समुदाय संक्रमण जोखिमसंगै विराटनगर बजारमा कडाई गर्ने निर्णय

  • साउन ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरमा सामाजिक दूरी र स्वास्थ्य सचेतनाका मापदण्ड कार्यान्वयनको कडा अनुगमन गरिने भएको छ ।
महानगरपालिकामा आइतबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिन स्वास्थ्य सचेतना र सामाजिक दूरीमा भईरहेको हेलचेक्र्याईंलाई कडाइसाथ लागू गराउने निर्णय गरेको हो ।

मेयर भीम पराजुलीका अनुसार कार्यालयमा हुने भींडले संक्रमणको दर उच्च बढ्न सक्ने भएकोले केही समय अत्यावश्यक सेवा बाहेक सामान्य सेवाका काम बन्द गर्ने निर्णय गरेको छ । तत्कालका लागि घरनक्सा पास गर्ने, सामाजिक सुरक्षा भत्ता वितरण र कार्ड नविकरण जस्ता काम स्थगन गरिने भएको छ । महानगरका प्रमुख भीम पराजुलीले भने,“पछि हुने र गर्न सकिने सामान्य काम नगर्ने निर्णय भएको छ ।”

बजारका पसलका सञ्चालक र कामदारहरुले अनिवार्य मास्क लगाउनु पर्ने, त्यसो नगरिए पहिलो पक रु. १० लिएर मास्क दिने र फेरि दोहोर्याएको पाइए १५ दिन पसल बन्द गरिदिने निर्णय भएको पराजुलीले बताए ।

सुधार नेपालद्वारा एक ...

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै ...

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved