कोरोना संक्रमित अस्पताल भर्ना हुन अनलाइनबाटै बेड बुक !

  • जेठ २७, २०७७
  • "कुमार लुइँटेल"
alt

विराटनगर । प्रदेश १ का कोरोना संक्रमितले अब अनलाईन आवेदन दिई अस्पताल भर्ना हुन पाउने भएका छन् । संक्रमितले आफू भर्ना हुने अस्पतालको बेड अनलाइनबाटै बुक गर्न सक्ने छन् ।
अहिलेसम्म परीक्षणमा संक्रमण फेला परेपछि सम्बन्धित स्थानीय तह वा प्रदेश सरकारले व्यवस्थापन गरेको एम्बुलेन्स र सवारी सधानमा राखी बिरामीलाई अस्पतालसम्म पठाउने गरिएको थियो । उनीहरुको भर्नाको व्यवस्थापन पनि सरकारले नै गर्दै आएको छ ।

मोरङ सुन्दरहरंैचामा प्रदेश सरकारले बनाएको कोरोना उपचार केन्द्रमा संक्रमितले इन्टनरेनको प्रयोग गरी अनलाईन प्रणालीबाट फाराम भरी अस्पतालमा भर्ना हुन र बेडक बुक गर्न सक्ने व्यवस्थापन भएको हो । सामाजिक विकास मन्त्रालय र नेपाली सेनाले सुन्दरहरंैचामा अवस्थित पूर्वाञ्चल विश्व विद्यालयको मेडिकल कलेजमा कोरोना उपचार केन्द्र संचालन र व्यवस्थापन गरेको छ । कोरोना संक्रमितले समेत चलाउन सक्ने गरी त्यहाँ इन्टरनेटको सेवासमेत उपलब्ध छ ।

पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश १ सरकारले सञ्चालनमा ल्याइएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् । मन्त्री घिमिरेले भने,“संक्रमितहरुलाई अस्पतालमा भर्ना हुन र आफ्नो कक्षसम्म जान सहज होस भनेर अनलाइनबाटै भर्ना हुने प्रबन्ध गरिएको हो ।” संक्रमितले सरकारले तयार गरेको फाराम अनलाइनबाटै भरेर त्यसलाई पठाउन सक्ने मन्त्री घिमिरेले जानकारी दिएका छन् ।

संक्रमितहरु अस्पतालमा आएर भर्ना हुन समय लाग्ने गरेको भन्दै संक्रमित भर्ना हुनुअघि अनलाईनबाट वेड बुकसमेत गर्न सक्ने प्रबन्ध गरिएको बताउँदै मन्त्री घिमिरेले भने,“संक्रमितले बेड बुक गरेपछि वेड नं. र बेडको लोकेसनका आधारमा भर्ना हुनेछन् ।” संक्रमण देखिएको स्थानबाट एम्बुलेन्सले अस्पताल ल्याएर छाड्ने र संक्रमित सोझै बेडमा पुग्ने गरीको व्यवस्थापन मिलाइएको मन्त्री घिमिरेले सुनाए ।

अनलाईन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टिम र सामाजिक विकास मन्त्रालयबाट व्यस्थापन टिम तयार गरिएको छ । सोही टिमले अनलाईन भर्नाको व्यवस्थापन गर्नेछ । कोरोना उपचार केन्द्रको बाहिरी व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । विदेशबाट आएका मानिसहरुलाई पनि होल्डिङ सेन्टरसम्म ल्याउने र व्यवस्थापन गर्ने काम पनि नेपाली सेनाले नै गरिरहेको छ । काठमाडौबाट प्रदेश १ आएकाहरुलाई सिद्धबाबाको चतराधाममा अवस्थित आश्रममा पठाइएको थियो ।

सुन्दहरंैचामा संक्रमितको उपचार शुरु भएसंगै त्यहाँ सामाजिक विकास मन्त्री घिमिरे, मन्त्रालयका अस्पताल महाशाखा प्रमुख सागर प्रसार्इंसहितको टिमले समेत निरीक्षण गरेको छ । सामाजिक विकास मन्त्रालयले पूर्वाञ्चल विश्वविद्यालय मेडिकल संकायका डिन डा.शैलेश पोखरेल, नर्सिङ क्याम्पस प्रमुख कविता अधिकारी, नेपाली सेनाका मेजर र अस्पताल प्रशासन प्रमुखसंग पनि छलफल गरेको छ । व्यवस्थापन गर्नुपर्ने सामग्री आजसम्म गरिसक्ने निर्णय भएको छ ।

शुक्रबारदेखि सञ्चालनमा आएको सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा सोमबारसम्म ५२ जना उपचाररत छन् । उपचार केन्द्रमा अहिले ७४ बेड तयार गरिएको र थप ५१ बेडको तयारी गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ५१ बेड थपिएपछि सुन्दरहरैंचामा १ सय २५ बेड तयार हुने छ ।

त्यहाँ मेडिकल अफिसर डा. रोहित भण्डारी र अधिकृत धरणी निरौलालाई खटाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अस्पतालमा २४ सै घण्टाका लागि एउटा एम्वुलेन्सको पनि प्रवन्ध गर्ने भएको छ । प्रदेश १ का कोरोना संक्रमितको विराटनगरको कोशी अस्पताल र धरानस्थित विपी प्रतिष्ठान धरानमा पनि उपचार भई रहेको छ ।
क्याप्सन ः पूर्वाञ्चल विश्व विद्यालयमा संचालित कोरोना उपचार केन्द्र र अनलाइन प्रणालीको निरीक्षण गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरे ।

कोशी सरकारको नीति तथ ...

विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । ...

सांसद र डीएसपीको का ...

मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पू ...

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved