स्वास्थ्य

    Showing २,४५१-२,४६० of २,६२६ items.
  • कोरोना संक्रमित अस्पताल भर्ना हुन अनलाइनबाटै बेड बुक !

    विराटनगर । प्रदेश १ का कोरोना संक्रमितले अब अनलाईन आवेदन दिई अस्पताल भर्ना हुन पाउने भएका छन् । संक्रमितले आफू भर्ना हुने अस्पतालको बेड अनलाइनबाटै बुक गर्न सक्ने छन् ।अहिलेसम्म परीक्षणमा संक्रमण फेला परेपछि सम्बन्धित स्थानीय तह वा प्रदेश सरकारले व्यवस्थापन गरेको एम्बुलेन्स र सवारी सधानमा राखी बिरामीलाई अस्पतालसम्म पठाउने गरिएको थियो । उनीहरुको भर्नाको व्यवस्थापन पनि सरकारले नै गर्दै आएको छ । मोरङ सुन्दरहरंैचामा प्रदेश सरकारले बनाएको कोरोना उपचार केन्द्रमा संक्रमितले इन्टनरेनको प्रयोग गरी अनलाईन प्रणालीबाट फाराम भरी अस्पतालमा भर्ना हुन र बेडक बुक गर्न सक्ने व्यवस्थापन भएको हो । सामाजिक विकास म

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • ७७१ पटक पढिएको
    • "कुमार लुइँटेल"
  • नेपालमा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३७६२

    काठमाडौं आज थप ३१४ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३१४ जनामा संक्रमण देखिएको हो । गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन्। यसैगरि, स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । यो सगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ । नेपालमा हालसम्म ४८८ जना उपचारपछि निको भएका छन्।  

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • ९५४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भरतपुर जिल्लामा कोरोना परिक्षणका क्रममा दुई जना चिकित्सक सहित २० जनामा कोरोना संक्रमण

    भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणका क्रममा जिल्लाको बिभिन्न स्थानबाट ल्याईएको स्वाब परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण भेटिएको हो । भरतपुर जिल्लामा गरिएको कोरोना परिक्षणका क्रममा दुई जना चिकित्सक सहित २० जनामा कोरोना संक्रमण देखिएको छ । स्रोतका अनुसार भरतपुरमा रहेको एक निजि अस्पतालका फिजिसिनमा कोरोना देखिएको हो । सोही अस्पतालमा कार्यरत एक स्टाफ नर्समा समेत कोरोना देखिएको छ । अन्यको परिक्षण भईरहेको छ । थपिन सक्ने स्रोतले जनाएको छ । थप बिबरण भरतपुर अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरि जनाउने भएको छ । अहिले जिल्लाका बिभिन्न स्थानीय तहमा रहेका क्वारेन्टिनबाट ल्याईएको स्वाब परिक

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • ७१० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

    भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए । अर्घाखाँचीमा सोमबार एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना देखिएका उनीहरु कुन ठाउँको क्वारेन्टिनमा बसेका हुन् भन्नेबारे खोजी भइरहेको जिल्ला निरीक्षक पौडेलले बताए ।

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • ७९३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीको अर्थो अब्जरभेरसन वार्डमा भेटिएकी बराहक्षेत्रकी संक्रमित बालिकाको सम्पर्कमा रहेका सबैको पिसिआर रिपोर्ट नेगेटिभ

    धरान बराहक्षेत्र बाट खुट्टा भाँचिएर उपचारको लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा रहेकी बालीकाको सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मी र वार्डका विरामीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बालिकाको अप्रेशन गर्नुअघि कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ आएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीसँगै वार्डका अन्य विरामीहरुको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएको सबै ५९ जनाको रिपोर्ट नेभिटिभ आएको हाडजोर्नी विभागका प्रमुख डा.पशुपति चौधरीले जानकारी दिए । डा.चौधरीका अनुसार यसअघि पनि डिस्इन्फेक्ट भइसकेकोले चिन्ता लिनु नपर्ने बताए । उनका अनुसार सावधानी अपनाउ

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • ८५२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २१३ कोरोना भाइरसका संक्रमित थपिए , संक्रमित संख्या ३ हजार ४ सय ४८ पुग्यो

    धरान/ नेपालमा थप २१३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमित संख्या ३ हजार ४ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियिमित प्रसे व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा .बिकास देबकोटाले आज  थप २१३ जना संक्रमित थपिएको जानकारी दिएको हुन् । देबकोटाका अनुसार आज थपिएका नयाँ संक्रमितहरु मध्ये २ सय ९ पुरुष र ४ महिला हुन् । नेपालमा कोरोना भाइरसका संक्रमितहरु मध्ये ४ सय ६७ जना निको भएर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ । हालसम्म देशका ७० जिल्लामा संक्रमित भेटिइकेका छन् ।  

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • १,३३७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उदयपुरमा भेटिएका ३ जना संक्रमितलाई बिराटनगर पठाईयो

    उदयपुर / उदयपुरमा आज भेटिएका ३ जना संक्रमितहरुलाई बिराटनगर स्थित कोभिड १९ उपचार केन्द्रमा पुर्याइएको छ ।  जेठ १५ गते भारतको सिलोङबाट आएर रामपुर स्थित क्वारेन्टाईनमा बस्दै आएका १ जना महिला र एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाण्डौबाट आएका एक जना पुरुषमा संक्रमण देखिएको छ । उनि चौदण्डीगढी नगरपालीकामा रहेको क्वारैन्टाईनमा बस्दै आएका थिए । जनस्वास्थ्य कार्यलयका अनुसार ३८५ जनामा गरीएको परीक्षणमा २९ जनाको नेगेटिभ आएको थियो भने ३ जनाको रिर्पोट पोजेटिभ आएको छ बाँकी ३५३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • ७३६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उदयपुरमा थप ३ जना कोरोना संक्रमित

    उदयपुर/  कोरोना संक्रमण को हटस्पटको रुपमा चिनिएको उदयपुरमा फेरी ३ जना संक्रमित थपिएका छन् । जनस्वास्थ्य कार्यालय उदयपुरका अनुसार भारतबाट आएर बेलका नगरपालिकामा क्वारेन्टाइनमा बसेका १ जना पुरुष र १ जना महिला गरि २ र चौदण्डीगढि नगरपालिकाका १ जना स्थानीयमा गरि ३ जनामा संक्रमण पुष्टि भएको हो । भारतबाट आएर गाईघाटको मोतिगडा क्वारेन्टाइनमा रहेका ५४ जना रिपोर्ट आउन बाँकी रहेको छ । यो सगै उदयपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • १,०१८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २४ घण्टामै थपिए ३२३ संक्रमित , संक्रमित संख्या ३२३५ पुग्यो

    काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षण थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार थपिएका नयाँ संक्रमितहरु मध्ये २८६ जना पुरुष र ३७ जना महिला रहेका छन् । प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६८ जिल्लामा संक्रमण देखिएको छ । डोल्पाका जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुष र धनगडीको एक ५४ बर्षीय महिलाको समेत मृत्यु भएको छ । यो सगै नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेका संख्या १३ पुगेको छ ।  पछिल्लो २४ घण्टामा

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • १,०५६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमणबाट नेपालमा थप १ को मृत्यु , मृतकको संख्या १२ पुग्यो

      कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एकजानको ज्यान गएको छ । यो सगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । डोल्पाका जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएको हो । नेपालगञ्जबाट जेठ १८ गते डोल्पा पुगेका उनको होम क्वारेन्टाइनमा रहेका अवस्थामा मृत्यु भएको हो ।जेठ २० गते मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो । शनिबार उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनले जनाएको छ । अहिले गाँउपालिकाका सबै नाका र गाँउ सिल गरिएका छ । मृतकसँगै जगदुल

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • १,४०३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved