स्वास्थ्य

    Showing 2,091-2,100 of 2,528 items.
  • एक साता लम्बियो धरानमा लकडाउन

    धरान । कोरोनाको संक्रमण बढ्दै गए पछि धरान उपमहानगरपालिकाले थप १ साता लकडाउन घोषणा गरेको छ । आज बसेको नगरपालिका बैठकले भदौ ३ गते सम्म लकडाउन गर्ने निर्णय गरेको हो । यसअघिको साउन २२ गतेदेखिको लकडाउनको समय आज मध्यराती १२ बजे सकिदैछ। यस्तै, बाहिरी नाकाबाट आउन खाद्यान्न, तरकारी, दुधलाई रोक्ने निर्णय गरेपनि आन्तरिक उत्पादनलाई भने सहजीकरण गर्ने निर्णय भएको कार्यपालिका सदस्य तथा वडा नम्बर १७ का अध्यक्ष मनोज भट्टराईले बताए । धरान बाहिरबाट दुध, तरकारी आउन नदिने तर धरानभित्रैको उत्पादनलाई सहजीकरण गर्ने निर्णय भएको उनले बताए । उनले भने,‘धरानको विष्णुपादुका, पाँचकन्या, बसन्तटारको दुध, सब्जी सहजीकरण

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 1,491 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशसभा सांसद श्रेष्ठमा कोरोना संक्रमण पुष्टि

    विराटनगर । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाकी सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । स्वाब परीक्षणको रिर्पोट आएपछि बुधबार श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको हो ।सांसद श्रेष्ठका अनुसार ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि चेकजाँच गर्दा कोरोना पोजेटिभ आएको बताइन । अहिले स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिएकी छन् । यसअघि प्रदेश १ का न्यायाधीवक्ता चुणामणी आचार्यलाई कोरोना संक्रमण देखिएको थियो । परिवारसहित उनी आईसोलेसनमा छन् ।सांसद श्रेष्ठले सामाजिक संजालमा स्टाटस लेख्दै एक सातादेखि आफूँसंग सम्पर्कमा आएका व्यक्तिहरुलाई सावधान रहन र आवश्यक परे स्वास्थ्य परीक्षण

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 716 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एनवी बैँकद्धारा स्वास्थ्य सुरक्षा सामाग्रि प्रदान

    भेडेटार । नेपाल बंगलादेश बैँक लिमिटेड साँगुरीगढी  शाखाले सागुरीगढी गाँउपालिका र इलाका प्रहरी कार्यालय भेडेटारलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।  बैँकका शाखा प्रमुख विनम श्रेष्ठका अनुसार सागुरीगढी गाउपालिकालाई पहिलो चरणमा ८ थान फेस सिल्ड र ८ थान एन ९५ मास्क उपलब्ध गराइएको बताए ।गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यबहादुर भण्डारीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको श्रेष्ठले जानकारी दिए । यसको उपयोगिता र प्रभाबकारीकालाई हेरेर पुनः सहयोग गर्न सकिने उनले जानकारी दिए । त्यसैगरि इलाका प्रहरी कार्यालय भेडेटारमा पनि बैकले पहिलो चरणमा १६ थान फेस सिल्ड र ८ थान एन ९५ मास्क उपल

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1,942 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुहवीमा थप ७ जनामा कोरोना संक्रमण

    दुहबी / सावन २७। सुनसरीको दुहवीमा फेरी ७ जनामा कोरोना (कोभिड–१९) संक्रमित पुष्टि भएको छ । दुहवी नगरपालिकाका वडा नं. ६ का ४ जना , वार्ड नं. ९ का १ जना, वार्ड नं. १० का १ जना, वार्ड नं. १२ का १ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हाल उनिहरुको स्वस्थ्य अवस्था समान्य रहेको र चाडै नै आसोलेसनमा लैजाने तयारी भईरहेको दुहवी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विन्देशर प्रसाद महतोले बताए । दुहवी नगरपालिकाले स्वाब संकलन गरी स्वाब परिक्षणको लागि धरान स्थित विपी कोईरालामा पठाएका १०२ जनाको परिक्षण गर्दा हिजो ४४ जना तथा आज बिहान २८ जनाको रिपोर्ट नेगेटीभ आएको र अहिले ७ जनाको रिपोर्ट पोजेटीभ

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 812 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको विपीबाट ४ जना डिस्चार्ज

    धरान /  धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ४ जना प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा हाल जम्मा १ सय २ जना संक्रमित उपचाररत छन् भने २ सय ९६ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । सय हाल सम्म प्रतिष्ठानमा २० हजार १७५ पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा ३ जना नयाँ भर्ति भएका छन् ।

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 852 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपीका उपकुलपतिको कक्षमा तालाबन्दी

    धरान । पछिल्लो समय धरानमा सामुदाय स्तरमै कोरोनाको संक्रमण फैलिन थालिसकेको छ । अस्पतालकै चिकित्सकहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको महामारीको जोखिम फैलिदै गएको अवश्थामा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख पदाधिकारीहरु सिनेट बैठकका लागि काठमाण्डौ गए पछि धरानका युवा तथा विद्यार्थीहरुले विरोध जनाएका छन् । कोरोनाको महामारी फैलिदै गएको अवश्थामा स्वास्थ्य सेवालाई व्यवस्थित गर्न छाडेर प्रतिष्ठानका मुख्य पदाधिकारीहरुहरु सिनेट बैठकमा सहभागि हुन काठमाण्डौ गए पछि विरोध जनाउँदै उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरिएको छ । संक्रमणको विरुद्धमा स

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 877 पटक पढिएको
    • "दिनेश गजमेर"
  • थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि,१ सय ७१ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ श्रावण २७ मंगलबार / आज थप ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २३ हजार ९ सय ४८  जना  पुगेको छ । नेपालमा मृतकको संख्या  ८० जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप  १ सय ७१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १६ हजार ६ सय ६४ जना  जना रहेका छन् ।

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 627 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा एकैदिन ९८ कोरोना संक्रमित थपिए

    विराटनगर, २७ साउन । प्रदेश नं. १ मा आज ९८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च संख्या हो । मोरंग ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा मात्र आज ५० जनामा संक्रमण देखिएको छ । विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरंगको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरीको दुहवीमा २ महिला ५ पुरुष, धरानमा २ महिला २ पुरुष, देवानगञ्जमा ३ पुरुष, हरिनगर र इनरुवामा १–१ पुरुष, सुनसरीको स्थानीय तह नखुलेका १ महिला १ पुरुष , उदयपुरको वेलकामा ४ पुरुष ३ महिला, त्रियु

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 979 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिकित्सककै लापरबाही ले बिपिमा कोरोना फैलियो, ओपिडी सेवा बुधबार देखि बन्द

     धरान । चिकित्सककै लापरबाहीका कारण धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान भित्रै कोरोना संक्रमण फैलिन थाले पछि प्रतिष्ठानले ओपिडी सेवा बन्द गर्ने सुचना जारी गरेको छ । केही दिन अघि प्रतिष्ठानका दुई जना चिकित्सकमा कोरोना संक्रमण देखिएका मध्ये इएनटिका चिकित्सकको परिवारका ३ जनामा कोरोना संक्रमण पुष्टि भए पछि ओपिडी सेवा बन्द गरेको हो । बुधबार देखि लागू हुने गरि अर्को सुचना जारी नभए सम्मका लागि ओपोडी सेवा बन्द रहने जनाएको छ । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास साह द्वारा हस्ताक्षरीत सुचनामा कोरोना संक्रमण फैलन नदिन र रोकथाम तथा नियन्त्रणका लागी ओपिडी सेवा बन्द गरीने उल

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1,265 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमितको आत्मबिश्वास बढ्दै, सतर्कता अपनाउन सुझाब

    इटहरी । कोरोना संक्रमण देखिएपनी लक्षण नदेखिएका स्थानियको दैनिकीनै परिवर्तन भएको छ । कोरोना पुष्टि भए पनि लक्षण नदेखिएका ले घरमै गुप्तबास बसेका छन् । संक्रमण पुस्टि भए पनि लक्षण नदेखिए कुनै खतरा नहुने थाहा पाए पछि संक्रमण भए पनि चिन्तामुक्त छन् । इटहरी ४ का एक संक्रमीत भन्छन् , `दिनमा एक पटक इटहरी अस्पतालका चिकित्सक संग भिडियो कल मार्फत स्वास्थ्य सम्बन्धित परामर्ष लिने गरेको छु, अहिले आफु कोरोना संक्रमित छु जस्तो लागेको छैन । संक्रमण देखिना साथ अस्पताल जाने तयारी गरेपनि घरमै सुरक्षा सतर्कता अपनाएर बसे सुरक्षित रहने जानकारी पाए घरकै एक कोठालाइ आइसोलेसन बनाएर बसेका छन । लक्षण बिनाको संक्रमण त्यत

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 938 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved