चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएकाे आरोप अझै पनि सुधारिएन वीपी

  • श्रावण ११, २०७७
  • कोशीपत्र/संवाददाता
alt चिकित्सकको लापरवाहीको बिरामीको मृत्यु भएको भन्दै आक्रोशित बिरामीका आफन्तहरु

धरान । दक्षिण एशियाकै उत्कृष्ट मानिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको घटनाहरु नयाँ होइनन् । पटक पटक लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लागे पनि त्यसलाई सच्याउन प्रतिष्ठानको कुनै पहल देखिन्दैन् ।

बिरामीका आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको आरोप लगाई रहँदा पनि न त चिकित्सकहरुनै यस विषयमा गम्भीर बनेका छन् न त प्रतिष्ठानले कुनै सुधारका योजनाहरु अघि सारेका छन् । प्रतिष्ठानको चिकित्साकीय सेवा देशकै उत्कृष्ठ मानिन्छ । यहाँको चिकित्सकहरु दक्षिण एशियामै कहलिएका छन् तर पनि बिरामीले समयमै उपचार नपाउँदा तथा बिरामीको उपचार प्रति चिकित्सकहरु जिम्मेवारी नबन्दा बिरामीको मृत्यु हुने गरेको सेवाग्राहीहरुले आरोप लगाउने गरेका छन् ।

यसै बिच प्रतिष्ठानको सर्जरी वार्डमा उपचारमा रहेकी एक बिरामीको आइतबार मृत्यु भएको छ । उनको मृत्यु चिकित्सककै लापरवाहीका कारण भएको उनका आफन्तहरुले आरोप लगाएका छन् । धरान २ स्थित निकेतन गल्ली घर भएकी भिमसरी ल्वागुनको आइतबार बिहान मृत्यु भएको हो । उनी सर्जरी वान को बेड नम्बर १७ मा उपचार गराइरहेकी थिईन् ।
ल्वागुनको पेटको समस्या भए पछि १ हप्ता अघि देखि सर्जरीवार्डमा उपचारमा थिईन् । दिशा बन्द भए पछि अप्रेसन गर्ने तयारी रहेको थियो । पेटको आन्द्रा एकै ठाउँ टासिएकाले अप्रेसन गरेर खोल्नुपर्ने चिकित्सकले बताएका थिए ।

शनिबार साँझ अप्रेसनको समेत तयारी गरिएको थियो । अप्रेसनका लागि औषधी सहित बिल समेत काटिसकेका थिए । तर एक्कासी आइसियु खाली भएन भन्दै अप्रेसन गर्न चिकित्सकहरुले मानेनन् । सम्पुर्ण तयारी भई अप्रेसन गर्न लगे पछि आइसियु खाली छैन् भन्दै चिकित्सकले नमानेको मृतकका आफन्तले आरोप लगाएका छन् ।

बिरामीको अप्रेसन गर्न आइसियुमा पुर्याए पछि मेडिसिन वार्डमा उपचारमा रहेकी एक बिरामीलाई आकस्मीक आइसियुमा हाल्नुपर्ने भएकाले ल्वागुनको लागि आइसियु खाली नभएको चिकित्सकले बताए पछि उनलाई पुनः वार्डमै फिर्ता लगिएको थियो । चिकित्सकले आइसियु बिनानै आफ्नै रिस्कमा अप्रेसन गर्नु हुन्छ भने गर्दिन्छौं भने पछि रिस्क नलिने भन्दै वार्डमै फिर्ता लगेको बिरामीकी छोरी मिना गजमेरले बताईन् । उनले भनिन्, आमाको लागि आइसियु खाली राखेर, अप्रेसन गर्न समेत तयारी भइसकेको अवश्थामा एकै चोटि आइसियु खाली भएन भन्दै चिकित्सकले अप्रेसन गर्न मानने, आफ्नै रिस्कमा गर्नुहुन्छ भने गर्दिन्छौं भन्यो, हामीले मानेनौं, २४ घन्टामा अप्रेसन गर्नुपर्छ भनेको थियो ।’

डाक्टरहरुलाई २४ घन्टा भित्रमा अप्रेसन गरिसक्नु पर्छ भन्ने थाहाँ हुँदाहुँदै पनि अप्रेसन गर्न ढिलाई हुँदा आमाको मृत्यु भएको उनको भनाई छ । उनले भनिन्, ‘आमाको लागि खालि गरिएको आइसियु कुनै ठुलो मान्छेको सोर्समा उनलाई दिइयो, अनि अप्रेसन हुन पाएन् ।’

एका तिर अप्रेसनमा ढिलाई अर्को तिर आइतबार बिहान गलत औषधी दिएको परिवारको आरोप छ । औषधी दिएको केही बेरमा आमाको मृत्यु भएको उनीहरुले बताए । राती देखिनै आमालाई गाह्रो हुँदा पनि ड्युटीमा खटिएका डाक्टरहरुले बेवास्ता गरेको छोरी मिनाको भनाई छ । उनले भनिन्, ‘सिस्टरहरुलाई भन्दा पनि उल्टै गालि गर्यो, डाक्टरलाई बोलाईदिनु न भन्दा पनि मानेनन् ।’

बिरामीको मृत्यु भए पछि आफन्तहरुले शव बुझ्न मानेका थिएनन् । केही समय पछि चिकित्सकहरु सँग छलफल भए पछि शव बुझेका छन् । बिरामीले बमिट गर्दा श्वास नलिमा गएको हुँनाले मृत्यु भएको चिकित्सकले बताएका छन् । विगत ४÷५ दिन प्रयोग गरिरहेको बमिट रोक्ने दबाई नै आज पनि दिइएको उनीहरुले बताएका छन् । अप्रेसन गर्न लगिसकेको अवश्थामा आइसियु खाली नभएकाले अप्रेशन गर्न नसकिएको चिकित्सकले स्वीकार गरेका छन् । कुनै बिरामीलाई आकस्मीक दिनुपर्ने भएकाले आइसियु खाली नरहेकाले अप्रेसन गर्न नसकेको मृत्तकका परिवारलाई चिकित्सकले स्पष्ट पारेका थिए ।

 

 

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved