कोरोना नियन्त्रणमा वीपीमा अन्तरक्रिया सम्पन्न

  • भदौ ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोभिड १९ को जोखिम बढीरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलको उपस्थितीमा सोमबार वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको आयोजनामा कोभिड १९ व्यवस्थापनको विषयमा अन्तरकृया भएको छ ।

प्रतिष्ठानको अडिटोरियम हलमा भएको कार्यक्रममा प्रतिष्ठानले कोरोना संक्रमित जटिल प्रकृतिको विरामीको उपचारमा कसरी समन्वयकारी भुमिका खेल्ने विषयमा छलफल भएको थियो । अन्तर प्रदेश र अन्तर जिल्लाका विरामीहरूको लागी सकेसम्म जुन जिल्ला हो सम्भव भएसम्म त्यही उपचारको प्रयास गर्ने तर जटिल विरामीहरूलाई वीपी प्रतिष्ठानमा भर्ना गरिरहेको रजिष्टार्ड प्रा.डा. मोहन चन्द्र रेग्मीले बताए ।

उनले भने, ‘हामीले यसको व्यवस्थापनका लागी अन्तर जिल्ला समन्वय अन्तरगत सुनसरीको प्रजिअ तथा अन्य जिल्लाको प्रजिअ र मेयरको समन्वयमा मात्र विरामी रिफर गर्ने संयन्त्रणको निर्माण गरेका छौ ।’ हाल स्थानिय सरकारले बनाउँदै गरेको आइसोलेसन सेन्टरहरूमा प्रतिष्ठानको टेलिमेडिसिन सर्भिसको लिङ्क गरी प्रतिष्ठानको स्वामित्व तथा उपचारको प्रोटोकलमा सहयोग गर्न सकिने बाटो खुलेको समेत उनले बताए ।

स्थानीय सरकारले राहत वितरण, उपचार देखि लिएर विरामीको मृत्युपछीको दाहसंस्कारको समेत काम गरिरहेको धरानका मेयर तिलक राईले बताए । यसको लागी प्रतिष्ठानमा पहुँच र जवाफदेहिता हुनुपर्ने उनले बताए । उनले भने, ‘मेन गेटमा सहि तरिकाले स्कृनिङ गर्नुपर्ने देखिन्छ, अहिले विरामी मात्र नभएर कुरूवा समेतमा कोरोना भेटिन थालेको अवस्थामा कुरूवाबाट धेरै ठाँउ संक्रमण फैलने चुनौती छ, यसको विषयमा समेत ध्यान दिनुपर्ने देखिन्छ ।’ अहिलेको अवस्थामा एम्बुलेन्स चालक, स्काभेटर चालकलाई हारगुहार गर्दा बल्ल शव व्यवस्थापनको प्रकृया मिलाएको उनले बताए । शवलाई बडी ब्यागमा राखेर तयारी गर्नका लागी प्रतिष्ठानले टिम बनाउनुपर्ने राईले सुझाव दिए ।

कोरोना संक्रमितको मृत्युदर बढेको विषयमा समेत ध्यान पुर्याउन जरूरी देखिएको मेयर राईले बताए । फोहोर मैला व्यवस्थापन साथै पिसिआर टेष्टलाई कसरी गुणात्मक रूपमा बढाउन सकिने लगायतको विषयमा ध्यान दिनका लागी समेत मेयर राईले सुझाव दिएका थिए । प्रतिष्ठानमा भए गरेको जानकारी स्थानिय सरकारमा नियमित आओस, प्रतिष्ठाको कुन पदाधिकारी संग सम्पर्क गर्दा पूर्ण जवाफ पाउने उक्त जवाफदेहिता होस भनि आग्रह समेत गरेका थिए ।

अबको दिनमा क्वारेन्टिन भन्दा पनि आइसोलेसनमा जोड दिनुपर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलले बताएका छन । वीपी प्रतिष्ठानले आइसोलेसनको मोनिटर गर्न जरूरी रहेको उनले बताए । ‘प्रतिष्ठानको जनशक्ति, टेलिमेडिसिन सेवा र मनिटरिङ सुनसरीको ६ वटा नै आइसोलेसन सेन्टरमा गरिदिए सहज हुनेछ ।’ उनले भने, ‘प्रतिष्ठानको कोभिड अस्पतालको क्षमता समेत बढाउनु पर्ने अवस्था देखिएको छ ।’ प्रतिष्ठानको पदाधिकारीहरूले फ्रन्टलाइनमा खट्ने जनशक्तिहरू संग नियमित समन्वय गर्नुपर्ने देखिएको समेत उनले बताए ।

कोरोनाको महामारी एउटा सिकाई भएको प्रतिष्ठानको उपकुलपती प्रा. डा. ज्ञानेन्द्र गिरीले बताए । ‘यो एउटा यस्तो युद्धको रूपमा आएको हो, नयाँ चिज संग जुध्दा गल्ती भएको छ र यसबाट नै सिक्ने हो । यस गल्तीबाट नै सिक्दै सेवालाई गुणस्तर युक्त बनाउने भन्ने सिकाई दैनिक रूपमा भएको छ ।’ उनले भने, ‘उपचारको क्रममा व्यवस्थापकिय केही कमी कमजोरी भएको हो ।’
सुरूवाद देखि हालसम्म २ सय ४० बेडको आइसोलेसन तयार गरेका उपकुलपती गिरीले बताए । ‘हामीले सुरू देखि अहिले सम्म आइसोलेसन १, आइसोलेसन २ र कोभिड अस्पताल सुरू गर्याै ।

मेची देखि महाकालीसम्म सरकारी स्वामित्वमा रहेको कुनै पनि डेडिकेटेड कोभिड अस्पताल हाम्रो जति इक्युपड छैन ।’ उनले भने, ‘अहिले सम्म करिब ४ सय विरामी उपचार गरेकोमा मृत्युदर १.२५ प्रतिशत मात्र रहेको छ । संसारमा ३ देखि ५ प्रतिशतको मृत्युदर रहेको छ ।’ हालसम्म ३१ हजार पिसिआर टेष्ट, ४० को संख्यामा सिकिस्त विरामी रहेको उपकुलपती गिरीले बताए ।

 

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved