धरान / धरान १६ मा रहको नवोदय विद्या मन्दिरको प्राङ्गणमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रशान्त शाहद्वारा निःशुल्क मुटुरोग परीक्षण सम्पन्न गरिएको छ । सो अवसरमा ६२ जनाले परीक्षण गराएका थिए । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रशान्त शाहले स्कुलका अभिभावक लगायतको मुटुरोग परिक्षण गरेका हुन् । परिवर्तनका लागि सामाजिक अभियान धरानको आयोजना र नवोदय विद्या मन्दिर बोर्डिङ स्कुल र यु.एन. कलेजको सहकार्यमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरेर निःशुल्क मुटु परीक्षण गरिएको थियो । सो अवसर।मा मुटुरोग परीक्षणका साथै सुगर परिक्षण गरिएको थियो । स
धरान / राजधानीस्थित भारतीय राजदुतावासबा रक्षा सहचरी कर्णेल अमितकुमार शर्माले वीर नारी पदक प्राप्त गर्ने भूपू सैनिकहरुको सूचीबोर्ड उद्घाटन गरेका छन् । रक्षा सहचरी शर्माले गत बिहीबार धरानस्थित पेन्सन वितरण कार्यालयमा सूचीबोर्ड उद्घाटनसँगै ह्वियलचियर, राष्ट्रपति प्रमाणपत्र, वाकिङ एड लगायत वीर नारीहरुलाई सम्मान गरेका थिए । युद्धका क्रममा बैरीहरुलाई परास्त गर्ने वीर सैनिकहरुको पहिलो पटक पेन्सन वितरण कार्यालय धरानले कार्यालय हाताभित्र सूची बोर्ड तयार गरेको छ । सो कोे शर्माले औपचारिक रुपमा समुद्घाटन गरेका हुन् । सो अवसरमा उनले सूचीबोर्डमा परेका वीर सैनिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
धनकुटा / मुलघाटको उखु भन्ने वित्तिकै नेपालमै रसिलो उखुको रुपमा लिइन्छ । नीजि सवारी साधनमा होस् वा यात्रुवाहक बसमा यात्रा गर्ने जो कोहीले तमोर नदी छेउमा विक्री गर्न राखिएको उखु खरिद गर्छन् र कोसेलीको रुपमा लाने गर्छन् । तमोर नदी छेउमा रहेको प्रहरी चेकपोष्ट नजिक उखु विक्री व्यापारीहरु ग्राहकको पर्खाइमा बसेका हुन्छन् । कुनै पनि सवारी साधन त्यहाँ रोक्यो कि उखु विक्री गर्न उनीहरुहरुबीच हानाथाप हुने गर्छ । सवारी साधन रोक्ने वित्तिकै उनीहरु झ्याल झ्यालमा उखु बोकेर आउँछन् र उखु खरिद गर्न यात्रुहरुलाई आग्रह गर्छन् । तेह्रथुम जिरिखिम्तीका उमेश गौतमले धरान पुगेर फर्किइसकेपछि तेह्रथुम जादा मुलघाटमा
मोरङ / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगमी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा रोजगारी सिर्जना गर्ने, राजस्व वृद्धि हुने र सौन्दर्यकरण हुने योजना तर्फ ध्यान दिन स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । मङ्गलबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कोशी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । मुख्यमन्त्री कार्कीले पहुँचका आधारमा विकासको बजेटलाई जथाभावी रुपमा सडक, पुल र भवन जस्ता अनुत्पादक क्षेत्रमा खर्च गर्न नहुने बताए । अहिलेकै गतिमा सडक, पुल र भवन निर्माणमा बजेट खर्च गर्दै जाने हो भने आगमी तीन वर्षमा तिनको मर्मत सम्भारका लागि बजेटको आकारला
इलाम / इलामका ग्रामीण क्षेत्रको मुख्य आम्दानीको श्रोत अदुवा खेती हो । धेरै जसो किसानले घर खर्च चलाउनका लागि अदुवा खेती गर्ने गरेका छन् । अहिले सम्म खेती गरेका कतिपय किसानले प्राविधिक ज्ञान पाउन सकेका छैनन् । खेतीको ज्ञान नभएको कारण अदुवा खेती गर्ने किसानले सोचे अनुसारको आम्दानी लिन सकेका छैनन् । पछिल्लो समय अदुवा खेतीमा किरा लाग्ने र गानो कुहिने गरेको कारण अदुवा खेतीमा किसानको आकर्षण घट्ने गरेको पाईएको छ । अदुवामा गानो कुहिने रोग देखा परेपछि इलाम सहित पूर्वी नेपालका धेरै जिल्लाका कृषकहरू समस्यामा परेका छन् ।आम्दानीको श्रोतका रूपमा रहेको अदुवा खेती मर्न थाले सँगै खेती गर्ने किसान प
धरान / धरान उपमहानगरपालिका १६ नं. वडा समितिले आफ्ना वडाबासीलाई लक्षित गरी शनिबार निःशुल्क आँखा शिविरको आयोजना गरेको छ ।विगतमा वडाबासीलाई लक्षित गरी विभिन्न प्रकारका स्वास्थ्य शिविर राख्दै आएको वडाले यस पटक भने आँखामा समस्या भएकाहरुलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गरेको हो । इटहरी आँखा अस्पतालसँग समन्वय गरेर आयोजना गरेको शिविरमा २ सय जना पुरुष र १ सय २७ जना महिला गरी ३ सय २७ जना सर्वसाधारणले लाभ लिएका थिए । शिविरमा विभिन्न प्रकारका समस्या देखिएको इटहरी आँखा अस्पतालका चिकित्सक डा. प्रदिपकुमार सिंहले जानकारी दिएका थिए । उनीहरुलाई सहज रुपमा उपचार गराउन इटहरी आँखा अस्पतालको सहयोगमा १६
धरान / हरेक वर्ष मार्च २० का दिन विश्वभरी नै मनाइने विश्व मुख स्वास्थ्य दिवस मनाइने गरिन्छ । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत सोमबार विश्व मुख स्वास्थ्य दिवस मनाइएको छ । प्रतिष्ठानका कलेज अफ डेन्टल सर्जरीका विद्यार्थीहरुले वी प्रतिष्ठानमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरी मनाइएको हो । नेपाल डेन्टल एसोसिएसन सुनसरीको विद्यार्थी ईकाइले आयोजना गरेको उक्त कार्यक्रममा चिकित्सक तथा विद्यार्थीहरुले फोटो, पोष्टर, ई(पोष्टर, भिडियो, आर्टिकलहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सचेतनात्मक नाटक, फेस पेन्ट तथा फ्ल्यास मुब समेत प्रस्तुत गरेका थिए । विश्व मुख
इटहरी / सेवाग्राहीहरुको चापका कारण काम गर्ने कर्मचारीहरु तनावमा रहने कुरालाई मध्यनजर गरी इटहरी उपमहानगरपालिकाले कर्मचारी तथा जनप्रतिनिधिलाई लक्षित गरी तनाव व्यवस्थापन तालिमकको आयोजना गरिएको छ । कर्मचारी र जनप्रतिनिधीहरुलाई तनाव व्यवस्थापन गर्न सिकाउने उद्देश्यले तालिम सञ्चालन गरेको उपमहानगरपालिकाले जनाएको छ । तनाव व्यवस्थापन गर्दाे कर्मचारीको कार्य क्षमतामा अभिवृद्धि हुने उद्देश्य राखी तालिमको आयोजना गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । कर्मचारीलाई तनावमुक्त वातावरणमा कर्तव्यप्रति प्रतिबद्ध गराउन तालिम राखिएको हो, मेयर पौडेलले भने । उनले भने– ‘कर्मचारी र जनप्रतिनिधीहरुहरु
मोरङ / विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको छ । मोरङको बेलबारी नगरपालिका ७ बाहुनीबाट स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको हो । न्युरो अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा विष्टले आफु हुर्केको ठाउँको सम्मान स्वरुप यो अभियानको प्रराम्भ भएको जानकारी गराइन् । बाहुनी क्षेत्रका बासिन्दाहरुलाई न्युरो अस्पतालले प्रदान गर्दे आएको सम्पूर्ण स्वास्थ्य सेवामा सरल तथा सहजपहुँच पु¥याउने उद्देश्यको साथ अभियान सुरु भएको अस्पतालकी कार्यकारी निर्देशक डा. विष्टले बताइन् । यो अभियान पूर्वी नेपालको ग्रमिण क्षेत्रसम्म पुग्ने बताइएको छ
ओखलढुंंगा / ओखलढुंगामा बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ घाइते भएका छन् ।जिल्लाको चिसंखुगढी गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा बोलेरो गाडी दुर्घटना आइतबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा परी २ जनाको घटना स्थलमा मृत्यु भएको छ भने १२ घाइतेको अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आइतबार बिहान पौने ८ बजे ओखलढुंगाको खानिभञ्याङबाट सदरमुकाम आउँदै गरेको ना.१ ज ८४८३ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिव १ सय मिटर तल खसेको थियो । दुर्घटनामा परी चिसंखुगढी–३ का ५२ बर्षीय मिन बहादुर श्रेष्ठ र ७० बर्षीय भक्त बहादुर थापाको घटना स्थलमा न