विराटनगर, १५ भदौ । प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरंगमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ६ महिला १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिला, मोरङको विराटनगरमा ५ महिला ६ पुरुष, लेटाङमा १ महिला ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारीका १ महिला ८ पुरुष, झापाको कमलगाउँपालिकामा २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३
इटहरी । कोरोना संक्रमणको जोखिम पुरै शहर बजार बन्द छ । आम नागरिकहरु मा अभाव बढदै गएको छ । यस्तो अवस्थामा सहयोगी भित्ता अभाबमा रहेका नागरिकलाइ सहयोग प्रदान गर्न तल्लिन रहेको छ । मुख्य राजमार्ग संगै जोडीएको इटहरी स्थित रेयुकाइ चौतारी भित्र एउटा सानो छाप्रोमा रहेको छ, सहयोगी भित्ता । झट्ट हेर्दा सामान्य र सानो कटेज जस्तो देखिएपनि यो मनकारी हृदय भएका ब्याक्तिहरूले निस्वार्थ रूपमा सेवा गर्नका लागि स्थापना गरिएको एक संस्था हो । २०७६ साल साउन १४ गते स्थापना भएको यो संस्थाले जनताको सेवाका लागि भनेर समर्पित संस्था मानिदै आएको सहयोगि भित्ता स्थापनाको छोटो समयमै चर्चित रहेको छ । `हुनेले दिएर जाउ,
धरान । कोरोनाको जोखिम बढ्दै गएको अवश्थामा पनि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले पिसिआर रिपोर्ट आउनु अगावै एक बिरामीको शल्यक्रिया गरेर ज्यान बचाएका छन् । प्रतिष्ठानको युरोलोजि विभागले प्रोस्टेडको समस्या भएका मोरङका ७८ वर्षिय वृद्धको शल्यक्रिया गरेर उनको ज्यान बचाएका हुन् । युरोलोजी विभागका डा. सुधिर सिंहको टोलिले उनको शल्यक्रिया गरेका थिए । कोरोनाको जोखिम बढ्दै गए पछि अस्पतालमा आउने बिरामीको पिसिआर रिपोर्ट आए पछि मात्रै थप उपचार गर्ने गरिन्छ, तर प्रोस्टेडको समस्या लिएर आएका बिरामीको ७ घण्टा देखि पिसाब रोकिएका कारण रिपोर्ट आउनु अगावै नै शल्यक्रिया गरेको थियो । शल
विराटनगर । प्रदेश १ को राजधान विराटनगरमा निजी क्षेत्रबाट आईसियू र भेन्टिलेटर सुविधासहितको अस्पताल संचालनमा आएको छ । महेन्द्र चौक नजिकै ४२ शैयाको जनरल वार्ड, ७ शैयाको आइसियु र २ भेन्टिलेटरसहितको कोभिड अस्पताल संचालनमा ल्याइएको हो । यसको उद्घाटन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका छन । सरकारले संचालन गरेका अस्पतालहरुमा बिरामीको चाप थेगिनसक्नु भईरहँदा निजीक्षेत्रबाट संचालनमा ल्याइएको अस्पतालबाट थप सेवा प्राप्त हुने अपेक्षा गरिएको छ । सामाजिक विकास मन्त्री घिमिरेले निजीस्तरबाट समेत सेवा शुरु हुनु सकारात्मक भएको बताए । विराटनगरमा झण्डै दुई दशकदेखि संचालनमा रहेको न्यूरो कार्डियो
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ९ रंगशालामा निर्माणाधीन सय वेडको आइसोलेसन भवनको निर्माणलाई तिव्रता दिएको छ । सोमवार उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख,शशस्त्र र नेपाली सेनाका प्रतिनिधि, उद्योग वाणिज्य संघ समेतको उपस्थितिमा वसेको वैठकले इटहरी ९ रंगशालामा निर्माण भइरहेको आइसोलेसनलाई चाडै संचालनमा ल्याउने गरि काम गरिने निर्णय गरेको छ । इटहरीमा संक्रमित वढदै गएकाले लक्षण नदेखिएका संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन निर्माण थालिएको हो । आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको छ । खानेपानी, विद्युत लगायतका विभिन्न
धरान । कोरोना संक्रमणबाट धरानमा आज थप ८ जनामा संक्रमीत देखिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कमा स्वाब सङ्कलन गरिएकाहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । संक्रमित पुष्टि हुनेमा धरान ५ का ३६ बर्षीया महिला, धरान १८ का ४ जना महिला सहित १ जना पुरुष रहेका छन् । यसै गरी धरान १० का २२ वर्षीय पुरुष र धरान १२ का १७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितहरूको अहिले धमाधम विवरण लिने काम भइरहेको मेहेताले बताए ।
इलाम कोरोना संक्रमण संग मिल्ने लक्षण भएका एक बिरामीको मृत्यु भएको छ । सन्दकपुर गाउँपालिकाका एक बिरामी स्वासप्रस्वासमा समस्या आएर ज्वरो आएपछि इलाम सदरमुकाम स्थित इलाम एपोलो हस्पिटलमा आइतबार विहान भर्ना भएका थिए । शरिरमा अक्सिजनको मात्रा कम देखिएका उनलाई भेन्टिलेटरको आवश्यकता पर्ने भएकाले बिर्तामोड रेफर गरिएको अस्पतालका प्रवन्ध सञ्चालक प्रकाश चापागाईले बताए । विर्तामोड लैजादा लैजादै गोदकमा पुगेपछि उनको मृत्यु भएको बताइएको छ । अस्पतालमा आएका शंकास्पद बिरामीको मृत्यु भएपछि इलाम एपोलो अस्पतालले सेवा रोकेको छ । उपचारमा संलग्न चिकित्सकहरुलाई समेत आइसोलेसनमा राखिएको चापागाईले बताए । यता इलाम अ
धरान । सुरक्षामा खटिएका नेपाली सेनामा पनि धरानमा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १३ फुस्रेस्थित आर्मी क्याम्पमा रहेका १२ जना सैनिकहरुमा कोरोना संक्रमण पुष्टि भए सँगै धरानमा एकै दिन १९ जनामा कोरोना पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार गत शुक्रबार आर्मी क्याम्पका १४ जना सैनिकहरुको स्वाब परिक्षण गरिएको थियो । जस मध्ये १२ जनाको रिपोर्ट पोजिटिभ आएको छ । उनीहरुलाई मोरङको याङशिलामा रहेको सेनाको आइसोलेसनमा पठाउने तयारी भएको उनले बताए । आइतबार बिहान आएको रिपोर्टमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने दिउँसो आएको रिपोर्टमा धरान १२ चतरालाइनकी ७
धरान । एकै परिवारका दुई जनाको मृत्यु भए पछि धरान उपमहानगरपालिकाको वडा नम्बर १७ पुर्ण रुपमा सिल गरिएको छ । समुदाय स्तरमै फैलिएको कोरोनाले आइतबार बिहान धरान १७ का एकै परिवारका आमा र छोराको मृत्यु भएको थियो । एक हप्ता देखि कोरोनाको लक्षण देखिए पनि उनीहरु अस्पताल गएका थिएनन्, त्यसैले पनि धरान १७ पुर्ण रुपमा जोखम वडा बनेको छ । शनिबार आमा छोरालाई नै श्वासप्रश्वासमा समस्या देखिए पछि अस्पताल भर्ना भएका थिए । मृतक मध्ये ७४ वर्षीया महिला र ६० वर्षीय पुरुष छन । यो संगै धरानमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । आमामा मधुमेह र उच्च रक्तचापको थियो भने छोरामा कलेजको समस्या देखिएको थियो । आमा छ
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ की ६२ वर्षीया सानकुमारी राईलाई बल्लतल्ल अस्पताल छिराईयो । आफन्तले लाख कोसिस गरेर अस्पताल त पु¥याए नी ! तर, उपचार नपाएपछि के गरेर श्वास अडिन्थ्यो र ? राईमा कोरोना र त्यस्को केही लक्ष्यण थिएन । रै पनि कोरोनाका बिरामी राखिने अस्पतालको आईसोलेसन वार्डमा अन्तिम श्वास फेर्नु प¥यो । प्रदेश १ का ‘गनिएका र आफूलाई अब्बल’ दाबी गर्ने पाँचवटा अस्पताल पुग्दा र उपचारको समय हुँदासमेत भर्ना नै हुन पाइनन् । अन्तत प्रदेशकै राजधानी विराटनगरको कोशी अस्पतालमा राईको प्राणपखेरु उड्यो । पिसाब रोकिएर राईलाई बुधबार साँझ निकै अफ्ठेरो महसुस भयो । परिवार