वराहक्षेत्रमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भी खोप किशोरीहरूलाई दिइने

  • माघ २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकामा विद्यालय जाने कक्षा ६ मा अध्ययन गरि राखेका किसोरीहरु र १० वर्षका किसोरीलाई त्यस्तै गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि कक्षा १० मा अध्ययन गरिरहेका त्यस्तै विद्यालय नजाने ११ देखि १४ वर्षको उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पी.भी. खोप दिइने भएको छ ।

नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत ६ मा अध्ययन गरि राखेका किसोरीहरु र १० वर्षका किसोरीहरुलाई त्यस्तै गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि कक्षा १० मा अध्ययन गरिरहेका त्यस्तै विद्यालय नजाने ११ देखि १४ वर्षको उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाइने नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश प्रसाद मेहताले बताए ।

नगरपालिकामा मंगलबार उक्त खोप एच।पी।भी। खोप अभियान ( २०८२ सम्बन्धी पालिका स्तरीय खोप समन्वय समिति र सरोकारवालाहरूलाई अभिमुखीकरण समेत गरिएको छ ।

एच.पी.भी. खोप अभियान(२०८२ लाई लक्षित वर्ग समयसम्म पुर्‍याउन जनप्रतिनिधि, शिक्षा शाखाका प्रमुख, नगर भित्र रहेका स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई सहभागी गराएर अभिमुखीकरण गराइएको हो ।

नगर प्रमुख रमेश कार्कीको सभाध्यक्षतामा आयोजना भएको अभिमुखीकरण कार्यक्रममा क्यान्सर सर्ने कारण, रोगको लक्षण, रोग सर्ने माध्यम, खोप अभियानको उद्देश्य तथा औचित्य, ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरूको पाठेघरको परीक्षण गर्ने र पाठेघरका क्यान्सर प्रमाणित भएका महिलाहरूको रोगको निदान गर्ने राष्ट्रिय नीति सम्बन्धी छलफल गरिएको थियो ।

अभिमुखिकरणमा नगर उपप्रमुख नन्दकुमारी सनुबार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडाअध्यक्षहरु , शिक्षा शाखाका प्रमुख, नगर भित्र रहेका स्वास्थ्य संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो

वराहक्षेत्रमा विद्यालयहरुमा ६ मा अध्ययन गरि राखेका किसोरीहरु र १० बर्षका किसोरीहरुलाई त्यस्तै गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि कक्षा १० मा अध्ययन गरिरहेका त्यस्तै विद्यालय नजाने ११ देखि १४ वर्षको उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध पोप नगर भित्र ५० वटा खोप केन्द्र स्थापना गरेर माघ २६ देखि फागुन १ गते देखि विद्यालयमा खोप केन्द्र बनाएर खोप लगाइने छ

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved