नगरपालिकाद्बारा वराहक्षेत्रको बाङ्गे बजारमा अनुगम

  • माघ २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ७ स्थित बाङ्गे बजारमा अनुगमन गरिएको छ । बिहिवार वराहक्षेत्र नगरपालिकाको अनुगमन टोलिले बाङ्गे बजार अनुगमन गरेको हो ।

उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार नियमित बजार अनुगमन कार्यक्रम अन्तर्गर बजार अनुगमन गरेको हो ।

अत्यावश्यक खाद्यवस्तुको मूल्य बढि, एकरूपता नभएको म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै नगर उप(प्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्रिय भएको हो ।

वडा कार्यालय , नगरपालिकाको कार्यलय गर्नु पर्ने दर्ता प्रकृया , राजश्वको रसिद बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका बिषयहरुमा बाङ्गे बजारमा रहेला पसलहरु अनुगमन गरिएको नगरपालिकाका प्रशासन शाखा तथा आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।

अनुगमन टोलीले बजारमा रहेका खाद्यान्न किराना पसल, फलफुल पसल , कफि सप , औषधी पसल , क्रिल्लनिक , केक सप , चिसो पदार्थको डिलर , मासु पसलहरूको अनुगमन गरिएको अनुगमन र अनुगमनको क्रममा दर्ता प्रकृया , राजश्व , ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोला प्रयोग भएका पसल , म्याद नाघेका सामग्री नष्ट र म्याद नाघेका सामाग्री बिक्री गर्न राखेका पसललाई सचेतनासंगै म्याद नाघेका सामाग्री नष्ट गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।

अनुगमनको क्रममा उपभोक्ताको हित विपरीत सञ्चालन भएका पसलहरूलाई नियमको पालना, म्याद नाघेका सामाग्री राख्ने व्यापारीहरूलाई जरिवाना, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलालाई नियन्त्रणमा लिएर जरिमानमा समेत गरिएको नगर उप( प्रमुख नन्दकुमारी सुनुवारले बताइन ।

नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा प्रशासन शाखा तथा आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रक प्रतिनिधि, नेपाल प्रहरीका अधिकारी , नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved