालीमा भइरहेको प्रथम पट्नाली च्यालेन्ज कपको फाइनलमा बराहक्षेत्र फुटबल क्लब चतरा र गोधुली फुटबल क्लब धरानबीच प्रतिष्पर्धा हुने भएको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा धरानको ज्योती एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बराहक्षेत्र फुटबल क्लबले फाइनलको यात्रा तय गरेको हो ।

ज्योती एफसीका क्याप्टेन योगेश राईको अनगोलमा बराहक्षेत्र विजयी भएको हो । शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलको म्यान अफ द म्याच बराहक्षेत्रका क्याप्टेन आकाश राई घोषित भए । उनलाई ट्रफी तथा नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

शनिबार पटनाली खेल मैदानमा धरानको गोधुली क्लब र बराहक्षेत्र फुटबल क्लबबीच फाइनल खेल हुने आयोजक पटनाली फुटबल क्लबका अध्यक्ष नगेन्द्र गिरीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ट्रफि सहित नगद ५० हजार र उपविजेताले नगद २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताको राइजिङ प्लेयरलाई नगद १० हजारले सम्मान गरिने छ भने विद्यागत उत्कृष्ट खेलाडीले नगद ३१ सय पुरस्कार प्राप्त गर्नेछन् ।

मल भ्रष्टाचार मुद्दा ...

धरान/ रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद् ...

कोरोना संक्रमण भारतम ...

काठमाडौं/ छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्र ...

धरान वजको आयोजनामा ‘ ...

धरान/  युवाहरुमा आपसी भाइचारा विस्तार गर्न र ...

नहरमा ८९ वर्षीया वृद ...

विराटनगर/ मोरङको ग्रामथान गाउँपालिका–६ स्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved