स्वास्थ्य

    Showing १,१२१-१,१३० of २,६१९ items.
  • इटहरीमा विद्युतीय दाहसंस्कार स्थल बन्ने

    इटहरी/ इटहरी उपमहानगर र कोसी प्रदेश सरकारको साझेदारीमा इटहरीमा अत्याधुनिक विद्युतिय शवदाह चालू आर्थिक वर्षमा निर्माण गरिने भएको उपमहानगरले जनाएको छ । इटहरीस्थित बूढीगंगा जमुना मुक्तिघाटमा विद्युतीय दाहसंस्कार स्थल बन्ने भएको हो । बिहीबार कोसी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती र इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थितमा इटहरी ४ मा रहेको मुक्तिघाट किनारमा चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने विषयमा निर्णय भएको हो । विपन्न तथा गरिबहरूलाई दाउरा किन्न महङ्गो पर्ने र शव जल्नका लागि समय धेरै लाग्ने भएकाले विद्युतीय दाहसंस्कार स्थल बनाउन लागेको इटहरीका मेयर

    • प्रकाशित मितिः फागुन १८, २०८०
    • ६७५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • न्यूरो हस्पिटलमा झी पुच:का सदस्यलाइ २५ प्रतिशत छुट दिने

    विराटनगर/ विराटनगरस्थित न्यूरो हस्पिटलमा र झी पुच:(नेपाल भाषा तथा सांस्कृतिक संघ) बीच सहुलियतमा उपचार गर्ने सम्झौता भएको छ। हस्पिटल र झी पुचःबीच बुधबार सहुलियतमा १० उपचार गर्ने समझदारी भएको हो । अस्पतालका सबै किसिमका सेवा सुविधाहरुमा देखि २५ प्रतिशतसम्म छुट दिने भएको अध्यक्ष भविसकुमार श्रेष्ठले जानकारी दिए । सम्झौतामा जेष्ठ नागरिकहरुको हकमा थप पाँच प्रतिशत छुटको व्यवस्था गरिएको छ । झि पुचःले विभिन्न सामाजिक, भाषा संस्कृति तथा आबद्ध सदस्यहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु गरिँदै आएको छ। हस्पिटलको तर्फबाट अपरेशनल डाइरेक्टर राजेश भट्टराई र झी पुचः को तर्फबाट अध्यक्ष भविसकुमार श्रेष्ठले सम्

    • प्रकाशित मितिः फागुन १७, २०८०
    • ७६१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निःशुल्क उपचार घोषणा कार्यान्वयनमा आलटाल

    मोरङ/  कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्न विभिन्न अस्पतालसँग सम्झौता गरे पनि अस्पतालले भने त्यसको कार्यान्वयनमा आलटाल गर्ने गरेका छन् । अस्पतालले विभिन्न बाहना र कागजातको माग गर्दै उपचार खर्च लिन छोडेका छैनन् । सुनसरीको हरिनगरा गाउँपालिका–२ निवासी इर्फना खातुनले फागुन २ गते मोरङको बुढीगंगास्थित विराट मेडिकल टिचिङ अस्पतालमा शल्यव्रिmया मार्फत जुम्ल्याहा शिशुलाई जन्माउनुभयो । दुईमध्ये एउटा शिशु एनआइसियुमा राखेर उपचार गर्नुपर्ने भयो । प्रदेश सरकारले घोषणा अनुसार नवजात शिशुको निःशुल्क उपचार हुने कुराले उहाँलाई केही हदसम्म सन्तोष मिलेको थियो तर विराट

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • ५४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायक नौरान राईलाई मधुकुमार द्धारा आर्थिक सहयोग उपचारका लागि गायक राई द्धारा सहयोगको अपिल

    धरान/ उपचारका लागि आर्थिक समस्या झेलिरहेका धरानका चर्चित गायक नौरान राईलाई धरान १७ समाज हङकङका अध्यक्ष मधुकुमार राईले नगद पाच हजार रुपैया सहयोग गरेका छन ।             धरान १७ निवासी मधु राई हाल धरान आएको वेला विपि स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका नौरान राईलाई अस्पतालमा नै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन । उनले सामाजिक संजालमा नौरान राईको वारेमा थाहा पाए पछि तत्काल व्यक्तिगत रुपमा केहि रकम सहयोग गरेको वताए ।   लामो समय धरान १७ न. वडावासि समेत रहेका राईको उपचारको लागि संस्थागत रुपमा धरान १७ समाज हङकङले उपचारका लागि सहयोग अभियान चलाइने

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • १,९५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीको चतराबाट २७३ किलो गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

    धरान/ सुनसरीको चतराबाट सशस्त्र प्रहरी बलले गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका–१ स्थित चतराबाट को.१च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले  बताए । एम्बुलेन्सबाट २७३ किलो गाँजा सशस्त्र प्रहरीको सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको छ । चतराबाट सूर्यकुण्ड जाने भित्री सडकमा रोकेर राखेको एम्बुलेन्स जाँच गर्दा ९ वटा पोकामा गाँजा भेटिएको थियो । गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय चक्रघट्टीमा बुझाइएको डीएसपी थापाले जानकारी दिए । तस्करीमा संलग्न एमबुलेन्स चालक फरार भएको प्रहरीको भनाइ छ

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • २,४५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खानेपानी आयोजनामा पाइपको विवाद

    धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाको मारेकटहरेमा सञ्चालित मारेकटहरे खानेपानी आयोजनामा पाइपमा विवाद बढेको छ । जिल्ला खानेपानी कार्यालयबाट दिएको पाइप अध्यक्ष नारद कट्वालले दुरुपयोग गर्न खोजेको भन्दै छानबिन गर्न माग गरिएको छ । महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राय वडा नम्बर दुईका वडाध्यक्ष पदम रखाल लगायत स्थानीयले जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा छानबिन गरिदिन माग गरेको हो । जिल्लाबाट ल्याइएको पाइप सिधुवा बजारको एक पसलमा झरेको गुनासो आएपछि हामीले किन सिधुवामा झारियो भनेर बुझिदिन कार्यालयलाई अनुरोध गरेका वडाध्यक्ष पदम रखालले बताए । पाइपमा विवाद दे

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • ७४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेष्ठ नागरिकलाई छलफल गर्न र महिलाहरुको सिपमुलक कार्यक्रम गर्न सम्पर्क कार्यालय स्थापना

    धरान/  जेष्ठ नागरिकहरुका लागि आराम, रमाइलो सहित छलफल तथा विचार विमर्श गर्नुका साथै महिलाहरुमा सिप सिक्ने स्थानका रुपमा धरान उपमहानगरपालिका वडा नम्बर १५ ले जेष्ठ नागरिक सेवा मिलन केन्द्र सम्पर्क कार्यालय र महिला उद्यमी सिपमुलक, जनचेतना, क्षमता विकाश, आयमुलक प्रशिक्षक सम्पर्क कार्यालयको स्थापना गरेको छ । वडाको पाथिभरा लाईनमा रहेको रात्रीकालिन बसपार्कमा रहेको टिकट काउण्टरलाई सम्पर्क कार्यालयको रुपमा स्थापना गरि वडा महिला संजाल र जेष्ठ नागरिक सेवा मिलन केन्द्रलाई सोमबार प्रजातन्त्र दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि वडाअध्यक्ष नरेश इवारमले चाबी हस्तान्तरण गरेका छन् । धरान ८ भोटेप

    • प्रकाशित मितिः फागुन ८, २०८०
    • ६२९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रको बाङ्गे बजारमा अनुगमन, म्याद सामाग्री नष्ट

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आईतवार बाङ्गे बजारमा अनुगमन गरेको छ । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई गर्ने योजना अनुसार नगरपालिकाको अनुगमन टोलीले बाङ्गे बजारका पसलहरु अनुगमन गरेको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए । अनुगमनको क्रममा बजारमा रहेको पसलहरूबाट म्याद नाघेका खाद्यन सामाग्री बढी मात्रामा चिसो पदार्थहरू, बिस्कुट, नगरपालिकाले प्रतिबन्ध गरेको कालो प्लास्टिक लगाएका सामाग्रीहरू फेला पारेर नष्ट गरिएको आर्थिक विकास शाखाका प्रमुख तिवारीले बताए । म्याद नाघेको सामाग्री फेला परेको पसल, दत्ता प्रक्रिया नगरी सञ्चालन भएका पसलहरूमा ५ हजारस

    • प्रकाशित मितिः फागुन ७, २०८०
    • ५८६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा ज्येष्ठ नागरिकको सम्मान स्वरुप घरमै पुगेर स्वास्थ्य परिक्षण

    वराहक्षेत्र/  वराहक्षेत्रमा ज्येष्ठ नागरिकहरूको सम्मानका लागि घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परीक्षण र परामर्श गर्ने नगरपालिकाको कार्यक्रम अनुसार स्वास्थ्यकर्मीहरु टोलटोलमा पुग्ने गरेका छन् । नगरपालिकाका सस्वास्थ्यकर्मी स्थानीय वडाका जनप्रतिनिधिहरुसंग समन्वय गरेर ३-३ महिनामा ज्येष्ठ नागरिकहरूको स्वस्थ्य परिक्षण गर्न घरमै पुग्ने गरेको नगर प्रमुख रमेश कार्कीले बताए । वडाका ज्येष्ठ नागरिक जो स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने, नियमित औषधी लिने, दीर्घ रोगीहरूको सुविधाको लागि घरमै गएर स्वास्थ्य परीक्षण सहित औषधी उपचार गरिएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • ७०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साइकल रेसको प्रवद्र्धन गर्न प्रतियोगिताको आयोजना

    धरान/ साहसिक खेल साइकिलिङको प्रवद्र्धन गर्ने उद्देश्यले रोटरी क्लब धरानले सोमबार साइकलिङ दौड प्रतियोगिताको आयोजना गर्दैछ । धरानमा साहसिक खेल साइकलिङको प्रवद्र्धन गर्ने उद्देश्यले क्लबले फागुन ७ गते सोमबार प्रतियोगिताको आयोजना गर्ने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । संयोजक विनयलाल श्रेष्ठले संयोजनको भूमिका निर्वाह गर्दै गत बर्ष कोरा राइड च्यालेन्ज प्रतियागिता आयोजना गरिएसँगै प्रतियोगितालाई निरन्तता दिन यस बर्ष रोटरी क्लब धरानको व्यानरमा आयोजना गर्न लागिएको हो । धरानका आधारभूत विद्यालयलाई सहयोग गर्ने उद्देश्यले आयोजित प्रतियोगिता राष्ट्रिय स्तरको प्रतियोगिता रहने आ

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • ६७३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved