स्वास्थ्य

    Showing 2,301-2,310 of 2,412 items.
  • पथरी नगरमा ‘होल्डिङ एरिया’ निर्माण हुने र बजार गर्न पास चाहिने

    मोरङको पथरी शनिश्चरे नगरपालिकामा बिहिबार सम्पन्न कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको बैठकले नगरको एकमात्र डिग्री क्याम्पस पथरी बहुमुखी क्याम्पसमा १० बेडको होल्डिङ स्थल बनाउने निर्णय गरेको हो ।   नगर र आसपास क्षेत्रमा पनि कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै जानसक्ने र भारतलगायतका देशबाट नेपालीहरू फर्केर आउने सक्ने अवस्थालाई मध्यनजर गर्दै होल्डिङ स्थल बनाउने निर्णय गरेको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले बताउनुभयो ।   नगर कार्यपालिकाको बुधबार सम्पन्न बैठकले नेपाल बाहिरबाट आएकाहरूका लागि आफ्नो क्षेत्रभित्र क्वारेन्टाइनमा जानु अघि तत्काल छुट्टै र सुरक्षित राख्नका लागि होल

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,069 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटा अस्पताल आइतबार खुल्ने

    कार्यरत स्वास्थ्यकर्मीमा नै कारोना संक्रमित भेटिएपछि गत सोमबारदेखि ‘सिल’ गरिएको धनकुटा जिल्ला अस्पतालको सेवा पर्सि आइतबारदेखि सूरु हुने भएको छ । अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति प्रदेश १ सामाजिक विकास मन्त्रालयको संयोजनमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानीय तहबाट उपलब्ध गराउने निर्णय भएको छ । धनकुटाको अवस्था अहिले सामान्यतर्फ उन्मुख रहेको छ । धनकुटामा हालसम्म १ सय ८० जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये ७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितहरुको अहिले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,640 पटक पढिएको
    • "कोशीपत्र संवाददाता/ विराटनगर"
  • प्रदेश १ मा ४० हजार जनामा कोरोना परीक्षण हुने

    प्रदेश नं १ मा कोरोना संक्रमितको संख्या बढेसंगै सरकारले परीक्षणको दायरा झन् फराकिलो बनाउने तयारी थालेको छ । परीक्षणको दर ४० हजारभन्दा बढी पु¥याउने सरकारको तयारी छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ प्रादेशिक समितिको बैठकले कोभिड–१९ को परीक्षण कार्ययोजना स्विकृत समेत गरेको छ । भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेशभित्र कोरोना संक्रमित पहिचान गर्न परीक्षणको दायरा बढाउन लागिएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिएका छन् । भने,‘‘दैनिक एक हजार जनाका दरले स्वाब संकलन गरेर ल्याबमा नमूना ल्याई गरिने पीसीआर परीक्ष

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,132 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • क्वारेनटाइनको अर्थ र यसले सिकाउने पाठ

    चार महिना पहिले, कोभिड १९ हजारौं माईल टाढा थियो, जुन हाम्रो आफ्नै जीवनबाट टाढा देखिन्थ्यो। तीन महिना पहिले, हामी गनगनहरू सुन्न सक्थ्यौं । तर हामीले कल्पना गर्न सक्दैन थियौं कि, यो त्यस्तो हदसम्म पुग्छ र र हामीलाई स्तब्ध पार्छ भनेर । दुई महिना अघि, सबै परिवर्तन हुन थाल्यो, र दैनिक, कोभिड १९ ले हामीबाट अधिक मानिसको ज्यान लिन थाल्यो। कोभिड १९ ले ठुलो आँधीबेहरीको रूप लियो । आँधीबेहरी हट्छ तर महामारी हट्न धेरै समय लाग्छ । कोरोना भाइरसले हामीलाई आश्चर्य चकित पार्यो । कसैले पनि भविष्यवाणी गरेका थिएनन कि यसले यति धेरै मानिसलाई मार्नेछ, देशहरुलाई लकडाउन गर्न बाध्य पार्नेछ, स्कूल, कलेज र सार्वजनिक ठाउँ

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 2,111 पटक पढिएको
    • "बद्रि कार्की "
  • मोरङको लेटाङ नगरपालिका सिल

    मोरङको लेटाङ नगरपालिका सिल गरिएको छ । छिमेकी पालिकाहरुमा कोरोना संक्रमित भेटिन थालेकोले सावधानी अपनाउन भन्दै नगरपालिकाले सिल गर्ने निर्णय लिएको नगरपालिकाले जनाएको छ । नगरमा ५४ जनाको दु्रत परीक्षण विधिबाट कोरोना भए नभएको परीक्षण पनि गरिएको छ । खासगरी लेटाङ नगरपालिकामा विदेशबाट आएका, मुस्लिम समुदायको धार्मिक कार्यक्रममा सहभागी भई फर्किएका, ड्युटीमा खटिएका प्रहरी, एम्बुलेन्स चालक र स्थानीय व्यापारीको आरडीटी परीक्षण गरिएको प्रमुख राईले बताए । भने,‘‘सबै रिर्पोट नेगेटिभ आएका छन् ।’’ लेटाङमा कोरोना जोखिम कम गर्न आज राति १२ बजेदेखि नगरक्षेत्र सिल गर्ने निर्णय गरिएको हो । नग

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,368 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २० संक्रमित थपिए, संक्रमित संख्या ५०७ पुग्यो

    नेपालमा शुक्रबार दिउँसो फेरि २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बाँके र सुदुरपश्चिमका विभिन्न जिल्लामा गरी शुक्रबार थप २० जनामा काेराेना भाइरस देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । बैतडीको शिवनाथ १ का २२ वर्षिय पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका २८ वर्षीय पुरुष र कैलालीका १९, २३ र २६ वर्षीय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । उनीहरुको सेती प्रादेशिक अस्पतालमा नमुना परीक्षण गरिएको थियो ।यसैगरी बाँकेमा १३ जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालमा भएको परीक्षणमा १८ देखि ६१ उमेर समूहका पुरुषहरुम

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 483 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वास्थ्य सामग्री सहित आवश्यक सहयोगका लागि धरान उपमहानगरपालिकाको प्रदेश सरकारलाई आग्रह

    धरान । कोरोनाको संक्रमित बढ्दै गए पछि आन्तरिक स्रोत र साधनले नभ्याउने भन्दै आवश्यक सहयोग तथा समन्वयका लागि धरान उपमहानगरपालिकाले प्रदेश सरकार सहित स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ । धरान उपमहानगर क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य तथा संघीय संसदहरु मार्फत प्रदेश नम्बर १ का मुख्यमन्त्री र स्वास्थ्य मन्त्रालयलाई कोरोना संक्रमणबाट बच्न र बचाउदै आवश्यक सहयोगका लागि आग्रह गरेको हो । नगर प्रमुख तिलक राईले प्रदेश सभा सदस्य चन्द्र प्रसाद श्रेष्ठलाई आग्रह पत्र बुझाएका हुन् । पत्रमा कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारको लागि आवश्यक पर्याप्त स्वास्थ्य जनशक्ति, सुरक्षाकर्मी, स्वास्थ्

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 907 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भोजपुरका ६७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

    कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका ६७ जनाको पिसिआर रिपार्ट नेगेटिभ आएको छ । बढी मात्रामा जनसम्पर्कमा रहने स्वाथ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र केही व्यापारीहरुको रिपोर्ट नेगेटिभ देखिएको हो । कोरोना परीक्षण गरिएका हरुको स्वाब संकलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय का सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । उनीहरुको स्वाब गत मंगलबार संकलन गरिएको थियो । यसअघि जिल्लाको हतुवागढी गाउँपालिकाका एक युववमा कोरोना संक्रमण देखिएको भएपनि उनी उपचारपछि निको भएर घर फर्किसक

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 688 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रामानन्दाचार्य सेवापिठको भवनलाई क्वारेन्टाइन बनाउन बराहक्षेत्रको सिफारिस

    धरान । बराहक्षेत्र स्थित रामानन्दाचार्य सेवा पिठमा रहेको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने बराहक्षेत्र नगरपालिकाले प्रदेश सरकारलाई सिफारिस गरेको छ । सुनसरीमा पनि कोरोना संक्रमितहरु देखिन थाले पछि आउन सक्ने समस्यालाई मध्यनजर गर्दै थप क्वारेन्टाइनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले नगरपालिकाको राय मागेको थियो । नगरपालिकाको विहिबार बसेको बैठकले सेवापिठमा रहेको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने सिफारिस गरेको हो । सेवा पिठमा रहेको १ सय २८ कोठे भवन सुविधा सम्पन्न र गाउँ बस्ती देखि पनि टाढा रहेकाले उपयुक्त हुने भन्दै स्थानीयहरुले पनि क्वारेन्टाइनको रुपमा प्रयोग गर्न मा

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 838 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्लाहीका १५ सहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

    नेपालमा थप ३० जनमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमित संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएको जननएको छ । संक्रमितहरु नवलपरासी विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, निवासी १८, ३३ र ३५ वर्षीय पुरुषहरु छन् । त्यस्तै कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,140 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved