शिक्षा

    Showing 61-70 of 1,875 items.
  • वर्षासँगै सप्तकोशीमा बहाव बढ्दो, प्रशासनले जारी गर्‍यो उच्च सतर्कता

    सुनसरी/ पूर्वी पहाडी तथा तराईका क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण सप्तकोशी नदीको जलसतहमा तीव्र वृद्धि भएपछि सम्बन्धित निकायले ब्यारेज आसपास तथा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्लो मापनअनुसार सप्तकोशी ब्यारेजमा पानीको बहाव बढेर प्रतिसेकेन्ड १ लाख २६ हजार क्युसेक पुगेको छ, जुन सामान्य अवस्थाको तुलनामा निकै बढी हो। यसअघि चार घण्टा अगाडिको मापनमा बहाव १ लाख २५ हजार १ सय १० क्युसेक रहेकोमा त्यसयता नदीको सतह लगातार बढ्दो क्रममा रहेको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनैभरि वर्षा हुने पूर्वानुमान रहेकाले कोशी नदीमा बाढीको जोखिम

    • प्रकाशित मितिः असार २८, २०८३
    • 109 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ७ वर्षदेखि अलपत्र लेदुवा पुल, जोखिममा विद्यार्थी र स्थानीय

    धरान/धरान उपमहानगरपालिका–५ को देवी गाउँस्थित लेदुवा खोलामा निर्माण सुरु भएको पुल सात वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा स्थानीयवासी र विद्यार्थी बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्न बाध्य भएका छन्। एक करोड २१ लाख ८६ हजार ८१३ रुपैयाँ लागतमा २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच सम्झौता भएको पुल २०७८ साउनभित्रै सम्पन्न हुनुपर्ने थियो। तर पटक–पटक म्याद थपिए पनि हालसम्म करिब ४० प्रतिशत मात्रै काम भएको छ। निर्माण गरिएका पिलरसमेत अहिले झाडीले ढाकिएका छन् भने बाँकी संरचना अलपत्र अवस्थामा छ। धरान–५ का वडाध्यक्ष मनप्

    • प्रकाशित मितिः असार २७, २०८३
    • 195 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिलोमा रमाउँदै धान रोप्न सिके हिबिस्कसका विद्यार्थीले

    धरान/ सुनसरीको धरान–१५ मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक शिक्षासँगै व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले शनिबार धरान–५ को देवीगाउँ सिरानस्थित खेतमा धान रोपाइँ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विद्यालयका विद्यार्थीहरू खेतमै उत्रिएर धान रोप्ने, बिउ ओसार्ने तथा आलि बाउसे गर्ने जस्ता कृषि गतिविधिमा प्रत्यक्ष सहभागी बने। उनीहरूले धानको बिउदेखि चामल उत्पादनसम्मको सम्पूर्ण प्रक्रियाबारे व्यवहारिक रूपमा बुझ्ने अवसर पाए। विद्यालयको पोसाकमै खेतमा पुगेका साना विद्यार्थीहरू हिलोमा रमाउँदै धान रोपाइँमा सहभागी भएको दृश्यले सबैको ध्यान आकर्षित

    • प्रकाशित मितिः असार २७, २०८३
    • 877 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदय कलेजका विद्यार्थीलाई चिकित्सा शिक्षा सम्बन्धी अभिमुखीकरण

    धरान/सुनसरीको धरान १६ मा अवस्थित युएन नवोदय +२ कलेजले कक्षा ११ विज्ञान संकायका विद्यार्थीहरूका लागि चिकित्सा शिक्षा सम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। भविष्यमा एमबीबीएस, बीडीएस तथा बी.एस्सी. (नर्सिङ/मेडिकल साइन्स) अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा कलेजका +२ विज्ञान संकायका एड्भाइजर तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. आर्यन राज श्रवण मण्डल र उहाँको विज्ञ टोलीले चिकित्सा शिक्षाको वर्तमान अवस्था, प्रवेश परीक्षा तयारीका प्रभावकारी उपाय तथा यस क्षेत्रमा रहेका अवसरबारे विद्यार्थीलाई विस्तृत जानकारी गराएका थिए। कल

    • प्रकाशित मितिः असार २६, २०८३
    • 1,175 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नागाल्यान्डमा नेपालको सांस्कृतिक पहिचान प्रस्तुत गर्दै धरानको लोटस स्कुल

    धरान/ धरान–१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले भारतको नागाल्यान्ड राज्यमा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली कला, संस्कृति र परम्पराको झल्को प्रस्तुत गर्ने भएका छन्। विद्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको नागाल्यान्ड राज्यको मोकोक्चुङस्थित गोर्खा विद्यार्थी सङ्घको औपचारिक निमन्त्रणामा आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा असार २९ गते आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नेपालको प्रतिनिधित्व गर्ने जानकारी दिएको हो। कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, भेषभूषा र

    • प्रकाशित मितिः असार २५, २०८३
    • 592 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘सीम्याट पास नगरी बि एच एम लगायतका कार्यक्रम पढ्न पाइँदैन’

    धरान–१६ स्थित यूएन नवोदय कलेज कोशी प्रदेशमै होटल व्यवस्थापन शिक्षाका लागि परिचित शैक्षिक संस्था मानिन्छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालन गर्दै आएको यस कलेजले शैक्षिक नतिजा, व्यवहारिक सिकाइ, उद्योगसँगको सहकार्य र अन्तर्राष्ट्रिय इन्टर्नसिपका कारण विद्यार्थीमाझ छुट्टै पहिचान बनाएको छ। पछिल्लो समय सीम्याट प्रवेश परीक्षाको तयारी, होटल व्यवस्थापन अध्ययनको भविष्य, व्यवहारिक शिक्षादेखि अन्तर्राष्ट्रिय रोजगारीसम्मका विषयमा कोशीपत्रका संवाददाता फणीन्द्र तिम्सिनाले यूएन नवोदय कलेजका क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोसँग गरेको कुराकानीको स

    • प्रकाशित मितिः असार २५, २०८३
    • 1,308 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदय कलेजमा विद्यार्थीलाई आर्थिक अपराधबारे प्रशिक्षण

    धरान/ आर्थिक तथा वित्तीय अपराधका बढ्दा घटनाप्रति विद्यार्थीलाई सचेत र जिम्मेवार बनाउन धरान–१६ स्थित युएन नवोदय कलेजमा विशेष सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय धरानको आयोजनामा कलेजको सभाहलमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक युएन नवोदय कलेजका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक देवी बहादुर कार्कीले आर्थिक तथा वित्तीय अपराधका विभिन्न पक्षबारे प्रशिक्षण दिएका थिए। उनले पछिल्लो समय अनलाइन ठगी, बैंकिङ ठगी, डिजिटल भुक्तानी प्रणालीको दुरुपयोग, साइबरमार्फत हुने आर्थिक अपरा

    • प्रकाशित मितिः असार २४, २०८३
    • 474 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुस्तक पढे, समीक्षा गरे, पुरस्कार जिते: मोडर्न प्रिपरेटरीका विद्यार्थीको उत्कृष्ट प्रस्तुति

    इटहरी / सुनसरीको इटहरी ६ मा अवस्थित माेडर्न प्रिपरेटरी माध्यमिक विद्यालयमा विद्यार्थीहरूमा पठन संस्कृतिको विकास, साहित्यप्रतिको रुचि अभिवृद्धि तथा प्रभावकारी अभिव्यक्ति क्षमता विकास गर्ने उद्देश्यले कला तथा साहित्य क्लबको आयोजनामा ‘पुस्तक समीक्षा शृङ्खला– पहिलो संस्करण’ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा कक्षा ७ देखि १० सम्मका ६ जना विद्यार्थीले ६ वटा फरक–फरक पुस्तकमाथि गहन अध्ययन गर्दै समीक्षा, विश्लेषण र आफ्ना विचार प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति र विश्लेषणात्मक क्षमताले कार्यक्रमलाई विशेष बनाएको विद्यालयले जनाएको छ। प्रतिय

    • प्रकाशित मितिः असार २२, २०८३
    • 574 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतरामा श्रावणमा लाग्ने बोलबम मेलाको तयारी

    वराहक्षेत्र/ श्रावण महिनामा चतरा धाम स्थित कौशिकी (कोशी) नदीको जल चतरा स्थित औलिया बाबा मठमा परिक्रमा गरी धरान स्थित पिण्डेश्वर बाबा धाममा चढाउने परम्परा रहेको छ । सोही अवसरमा वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतरामा श्रावण महिनाको आइतबार र सोमवार लाग्ने बोलबम मेला लाग्ने गर्दछ । उक्त मेलाको व्यवस्थापनका लागि आईतबार विभिन्न समिति गठन गरि ब्यवस्थापनको तयारी सुरु गरिएको छ । बराहक्षेत्र नगरपालिका वडा नं १ को कार्यालयमा आयोजना भएको भेलाले मेला मूल व्यवस्थापन समिति तथा विभिन्न आवश्यक उपसमितिहरू गठन गरेको हो । नगरपालिकाको कार्यालयसँगको समन्वयमा वडा नं १ को कार्यालयले आयोजना गरेको सर्वदलीय तथा

    • प्रकाशित मितिः असार २१, २०८३
    • 502 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

    धरान/  वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साहले अहिले आफ्नै गाउँमा पेडा व्यवसाय सञ्चालन गरेर मासिक ८० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै सफल उद्यमीको परिचय बनाएका छन्। मलेसियाबाट स्वदेश फर्किएपछि केही वर्ष धरान–चतरा–रामपुर सडकखण्डमा ट्याम्पो चलाएका साह चतराघाटमा सञ्चालन भइरहेका पेडा पसलबाट प्रभावित भएर तीन वर्षअघि यस व्यवसायमा होमिएका हुन्। सुरुआती चरणमा विभिन्न प्रकारका मिठाइ उत्पादन गरी बिक्री गर्दै आएका उनले पछि पेडा उत्पादनमा केन्द्रित भए। अहिले उनको व्यवसाय राम्रोसँग चलिरहेको छ भने देशका विभिन्न जिल्लाबाट आउने यात्रु र

    • प्रकाशित मितिः असार २१, २०८३
    • 207 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved