युवतीको मोवाइल लिएर फरार प्रेमी पनि मृत्त भेटिए

  • पुस २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  काठमाडौंको पिंगलास्थानस्थित होटेलमा मृत भेटिएकी सुस्मिता खड्कासँगै बसेर फरार भएका युवक पनि मृत्त भेटिएका छन् ।

सुस्मिताको प्रेमी भनिएका फरार युवक आज (शनिबार) दिउँसो झुण्डिएको अवस्थामा फेला परेका हुन् । ओखलढुङ्गाका २३ वर्षीय देवबहादुर थापा झुण्डिएको अवस्थामा आज मृत फेला परेको प्रहरीले जनाएको छ ।शनिबार दिउँसो उनी ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुण्डिएको अवस्थामा फेला परेको ओखलढुङ्गाका डीएसपी कृष्ण खड्काले जानकारी दिए ।

‘देवबहादुर झुण्डिएको अवस्थामा मृत फेला परेका छन्, उनको बारेमा अनुसन्धान भइरहेको छ’, डीएसपीले खड्काले सुनाए । युवतीको मृत्युको कारण अझै खुलेको छैन । देवबहादुरसँगै पिंगलास्थानस्थित वागमती होटेलको ३०८ नम्बर कोठामा बस्न पुगेकी सुस्मिताको शव गएको बुधबार फेला परेको थियो ।सुस्मिताको हत्या गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले निष्कर्ष निकालेको छ ।

सँगै होटेलमा बसेका देवबहादुर घटनासँगै फरार थिए । सुस्मिता अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन उक्त होटलमा पुगेकी थिइन् । ओखलढुंगाका २३ वर्षीय थापासँग उनी होटलमा पुगेको बताइएको छ । त्यसको भोलिपल्ट बुधबार उनी मृत भेटिएकी हुन् । अनुसन्धानको क्रममा युतवीसँगै होटलमा बस्न आएका ती युवकले मृत युवतीको मोबाइल समेत लिएर गएको खुलेको थियो । युवती मृत भेटिएको कोठामा रेडबुलको बट्टा समेत भेटिएको थियो । अन्य कुनै खानेकुराहरू नभेटिएकाले घटनाको प्रकृति हेर्दा ती युवतीले रेडबुल पिएको जस्तो देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

सुस्मिता खड्का कलेजसँगै जापनिज भाषा पनि पढिरहेकी थिइन् । सुस्मिताको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । जापान जाने तयारी स्वरूप उनले भाषाकक्षा पढिरहेकी थिइन् ।

युवक जापानबाट मंसिर ३० मा नेपालमा आएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । ३ वर्षदेखि जापानमा बसेका ती युवक छुट्टीमा काठमाडौँ आएका थिए । मृतकका परिवारले प्रहरी वृत्त गौशालामा घटना अनुसन्धानका लागि जाहेरी दिएका छन् । प्रहरी स्रोतका अनुसार सुस्मिता ती युवकसँग प्रेम सम्बन्धमा थिइन्।

दोस्रो पानबारी गोल्ड ...

धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्र ...

पूर्वमेयर शिवाकोटी २ ...

झापा/ आफ्नै धर्मछोरीलाई बलात्कार गरेको आरोप लागेका झापा ...

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved