स्वास्थ्य

    Showing २९१-३०० of २,६११ items.
  • धरानमा घुर्ने र श्वास रोकिने समस्या को विशेषज्ञ सम्मेलन हुने

    धरान /धरान स्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा घुर्ने , श्वास रोकिने तथा राम्रोसँग निन्द्रा नलाग्ने समस्या को बिषयमा स्लिप मेडिसिन सम्मेलन हुने भएको छ ।  विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा हुने सम्मेलनले यस्ता समस्या समाधानका लागि अनुभव,र बिधिको प्रस्तुति हुने छ । बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानको पल्मोनरी क्रीटिकल केयर एण्ड स्लिप मेडिसिनको आयोजनामा हुने उक्त सम्मेलनमा घुर्ने,श्वास रोकिने तथा निन्द्रा नलाग्ने समस्या भएका खासगरी युवा बिरामीहरुले विशेषज्ञ डाक्टरलाई भेट्न र आफ्नो समस्याको उपचार गराउन सक्ने आयोजक बिभागका डा. अग्रज उप्रेतीले जानकारी दिए ।  बी.पी. कोइ

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • ३२७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मध्यराति स्कोरपिओ दुर्घटना : ४२० किलो गाँजा बारमद

    विराटनगर/  विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा आइतबार बिहानका राति करिब १ बजेतिर भएको सवारी दुर्घटनाले ठूलो लागुऔषध कारोबारको रहस्य उजागर गरेको छ । बा ८ च ६५०८ नम्बरको स्कोरपिओ गाडी अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेपछि घटनास्थल पुगेको प्रहरीले गाडीभित्र लुकाइछिपाइ राखिएको ४ सय २० किलो गाँजा बरामद गरेको हो । दुर्घटनापछि चालक फरार रहेकाले खोजी तीव्र पारिएको छ भने गाडी र बरामद गाँजालाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाइएको छ । प्रहरीका अनुसार भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको स्कोरपिओ अचानक अनियन्त्रित बनेर खाल्डोमा खसेको पाइएको छ । दुर्घटनाको सूचना पाउ

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • ८३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ३१ औं जनयुद्ध दिवसमा धरानमा रक्तदान, १०१ पिन्ट रगत सङ्कलन

    धरान/ नेपाली कम्युनिष्ट पार्टी धरान नगरको आयोजनामा ३१ औं जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। १० वर्षसम्म चलेको सशस्त्र जनयुद्धको स्मरण तथा सहिद र बेपत्ता परिवारप्रति सम्मान प्रकट गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय १ पिन्ट रगत सङ्कलन गरिएको नगर संयोजक उद्धव बहादुर लिम्बुले जानकारी दिए। शुक्रबार सम्पन्न उक्त रक्तदान कार्यक्रम सुनसरी क्षेत्र नं १ का नेकपा उम्मेदवार मनोज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै उम्मेदवार भट्टराईले १० वर्षे जनयुद्धकै कारण देशमा ऐतिहासिक परिवर्तन सम्भव भएको उल्लेख गरे। उनले जनयुद्धपछि दलित, महिला तथा जनजाति स

    • प्रकाशित मितिः फागुन २, २०८२
    • ४२७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागूऔषधसहित दुई पक्राउ

    धरान/  सुनसरी जिल्लाको धरान उप–महानगरपालिका वडा नं. १० सेवालुङ चोकमा प्रहरीले भैरहेको लागूऔषध कारोबारमा दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८२।११।०१ गते बिहान ०९:४५ बजे अस्थायी प्रहरी चौकी श्यामचौकबाट खटिएको टोलीले सन्दिप राईको कोठामा चेकजाँच गर्दा ट्रामाडोल २०८ क्याप्सुल र स्पास्पेन २०८ ट्याब्लेट फेला पारेको छ। साथै,  कारोबारमा संलग्न भुमिका बर्देवालाई  समेत पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा लागूऔषध आपूर्ति शृङ्खला अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः फागुन १, २०८२
    • ५३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नगरपालिकाद्बारा वराहक्षेत्रको बाङ्गे बजारमा अनुगम

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ७ स्थित बाङ्गे बजारमा अनुगमन गरिएको छ । बिहिवार वराहक्षेत्र नगरपालिकाको अनुगमन टोलिले बाङ्गे बजार अनुगमन गरेको हो । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार नियमित बजार अनुगमन कार्यक्रम अन्तर्गर बजार अनुगमन गरेको हो । अत्यावश्यक खाद्यवस्तुको मूल्य बढि, एकरूपता नभएको म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै नगर उप(प्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्रिय भएको हो । वडा कार्यालय , नगरपालिकाको कार्यलय गर्नु पर्ने दर्ता प्रकृया , राजश्

    • प्रकाशित मितिः माघ २९, २०८२
    • ४१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • क्यान्सरसंग जुध्दै ममता उपचारमा सहयोग गरिदिन सबैसंग आग्रह

    धरान/ दोस्रो पटक क्यान्सरसंग लडिरहेकी ममता राई खड्काको यो दोस्रो किमो हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उनलाई तेस्रो किमोका लागि फागुन ५ गते बोलाएको छ । तर खर्च उभावले थप उपचार अनिश्चित बनेको छ । मजदुर नेता भीमज्वाला राईसंगको कुराकानीमा आधारित  धरान १५ सगरमाथा लाइनकी ५२ वर्षिया ममता राई खड्कालाई २०८१ सालको लाग्दै ब्रेस्ट क्यान्सर देखा परेको थियो । नास्ट कलेजको बसका चालक श्रीमान शुक्र राईले उपचारका लागि कुनै कसुर बाँकी राखेनन् । ८ वटा किमो चल्यो । ८ वटा इन्जेक्सन दिइयो, दाहिने तर्फको ब्रेस्ट शल्याक्रिया भयो । २०८१ चैतमा उनलाई बीपी प्रतिष्ठानले डिस्चार्ज दियो । 

    • प्रकाशित मितिः माघ २७, २०८२
    • ३५९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ओखलढुंगा आउदै गरेको बस तामाकोशीमा खस्यो ९ जनाको मृत्यु

    रामेछाप/ रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा नौं जनाको ज्यान गएको छ । काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यात्रुबाहक बस मंगलबार बिहान अन्दाजी ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो । दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार हालसम्म नौं जनाको शव तामाकोशीमा डुबेको बसबाट निकालिएको छ । १० जना भन्दा बढीलाई उद्दार गरि

    • प्रकाशित मितिः माघ २७, २०८२
    • ३९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुच्चा राई कल्याणकारी समाजको स्थापना दिवसमा जीवनदान, ११३ पिन्ट रगत संकलन

    धरान/सुच्चा राई कल्याणकारी समाज, धरान–सुनसरीले आफ्नो २६औँ स्थापना दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। धरानको भानुचोकमा आयोजना गरिएको उक्त कार्यक्रमबाट ११३ पिन्ट रगत संकलन भएको समाजका अध्यक्ष विनोद राईले जानकारी दिनुभयो। संकलित रगतमा ८५ जना पुरुष र २८ जना महिला रक्तदाताको सहभागिता रहेको थियो। समाजले स्थापना दिवसको अवसरमा हरेक वर्ष निरन्तर रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष राईले बताउनुभयो। “रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो,” उहाँले भन्नुभयो। समुदायबाट सामाजिक तथा मानवी

    • प्रकाशित मितिः माघ २५, २०८२
    • ६५२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भी खोप किशोरीहरूलाई दिइने

    वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकामा विद्यालय जाने कक्षा ६ मा अध्ययन गरि राखेका किसोरीहरु र १० वर्षका किसोरीलाई त्यस्तै गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि कक्षा १० मा अध्ययन गरिरहेका त्यस्तै विद्यालय नजाने ११ देखि १४ वर्षको उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पी.भी. खोप दिइने भएको छ । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत ६ मा अध्ययन गरि राखेका किसोरीहरु र १० वर्षका किसोरीहरुलाई त्यस्तै गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि कक्षा १० मा अध्ययन गरिरहेका त्यस्तै विद्यालय नजाने ११ देखि १४ वर्षको उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्

    • प्रकाशित मितिः माघ २०, २०८२
    • ४३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विमानस्थलबाट ब्राउन सुगरसहित युवती पक्राउ

    भद्रपुर/ झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर विमानस्थलबाट लागू औषध ब्राउन सुगरसहित एक युवती पक्राउ परेकी छन्। विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा १४४ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो। माघ १९ गते साँझ भद्रपुरबाट काठमाडौँ जान लागेकी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढाले लुकाई–छिपाई राखेको अवस्थामा लागू औषध फेला परेको प्रहरीले जनाएको छ। नियमित सुरक्षा जाँचका क्रममा शंकास्पद गतिविधि देखिएपछि गरिएको खानतलासीमा उक्त परिमाणको ब्राउन सुगर बरामद गरी उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकी बुढालाई आवश्यक क

    • प्रकाशित मितिः माघ २०, २०८२
    • ३४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved