स्वास्थ्य

    Showing ११-२० of २,६०७ items.
  • बराहक्षेत्रमा लागूऔषधसहित अनुश मगर पक्राउ, मोटरसाइकल चालक फरार

     सुनसरी/  सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। बिहीबार दिउँसो ३ः४० बजे कान्छीचोकबाट उदयपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प २५९३ नम्बरको मोटरसाइकललाई शंका लागेर रोक्न खोज्दा चालक मोटरसाइकल छाडेर फरार भएका थिए। मोटरसाइकलको पछाडि सवार बराहक्षेत्रकै ३० वर्षीय अनुश मगरलाई प्रहरीले खानतलासी गर्दा डाइसाइक्लोमिन (Dicyclomine) १ हजार ३ सय ९० ट्याब्लेट र ट्रामाडोल (Tramadol) १ हजार ३ सय ९० क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी चौकी नडाहाबाट संय

    • प्रकाशित मितिः असोज २३, २०८३
    • ३३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागूऔषधसहित सुनसरीबाट चार पक्राउ

    सुनसरी/ सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–१९ अमाहा चोकबाट प्रहरीले ०।५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट लागूऔषध नियन्त्रणका लागि परिचालित प्रहरी टोली (पीआईटी) र प्रहरी चौकी तरहराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पकलीबाट अमाहातर्फ आउँदै गरेको प्रदेश १–०४–००१ प २७९० नम्बरको स्कुटर रोकेर जाँच गर्ने क्रममा इटहरी–१९ पटेरुवा बस्ने १९ वर्षीय अमन चौधरीलाई पक्राउ गरेको हो । त्यसैगरी, बराहक्षेत्र नगरपालिका–३

    • प्रकाशित मितिः असोज २२, २०८३
    • ५४६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा खेल्ने क्रममा छतबाट खसेका १० महिनाका बालकको मृत्यु

    धरान/ धरान–१५ दन्तकाली चोकमा घरको छतबाट खसेर गम्भीर घाइते भएका १० महिनाका बालकको उपचारका क्रममा मृत्यु भएको छ। स्थानीय गौतम श्रेष्ठका १० महिनाका छोरा साइरभ श्रेष्ठ बुधबार दिउँसो करिब ३ः३० बजे घरको एकतले छतमा खेल्ने क्रममा अचानक छतबाट खसेर गम्भीर घाइते भएका थिए। छतबाट खसेपछि तत्काल उपचारका लागि दिउँसो ३ः५० बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) लगिएको थियो। बालकको अवस्था गम्भीर भएपछि प्रतिष्ठानले थप उपचारका लागि साँझ ४ः३५ बजे विराटनगरस्थित न्यूरो अस्पताल रेफर गरेको थियो। न्यूरो अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण तथ

    • प्रकाशित मितिः असोज २२, २०८३
    • ८८५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यार्थी बस्ने डेराबाट १०१ ग्राम ब्राउन सुगर बरामद, भारतीय नागरिकसहित तीन पक्राउ

    विराटनगर/ विद्यार्थी बस्ने डेरा लामो समयदेखि लागूऔषध कारोबारको अखडा बनेको खुलेको छ। विराटनगर–११ मा भाडामा लिइएका दुई कोठामा छापा मार्दा प्रहरीले साबुन राख्ने डब्बाभित्र लुकाइएको १०१ ग्राम ५३० मिलिग्राम खैरो हेरोइन (ब्राउन सुगर) बरामद गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा बुधबार दिउँसो घरमा खानतलासी गर्दा ठूलो परिमाणमा ब्राउन सुगर फेला पारेको हो। घटनामा भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको अररिया जिल्ला नरपतगञ्जका २३ वर्षीय रिजवान अहमद इदरीशी, सुनसरीको देवानगञ्ज गाउँपालिका–२

    • प्रकाशित मितिः असोज २२, २०८३
    • १७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका अमित ३४१ किलो गाँजासहित धनकुटामा पक्राउ, स्कार्पियो १५ मिटर तल खसेपछि खुल्यो रहस्य

    धरान/ धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा स्कार्पियो दुर्घटना हुँदा ठूलो परिमाणमा गाँजा बरामद भएको छ। घटनामा धरान–१० बस्ने ३९ वर्षीय अमित विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति करिब ११ः५५ बजे ढुङ्गेबाट भेडेटारतर्फ आउँदै गरेको बा १३ च ६२७५ नम्बरको स्कार्पियो भेडेटारस्थित स्काईवाक नजिकैको भित्री सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी नायब निरीक्षक भीमबहादुर श्रेष्ठको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनाग्रस्त स्कार्पियोभित्र बोरामा प्याक गरेर राखिएको ३४१ किलोग्राम गाँज

    • प्रकाशित मितिः असोज २१, २०८३
    • ७५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ट्रामोल र डिकोलिकसहित तीन जना पक्राउ

    धरान/ धरान–१७ स्थित एन्फा एकेडेमी जाने बाटोबाट ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले मंगलबार राति करिब १०ः१० बजे लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट संयुक्त टोली परिचालन गरेको थियो। शंका लागेर चेकजाँच गर्ने क्रममा धरान–४ का २७ वर्षीय अर्जुन श्रेष्ठ, धरान–७ का ३६ वर्षीय दिपक मगर र धरान–१५ का ३४ वर्षीय बाबुराम बयलकोटीको साथबाट ट्रामोल ८ सय क्याप्सुल र डिकोलिक ८ सय ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ। लागूऔषधसहित पक्राउ परेका तीनै जनालाई इ

    • प्रकाशित मितिः असोज २१, २०८३
    • ७६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डाइस खेल्दै गरेका चार जना पक्राउ, १८ हजार बढी नगद बरामद

    झापा/ झापाको मेचीनगरमा जुवाजन्य खेल डाइस (लंगुरबुर्जा) खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मेचीनगर नगरपालिका–८ इटाभट्टाचोकमा डाइस खेलाइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र अस्थायी प्रहरी पोष्ट इटाभट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको साथबाट नेपाली नगद १८ हजार ५० रुपैयाँ, भारतीय रुपैयाँ २०० र डाइस बरामद गरेको जनाएको छ। पक्राउ पर्नेमा मेचीनगर–६ का चेतबहादुर लिम्बु र दीपक चौधरी, मेचीनगर–५ का सनम तामाङ तथा मेचीनगर–७ का जुगल भुजेल रहेका छन्। पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान

    • प्रकाशित मितिः असोज २०, २०८३
    • ६२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान जुनियर जेसीजको तीन दिने विपद् व्यवस्थापन तालिम सम्पन्न

    धरान/ धरान जुनियर जेसीजको आयोजनामा तीन दिने बृहत् विपद् व्यवस्थापन तालिम सम्पन्न भएको छ। स्थानीय युवा तथा विद्यार्थीलाई विपद्का बेला उद्धार, प्राथमिक उपचार तथा पूर्वतयारीमा सक्षम बनाउने उद्देश्यले असोज १६ गतेदेखि १८ गतेसम्म तालिम सञ्चालन गरिएको हो। सशस्त्र प्रहरी बल धरान बेस क्याम्पको प्राविधिक सहयोगमा सञ्चालित तालिममा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) युकेश उप्रेती मुख्य प्रशिक्षकका रूपमा सहभागी थिए। उनलाई सशस्त्र प्रहरी बल चतरा बेस क्याम्पका इन्स्पेक्टर मेघराज राउत नेतृत्वको टोलीले सहयोग गरेको थियो। तालिममा आगलागी नियन्त्रण, भूकम्पपछि खोज तथा उद्धार, प्राथमिक उपचार, पौडी तथा लाइफगार्

    • प्रकाशित मितिः असोज १९, २०८३
    • १३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका दुई युवक विराटनगरमा खैरो हेरोइनसहित पक्राउ

    धरान/ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धरानका दुई युवक लागूऔषध खैरो हेरोइनसहित विराटनगरमा पक्राउ परेका छन्। मोरङको विराटनगर महानगरपालिका–१६ स्थित दरैया चोकमा इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–९ का ३३ वर्षीय नरेश खडगी र ३५ वर्षीय कृष्णा राई रहेका छन्। चेकजाँचका क्रममा कृष्णा राईको साथबाट ४.४७ ग्राम खैरो हेरोइन लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको प्रहरी

    • प्रकाशित मितिः असोज १९, २०८३
    • ४४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगर सहित ३२ वर्षीय विमलराज पक्राउ

    धरान/सुनसरीको धरानमा लागूऔषध ब्राउन सुगर सहित एक युवक पक्राउ परेका छन्। आईतबार साझ धरान उपमहानगरपालिका–८ स्थित फलामे पुलबाट ३२ वर्षीय विमलराज धामीलाई प्रहरीले पक्राउ गरेको हो। लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले धामीलाई शंका लागेर खानतलासी गर्दा २.८१ ग्राम ब्राउन सुगर फेला पारेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त पदार्थसहित धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज १९, २०८३
    • ५७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved