७ वर्षदेखि अलपत्र लेदुवा पुल, जोखिममा विद्यार्थी र स्थानीय

  • असार २७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान उपमहानगरपालिका–५ को देवी गाउँस्थित लेदुवा खोलामा निर्माण सुरु भएको पुल सात वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा स्थानीयवासी र विद्यार्थी बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्न बाध्य भएका छन्।

एक करोड २१ लाख ८६ हजार ८१३ रुपैयाँ लागतमा २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच सम्झौता भएको पुल २०७८ साउनभित्रै सम्पन्न हुनुपर्ने थियो।

तर पटक–पटक म्याद थपिए पनि हालसम्म करिब ४० प्रतिशत मात्रै काम भएको छ। निर्माण गरिएका पिलरसमेत अहिले झाडीले ढाकिएका छन् भने बाँकी संरचना अलपत्र अवस्थामा छ।

धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूका अनुसार पुल नबन्दा धरान–४ र ५ का बासिन्दाले दैनिक सास्ती खेपिरहेका छन्।

बर्खामा खोलामा बाढी आएपछि स्थानीय, विद्यार्थी र बिरामीसमेत ज्यान जोखिममा राखेर खोला पार गर्नुपर्ने अवस्था छ। अस्थायी रूपमा बनाइने बाँसको पुल पनि हरेक वर्ष बाढीले बगाइदिने गरेको उनले बताए।

पुल नहुँदा किसानले उत्पादन गरेका कृषि उपज धरान बजारसम्म पुर्‍याउन कठिनाइ भइरहेको छ।

कक्षा ६ भन्दा माथिको अध्ययनका लागि खोलापारि जानुपर्ने मनटार, सुमनटार, मुक्तिलाल, निशानडाँडा र तल्लो निशानडाँडाका विद्यार्थीले वर्षायाममा विद्यालय पुग्नै संघर्ष गर्नुपरेको छ।

बाढी आएका बेला परीक्षा छुट्ने समस्या समेत दोहोरिने गरेको स्थानीयको गुनासो छ।

स्थानीय जीवन मगरका अनुसार बाढी आएका बेला बालबालिका घण्टौँ खोलाको किनारमै बस्न बाध्य हुन्छन्। कतिपय अवस्थामा विद्यालय नै जान नपाई घर फर्किनुपर्ने अवस्था आउने गरेको उनले बताए।

स्थानीयका अनुसार पटक–पटक म्याद थपिए पनि ठेकेदार कम्पनीले निर्माणलाई गति दिएको छैन।

२०८१ चैत १२ गते जेठ मसान्तभित्र काम सक्ने सहमति भए पनि त्यसपछि २०८२ फागुनसम्म निर्माण पूरा गर्ने जानकारी दिइएको थियो। तर हालसम्म निर्माण कार्य पुनः सुरु हुन सकेको छैन।

यसअघि तत्कालीन कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले स्थलगत अनुगमन गर्दै काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरी धरौटी जफत प्रक्रिया अघि बढाइएको बताएका थिए।

तर ठेकेदार कम्पनीले अदालतबाट अन्तरिम आदेश लिएपछि पुल निर्माण अझै अन्योलमै परेको छ।

हिलोमा रमाउँदै धान र ...

धरान/ सुनसरीको धरान–१५ मा अवस्थित हिबिस्कस इङ्लिस ...

सरकार, गणेश नेपालीको ...

काठमाण्डौं/ आत्मदाहको निर्मम बाटोे रोज्न बाध्य बना ...

युएन नवोदय कलेजका व ...

धरान/सुनसरीको धरान १६ मा अवस्थित युएन नवोदय +२ कलेजले क ...

नागाल्यान्डमा नेपालक ...

धरान/ धरान–१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved