काठमाडौं/ चीनको तिब्बत क्षेत्रबाट आएको भीषण हिमपहिरो तथा त्यसपछि आएको भोटेकोशी–त्रिशूली बाढीमा परी मृत्यु हुनेको संख्या १७५ पुगेको छ भने २८ देशका ४७६ जना अझै बेपत्ता रहेको नेपालस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । सरकारले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै परिवर्तन हुन सक्ने बताइएको छ । हाल सरकारको प्राथमिकता प्रभावित क्षेत्रमा खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र राहत वितरणमा केन्द्रित रहेको दूतावास स्रोतले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ९एनडीआरआरएमए० का अनुसा
धरान/ सुनसरी प्रहरीले धरान र इटहरीबाट विभिन्न प्रकारका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरानका एक युवक तथा अटोमा गाँजा ओसारपसार गरिरहेको आरोपमा दुई जना रहेका छन्। प्रहरीका अनुसार धरान उपमहानगरपालिका–१५ त्रिवेणी चोकमा पैदल हिँडिरहेका धरान–५ निवासी २२ वर्षीय सूर्य लावतीलाई शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट ट्रामाडोल १५० क्याप्सुल, डेकोलिक ५० ट्याब्लेट र एन्जाइन १०० ट्याब्लेट बरामद भएको हो। यस्तै, इटहरी उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गको नहर छेउ भित्री सडकखण्डमा अटो चेकजाँच गर्ने क्रममा १० किलो ३० ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद भएको प्रहर
त्रिशूली/ रसुवाबाट आएको भोटेकोशीको भीषण बाढीले नुवाकोटको त्रिशूली बजार र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले करिब ६० घर बगाउनुका साथै त्रिशूली नदीमाथिका दुईवटा पक्की पुलमा समेत क्षति पुर्याएको छ। बाढीको पूर्वसूचना पाएलगत्तै नदी आसपासका स्थानीयलाई सुरक्षित स्थानमा सारिएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिएका छन्। बाढीले देवीघाट क्षेत्रसमेत प्रभावित भएको छ भने त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त भएका छन्। त्यस्तै, २५ मेगावाट क्षमताको सौर्य प्लान्टका तीनवटा ब्लक र सबस्टेसनसमेत बाढ
तेह्रथुम । आफ्नै घरमा सुतिरहेको अवस्थामा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा तेह्रथुम प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। छथर गाउँपालिका–२ का ४४ वर्षीय लिलमबहादुर लिम्बुलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भदौ ९ गते ती महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा लिम्बुले जबरजस्ती करणी गरेको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। घटनालगत्तै सोही दिन लिम्बुलाई नियन्त्रणमा लिइएको हो। पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएपछि आरोपितको स्वास्थ्य परीक्षण गरी प्रहरी हिरासतमा राखिएको छ। घटनाबा
धरान/बैकिङ कसुर मुद्दामा अदालतबाट सजाय फैसला भएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय धरान र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ घर भई हाल इटहरी उपमहानगरपालिका–५ बस्दै आएका ३८ वर्षीय मुक्तिनाथ दाहाललाई पक्राउ गरेको हो। उच्च अदालत इलामको २०७९ असार ३० गतेको फैसलाअनुसार दाहालले ८ लाख ४० हजार रुपैयाँ बिगो र ४२ हजार रुपैयाँ जरिवाना भुक्तानी गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। फरार रहेका दाहाललाई खोजतलास गर्ने क्रममा मंगलबार बिहान करिब ९ बजे इटहरी उपमहानगरपालिका–१ स्थित आ
कृष्णनगर/ कपिलवस्तु प्रहरीले छुट्टाछुट्टै घटनामा १५ किलोभन्दा बढी लागुऔषध बरामद गरी छ जनालाई पक्राउ गरेको छ। प्रहरीले कृष्णनगर र चन्द्रौटाबाट ठुलो परिमाणमा चरेस र अफिमजस्तो देखिने पदार्थ बरामद गरेको हो। कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्कमा चेकजाँच गर्ने क्रममा भारततर्फ जाँदै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका–३ की ३४ वर्षीया रतिमा रोका, कपिलवस्तुको विजयनगर
सुनसरी/ झोलामा ११ किलोभन्दा बढी गाँजा बोकेर पूर्व–पश्चिम राजमार्ग हुँदै हिँडिरहेका धनकुटाका एक युवा सुनसरीमा पक्राउ परेका छन्। कोशी गाउँपालिका–४, कोशी कटानस्थित पूर्व–पश्चिम राजमार्गमा अस्थायी प्रहरी चौकी शिवचोकबाट आईतवार खटिएको प्रहरी टोलीले शंकाका आधारमा धनकुटाको सागुरीगढी गाउँपालिका–८ निवासी २८ वर्षीय चरन राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको साथमा रहेको झोला खानतलासी गर्दा गाँजा ११ किलो १ सय २० ग्राम पदार्थ फेला पारेको जनाएको छ। पक्राउ परेका राईलाई लागूऔषधसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाए
चितवन/ आफ्नै छोरीलाई बलात्कार गर्ने एक बाबुलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुरका ४५ बर्षिय बाबुले १९ वर्षकी छोरीलाई धम्की दिएर बलात्कार गरेको प्रहरी सामु स्वीकार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मनिष श्रेष्ठका अनुसार बाबुले जबरजस्ती करणी गरेको निवेदन दिन छोरी स्वयं प्रहरी कार्यालय पुगेकी थिइन् । श्रीमती र छोरा जापानमा रहेका ती पुरुष पनि ८ महिनाअघि नेपाल आएका प्रहरीले जनाएको छ। नेपाल रहेकी छोरीको स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन भनी उनी यहाँ आएका थिए । उनी केही समयमा जापान फर्किने तयारीमा रहेका पनि प्रहरीमा बयानका क्रममा उल्लेख
बारा/ बाराको कलैयाबाट शनिबार साँझ घरअगाडिबाट हराएकी २३ महिने बालिका करिब १२ घण्टापछि आइतबार बिहान सकुशल फेला परेकी छन्। कलैया उपमहानगरपालिका–१, कट्टिपर्सा निवासी मुकेशकुमार मण्डलकी छोरी बिन्दीकुमारी मण्डल शनिबार साँझ करिब ५ः३० बजे घरछेउबाट बेपत्ता भएकी थिइन्। बालिका हराएको जानकारी पाएपछि परिवारले राति करिब ८ः४५ बजे प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्क, बाराबाट प्रहरी नायब निरीक्षक विमलेशकुमार यादवको कमाण्डमा टोली परिचालन गरी खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार प्रहर
इनरुवा/ सुनसरीको इनरुवाबाट लागूऔषध ब्राउन सुगर सहित मोटरसाइकलमा यात्रा गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो करिब २ बजे इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ निवासी ४३ वर्षीय अर्जुन राई र सोही स्थानका ३३ वर्षीय प्रेमबहादुर राई रहेका छन्। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २८ प १३५ नम्बरको मोटरसाइकललाई शंका लागेर प्रहरीले रोकी खानतलासी गर्दा उनीहरूको साथबाट ५