परिवार परिचालन गरेर ब्राउन सुगर तस्करी! तीन जना पक्राउ

  • मंसिर १, २०८३
  • कोशीपत्र/संवाददाता
alt

मोरङ । लागुऔषधको अवैध कारोबारमा परिवारका सदस्यलाई नै परिचालन गरेर नेपालमा ब्राउन सुगर भित्र्याउने गरेको घटना मोरङमा सार्वजनिक भएको छ । भारतबाट लागुऔषध बोकेर नेपाल प्रवेश गर्ने क्रममा भारतीय एकै परिवारका तीन सदस्यलाई प्रहरीले रंगेलीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहारस्थित अररिया जिल्ला, बोका मोजदार–२ मुस्लिम टोलका ४५ वर्षीय रघुनाथ पासवान, उनकी ४० वर्षीया श्रीमती सकुन्तला पासवान र १८ वर्षीय छोरा करण पासवान छन् । उनीहरूको साथबाट प्रहरीले २९ ग्राम ४८० मिलिग्राम खैरो हेरोइन ९ब्राउन सुगर० बरामद गरेको छ ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी सन्तोष श्रेष्ठका अनुसार सोमबार साँझ रंगेली नगरपालिका–४ स्थित चोप्राहा बोर्डरबाट उनीहरू पक्राउ परेका हुन् ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगर, इलाका प्रहरी कार्यालय रंगेली र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई निगरानीमा राखेको थियो ।

भारतबाट पैदल नेपालतर्फ आइरहेका उनीहरूको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा सकुन्तलाले दाहिने हातको मुठ्ठीभित्र कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा ब्राउन सुगर फेला परेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

लागुऔषधसहित सकुन्तला र करणलाई नियन्त्रणमा लिएपछि रघुनाथले भने भाग्ने प्रयास गरेका थिए । तर, प्रहरीले उनलाई पछ्याएर नियन्त्रणमा लिन सफल भयो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरू सामान्य रूपमा लागुऔषध बोकेर सीमा पार गरिरहेका व्यक्ति मात्र नभई आपूर्ति सञ्जालमै संलग्न रहेको संकेत गरेको छ । प्रहरीका अनुसार उनीहरूले लामो समयदेखि भारतबाट नेपालतर्फ ब्राउन सुगर आपूर्ति गर्दै आएका थिए ।

सीमा पार गर्ने क्रममा सुरक्षाकर्मीको निगरानी छल्न उनीहरूले अपनाएको तरिका पनि योजनाबद्ध देखिन्छ । प्रहरीका अनुसार सुरुमा रघुनाथ आफैं नेपाल आएर सीमा क्षेत्रको अवस्था र सुरक्षाकर्मीको गतिविधि नियालेर भारत फर्किएका थिए । सीमा क्षेत्रमा तत्काल सुरक्षाकर्मीको गतिविधि नरहेको यकिन गरेपछि उनले श्रीमती र छोरालाई लागुऔषधसहित नेपालतर्फ पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आमा र छोरा लागुऔषध बोकेर नेपाल प्रवेश गर्दा रघुनाथ पनि उनीहरूकै पछिपछि आइरहेका थिए । दुवै पक्राउ परेपछि भाग्न खोजेका उनलाई समेत प्रहरीले नियन्त्रणमा लियो ।
यो घटनाले सीमापारिबाट हुने लागुऔषध तस्करीमा परिवारका सदस्यलाई समेत फरक–फरक भूमिकामा परिचालन गर्ने गरिएको देखाएको छ । सीमा क्षेत्रको निगरानी छल्न महिला र किशोरलाई प्रयोग गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक आकलन छ ।

पछिल्लो समय लागुऔषधको अवैध कारोबार र प्रयोग नेपाली समाजका लागि गम्भीर चुनौती बन्दै गएको छ । विशेषगरी खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालतर्फ लागुऔषध भित्राउने क्रम नियन्त्रण गर्न सुरक्षा निकायलाई कठिन भइरहेको छ ।

सीमामा हुने बरामदले कारोबारको एउटा तह मात्र उजागर गर्ने भएकाले यसको पछाडि रहेको आपूर्ति सञ्जाल र मुख्य कारोबारीसम्म अनुसन्धान पुर्‍याउन आवश्यक रहेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

रंगेलीबाट पक्राउ परेका तीनै जनालाई बरामद लागुऔषधसहित इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ । उनीहरूविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन इन्स्पेक्टर अशोककुमार झा नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

एक करोड ६७ लाख रकमसह ...

काठमाडौं/  काठमाडौंको नख्खुबाट ठूलो रकमसहित प ...

बराहक्षेत्रमा मोटरसा ...

 धरान/ सुनसरीको बराहक्षेत्रमा मोटरसाइकलको पछाडि सव ...

सुनसान घरमा नेपाली–भ ...

मोरङ/मोरङको रतुवामाई नगरपालिका–७ स्थित सुनसान घरम ...

धरानको स्वर्णिम क्लब ...

धरान/ धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved