सशस्त्र प्रहरीका पाँच जना सहित नौ जनामा कोरोना पुष्टि

  • साउन ११, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम / इलाममा छ जना सुरक्षाकर्मी सहित नौ जनामा कोरोना पुष्टि भएको छ । त्यसमा पाँच जना सशस्त्र प्रहरी छन् भने एक जना नेपाल प्रहरीका हवल्दार रहेका छन् । क्वारेन्टाइनको सुरक्षार्थ खटिएका प्रहरीका हवल्दारलाई कोरोना संक्रमण भएको हो ।
त्यस्तै भारतबाट आएर इलाम नगरपालिकाको क्वारेन्टाइनमा बसेका इलाम नगरपालिका–६ का एक पुरुष र क्वारेन्टाइनमा खटिएका एक कर्मचारीलाई समेत कोरोना पुष्टि भएको इलाम नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले जानकारी दिइन् । त्यस्तै माइ नगरपालिका–४ का २६ वर्षको पुरुषलाई समेत कोरोनाको पुष्टि भएको स्वास्थ्य कार्यालय इलामका बिमल बरालले जानकारी दिए ।

सदरमुकाम स्थित शसस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि गणबाट नियमीत गस्ति नहुने भएको छ ।

क्वारेन्टाइनकै सुरक्षामा खटिएकाहरुलाई संक्रमण देखिएको बताए । संक्रमित सवैलाई उपचारको लागि पठाउने तयारी भइरहेको छ ।
इलामबाट सशस्त्र प्रहरीका १२ जना सहित ५६ जनाको स्वाब संकलन गरी कोरोना परिक्षणको लागि पठाइएको थियो । यसअघि इलामका २६ जनामा संक्रमण देखिएको थियो । नौ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ३५ पुगेको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved