इन्टर्न चिकित्सकहरु पुनः आन्दोलनमा

  • मंसिर १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । दुई महिना अघि मागहरु पुरा गर्ने आश्वासन दिए पनि अहिले सम्म माग पुरा नभएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न चिकित्सकहरु पुनः आन्दोलनमा उत्रिएका छन् ।

गत असोज १४ गते र १८ गते प्रतिष्ठान प्रशासन समक्ष ध्यानाकर्षण पत्र बुझाउदै मागहरु राखेपनि अहिलेसम्म आश्वासनमा सिमित भएकोले आन्दोलनमा उत्रनु परेको संघर्ष समितिले जनाएको छ । ईन्टनहरूले नियमित जीवन निर्वाह भत्ता पाउनुपर्ने समयको १२ दिन पश्चात पदाधिकारीहरुले आश्वासन दिए विपरित, पहिलेकै नियम अनुसार जीवन निर्वाह भत्ता आएपछि इन्टर्न चिकित्सकहरू पुनः आन्दोलनमा उत्रिएका हुन् ।

आफ्ना मागहरु पुरा नभएको भन्दै इन्टर्न संघर्ष समितिको अगुवाईमा प्रतिष्ठानका उपकुलपति कार्यालय अघि इन्टर्नहरुले धर्ना दिएका छन् । उपकुलपति कार्यालय अघि इन्टर्नहरु ¥याली गर्दै पुगेका थिए । संघर्ष समितिका संयोजक अमृत जैसीका अनुसार आइतबार देखि इन्र्टनहरुले इर्मजेन्सी बाहेक काम छोडेर आन्दोलनमा उत्रिएका छन् ।

दुई महिनाअघि इन्टर्नहरुको मागलाई सम्बोधन गर्ने आश्वासन बमोजिम आन्दोलनका कार्यक्रम फिर्ता गरेर उनीहरु नियमित काममा फर्किएका थिए । यसबीचमा पनि मागहरु सम्बोधनको सुनिश्चितताको लागि पटक पटक उपकुलपतिलाई भेट्न र छलफलको निम्ति समय मिलाइदिन आग्रह गर्दा पनि पहल नभएको जैसीले बताए ।

संघर्ष समितिले विभिन्न ११ बुँदे मागहरु पनि राखेका छन् । समितिले इन्टर्न चिकित्सकहरू र तत्कालिन प्रतिष्ठानका पदाधिकारीहरू बिच सहमति भए बमोजिम जीवन निर्वाह भत्ता नेपाल सरकारको ८ औँ तहको ५० प्रतिशत कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।

यस्तै, पहिलेकै सहमति बमोजिम जीवन निर्वाह भत्तामा ३५ महङ्गी भत्ताको व्यवस्था भए बमोजिम नै कार्यान्वयन हुनुपर्ने, नाइट डिउटी हुँदा खाजाका निम्ति जीवन निर्वाह भत्तामै थप १ हजार प्रदान गर्नुपर्ने, इन्टर्नहरु धेरै संक्रमित भइरहेकोले जीवन निर्वाह भत्तामै समाबेस गर्ने गरी माक्स, स्यानिटाइजर, फेस सिल्ड लगायत सामाग्रीहरुको लागि न्यूनतम थप १ हजार रुपैया व्यवस्था गरिनुपर्ने लगायत मागहरु अघि सारेका छन् ।

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved