झापा/ भारतबाट अवैधरूपमा लागुऔषध भित्र्याउने प्रयास गर्दै गरेका एक युवकलाई झापाको काँकरभिट्टाबाट प्रहरीले ठूलो परिमाणको खैरो हिरोइनसहित पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले आइतबार दिउँसो मेचीनगर नगरपालिका–६ स्थित मेचिडाँडामा शंकास्पद अवस्थामा नेपालतर्फ पैदल आउँदै गरेका काठमाडौँको शंखरापुर नगरपालिका–८ निवासी ३२ वर्षीय रोशन कार्कीलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार भारतबाट मेची खोलाको बाटो हुँदै नेपाल प्रवेश गरिरहेका कार्कीमाथि शंका लागेपछि शरीर तथा सामान जाँच गरिएको थियो। जाँचका क्रममा उनले लगाएको ब
धरान/ लगातार तीन दिनको सार्वजनिक बिदापछि सोमबार उपचारका लागि आउने विरामीको संख्या उल्लेख्य रूपमा बढ्ने अनुमान गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपीडी सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विशेष तयारी गरेको छ। विरामीको चापलाई मध्यनजर गर्दै प्रतिष्ठानले थप ओपीडी पुर्जा वितरण काउन्टर सञ्चालन गर्ने निर्णय गरेको हो। प्रतिष्ठानका अनुसार पछिल्ला केही सातायता उपचारका लागि आउने सेवाग्राहीको संख्या निरन्तर बढिरहेको छ। त्यसमा पनि लगातार तीन दिनको बिदापछि सोमबार एकैदिन हजारौं विरामी उपचारका लागि आउने अनुमान गरिएकाले सेवा प्रवाहलाई सहज, छिटो र व्यवस्थित बनाउन आवश्यक तयारी पूरा गरिएक
काठमाडौँ/ नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य सुधारोन्मुख देखिएको छ । चार दिनदेखि अस्वस्थ रहँदै आएका प्रचण्डलाई शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए । रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण चिकित्सकहरूको सल्लाहमा उनलाई अस्पताल भर्ना गरिएको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका थिए । चिकित्सकहरूले अहिले भेटघाट नगर्न सल्लाह दिएका दिएका थिए । आइतबार प्रचण्डलाई भेट्न पुगेका नेकपाका नेता रामप्रसाद सापकोटा दीपशिखाले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए । सोमबारसम्म
झापा/ झापाको दमक नगरपालिका–१० स्थित सेतुमाडी क्षेत्रमा रहेको रतुवाखोलाको पुलमुनि बगिरहेको पानीमा एक अज्ञात महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शव २/३ दिनअघिदेखि पानीमा रहेको अनुमान गरिएको छ। शनिबार बिहान करिब ११ बजे फेला परेको शव रातो भेष्ट लगाएकी महिलाको रहेको प्रहरीले जनाएको छ। शव सेतो प्लास्टिकको बोराभित्र बेरेको अवस्थामा पानीमा तैरिरहेको भेटिएपछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको अनुसन्धान टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ। प्रहरीका अनुसार मृतक महिलाको हालसम्म पहिचान खुल्न सकेको छैन। शवको पेटको भाग करिब ३०–३२ इन्च जति रहेको र बायाँ हातमा
झापा/ झापामा शुक्रबार साँझ तीन फरक घटनाले सनसनी मच्चाएको छ। एकातिर सडक छेउमा अज्ञात पुरुषको शव फेला परेको छ भने दुर्घटनामा घाइते भएका एक पैदलयात्रीको उपचारकै क्रममा मृत्यु भएको छ। अर्कोतर्फ पुरानो रिसइबीका कारण दाउ प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। राजमार्गबाट तल अज्ञात पुरुषको शव फेला मेचीनगर नगरपालिका–८ जोरसिमलस्थित महेन्द्र राजमार्गबाट करिब ५० मिटर तल अन्दाजी ३५–४० वर्षका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक मेच
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ आदर्शनगरस्थित अमरहाट क्षेत्रमा प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। मिति २०८३ जेठ १५ गते दिउँसो करिब १२ः३० बजे अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका धरान–१३ निवासी २८ वर्षीय आदित्य बि.क.लाई शंका लागेर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा उनको साथबाट लागूऔषध ब्राउन सुगर पदार्थ १ दशमलव १९ ग्राम फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका आदित्यलाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झापा/ झापाको गौरादह नगरपालिका–७ फगेटीमा बुधबार साँझ हृदयविदारक सवारी दुर्घटना भएको छ। सजग एकता बोर्डिङ स्कुलको बसबाट घर झार्ने क्रममा सोही बसले किच्दा ४ वर्षीय आरोग्य चिमरिया घटनास्थलमै मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार को १ ख ६९४० नम्बरको स्कुल बसले बालकलाई घर पुर्याएर ओराल्ने क्रममा दुर्घटना भएको हो। मृतक आरोग्य गौरादह–७ निवासी खड्ग चिमरियाका छोरा हुन् र सोही विद्यालयमा अध्ययनरत थिए। दुर्घटनापछि बस र चालक ५७ वर्षीय लालबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिएको छ। शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्र
झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–४ अमरबस्तीमा एक वृद्धको अचानक लडेर मृत्यु भएको छ। साेमबार राति करिब ९:०० बजे स्थानीय ६७ वर्षीय खेम बहादुर राना मगर आफ्नै घरमा मुढामाथि बसिरहेको अवस्थामा अचानक लडेर बेहोस भएका थिए। तत्काल उपचारका लागि भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल पुर्याइए पनि चिकित्सकले राति ९:५६ बजे मृत घोषणा गरेका हुन्। भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धुलाबारी बाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहे
दमक/ झापाको दमक नगरपालिका–५ मा अवैध लागूऔषध ब्राउन सुगर कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक–५ निवासी २३ वर्षीय तुलसी माझी र ३० वर्षीय राज माझी रहेका छन्। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आइतबार राति करिब १० बजे तुलसी माझीको डेरा कोठामा छापा मार्दा प्लाष्टिकमा स–साना पोका बनाएर राखिएको ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो। प्रहरीले घटनास्थलबाट नगद नेपाली रु. ५६ हजार ६ सय, भारतीय रु. १ हजार १ सय तथा दुई थान मोबाइल समेत बरामद गरेको जनाएको छ। प्रारम्भिक सोधपुछका क्रममा तुलसीले लागूऔषध बिक्रीमा राज माझीको समेत
उदयपुर/ उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खाना खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन् भने एक जनाको अवस्था गम्भीर बनेको छ। स्थानीयका अनुसार २३ वर्षीया हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी तथा नन्दहरू १४ वर्षीया यशोदा र ९ वर्षीया यासिका बुढाथोकी शनिबार राति घरमा पकाइएको मुसुरोको दालसहितको खाना खाएपछि अचानक बिरामी परेका हुन्। खाना खाएलगत्तै उनीहरूमा बान्ता हुने र बेहोस हुनेजस्ता लक्षण देखिएपछि आफन्त र छिमेकीले तत्काल जिल्ला अस्पताल उदयपुर पुर्याएका थिए। अस्पतालका अनुसार तीन जना उपचारपछि घर फर्किएका छन् भने हेमा बुढाथोकीको अवस्था चि