मोरङ /पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाले मुलुकको शिक्षाक्षेत्र थिलथिलो भएको बताउदै शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक भएको बताएका छन् । विश्वविद्यालयको २९ औं स्थापना दिवसका अबसरमा उपकुलपति कोइरालाले शिक्षासँग सरोकार राख्ने सबैपक्ष मिलेर शिक्षाको स्तर उकास्न लाग्नुपर्नेमा जोड दिएका हुन् । शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एकजुट हुनुको विकल्प नभएको उपकुलपति कोइरालाको भनाई छ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. महेश्वर दाहालले विभुषित प्राध्यापक र कर्मचारीलाई बधाई दिँदै शैक्षिक तथा विश्वविद्यालयको उन्नयनमा क्रियाशिल हुन शुभकामना दिए ।
विजपुर /धरान मेघा हिमालयन कलेजले मेयर कप फुटवल प्रतियोगिताका विजेता खेलाडि तथा प्रशिक्षकलाई मंगलवार सम्मान गरेको छ।विजेता खेलाडि तथा प्रशिक्षक हरुलाई कलेजका विद्यार्थी र शिक्षक शिक्षिकाहरु माझ खदा र अविर लगाएर सम्मान गर्दै विजेता ट्रफि प्रधान गरिएको थियो । धरान उपमहानगरपालिकाको आयोजनामा पौष ७ देखि १८ गते सम्म सम्पन्न मावि स्तरिय मेयर कप फुटवल प्रतियोगिताको फाइनलमा धरान मेघा हिमालयन कलेजले माउन्ट हर्मनलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि माथी कव्जा जमाएको थियो । धरान मेघा कलेजका पवन तामाङ्ग प्रतियोगिताको फाइनल खेलको म्यान अफ द म्याचभएका थिए । त्यसैगरि राजिव खड्का उत्कृ
धरान/धरान १६ मा रहेको युएन कलेजले त्रिविद्वारा सञ्चालित बिएचएम दोस्रो र चौथो सेमेस्टरमा उतिर्र्ण विद्यार्थीहरुलाई मंगलबार सम्मान गरेको छ । होटेल म्यानेजमेन्ट संकायमा प्रदेश १ मै महत्वपूर्ण योगदान दिँदै आएको युएनकलेजले स्थापना कालदेखि नै निरन्तर प्रदेश टप गर्दै आइरहेको छ । कलेजले यस वर्षको फाइनल परिक्षामा ३.८५ जिपिए ल्याई द्वितीय स्थान ल्याएकी छात्रा जानुका राईलाई नगद १५ हजारसहित सम्मानपत्रले सम्मान गरिएको छ । यसैगरि बिएचएम दोस्रो सेमेस्टरमा प्रथम हुने दिपेश लुङ्फुङ्वा (३.८१ जिपिए), दोस्रो हुने राश्ना गुरुङ (३.८१) जिपिए र तेस्रो अर्नेश कटुवाल (३.७४ जिपिए) लाई समेत नगद पुरस्कार सहित सम्मानपत्रले
मोरङ / विराट धर्मशास्त्र संग्राहलय एवं पुस्तकालयले सामुदायिक विद्यालयका छात्रालाई पुरस्कृत गरेको छ । पुस्तकालयको वार्षिक साधारणसभा तथा समाजसेवी लेखनाथ चापागाईंको ९७ औं जन्मजयन्तीको अवसर पारेर सोमबार आयोजित कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययन गर्ने दुईजना छात्रालाई पुरस्कृत गरिएको हो । कार्यक्रममा ५ हजार नगद राशिको नन्दकुमारी चापागाईं स्मृति छात्रवृत्ति पोखरिया उच्च माविमा अध्ययनरत सविया सहनी र गोग्राह माविमा अध्ययनरत नेहा उराँवलाई प्रदान गरिएको थियो । उनीहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाका अध्यक्ष ओमकार चापागाईंलगायतले नगदसहित प्रशंसापत्र प्रदान गरेका थिए ।
मोरङ / विराटनगर महानगरपालिकाले सरसफाईकर्मीलाई लक्षित गरी एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको आयोजना तथा महानगरको सहकार्यमा तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन विरानटर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरका थिए। सो अवसरमा बोल्दै मेयर कोइरालाले सरसफाईकर्मी महानगरपालिकाको मेरुदण्ड भएको बताएका थिए । उनँले महानगरलाई सफा, सुन्दर बनाउन सफाईकर्मीहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे ।तालिममा सरसफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहाल र श्रम मन्त्रालयका अधिकृत उदयकुमार महतोले सहजीकरण गरेका थिए । तालिममा महानगरका ४० जना सरसफाईकर्
धरान / धरान मेयर फुटबल कपको उपाधि धरान मेघा हिमालयन कलेजले उचालेको छ । धरान रङ्गशालामा सोमबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा माउन्ट हर्मन एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै मेघा हिमालयनले कप हात पारेको हो । मेघा कलेजका तर्फबाट अङ्कित थापा, सुगम जिमी र शेखर कुँवरले एक–एक गोल गरेका थिए । प्रतियोगितामा बेस्ट स्कोररको उपाधि मेघाका अङ्कित थापाले प्राप्त गरे । उनले प्रतियोगिताभरिमा सात गोल गरेका थिए । यस्तै, मेघाकै सुगम जिमीले बेस्ट प्लेयरको उपाधि हात पारे भने फाइनल खेलका म्यान अफ द म्याच पनि मेघाकै पवन तामाङ भएका छन् । कार्यक्रमका प्रमुख अतिथि एवम् एन्फाका मानार्थ केन्द
मोरङ / विराटनगर महानगरपालिका वडा नम्बर ११ को आयोजनामा आइतबारदेखि चार दिने नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ । तालिमको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका छन् । उद्घाटन पछि बोल्दै मेयर कोइरालाले तालिमबाट सहभागीको नेतृत्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले तालिमबाट ज्ञान र सीपलाई व्यवहारमा उतार्नसमेत आग्रह गरे । मेयर कोइरालाले नेतृत्व गर्ने क्षमताको विकास भए त्यसले हरेक क्षेत्रमा अगाडि बढ्न बल पुग्ने दाबी गरे । वडाको आफ्नै स्रोत साधनबाट तालिम सञ्चालन गरिएको वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले जानकारी दिए । उनले आफैंले तालिम आयोजना गर्दा थोरै स
धरान / राजस्थानको पालीमा आयोजना हुने भारत स्काउटको १८ औँ राष्ट्रिय ज्याम्बोरीमा सहभागी हुन नेपाल स्काउटको टोलीले आइतबार त्यसतर्पm प्रस्थान गरेको छ । यही जनवरी ४ देखि १० तारिखसम्म आयोजना हुने ज्याम्बोरीमा सहभागी हुन १५ सदस्यीय नेपाली टोलीले त्यसतर्पm प्रस्थान गरेको हो । १ नम्बर प्रदेश स्काउट सदस्य हेमन्त भण्डारी तथा धरान नगर तथा माउन्ट हर्मन स्काउट दलका अध्यक्ष अनुप योन्जन तामाङको नेतृत्वमा गएको टोलीमा माउन्ट हर्मन स्काउटका अभियान श्रेष्ठ, आयाम पाख्रिन र ओरियन उप्रेती पनि सम्मिलित छन् । यसबारे जानकारी दिन शनिबार आयोजित छोटो कार्यक्रममा प्रदेश स्काउट सदस्य भण्डारीले ज्याम्बोरीमा सहभागी द
मोरङ /नेपाल शिक्षण परिषद्को आयोजनामा मोरङको विराटनगरमा ऐतिहासिक संस्कृत सम्भाषण शिविर सञ्चालन भइरहेको छ । करीब तीन सय सहभागीहरूले एकै स्थानमा प्रशिक्षण लिएको यो पहिलो शिविर हो । नेपालमा गुरुकुल पद्धतिको पठनपाठन र संस्कृत भाषाको जगेर्नाका निम्ति मोरङको विराटनगरस्थित लक्ष्मीनारायण वेदविद्याश्रममा पौष १० गतेदेखि २१ गतेसम्म सञ्चालन भइरहेको उक्त शिविरमा प्रदेश नं १ का झापा, मोरङ , सुनसरी , पाँचथरलगायतका जिल्लाबाट प्रशिक्षार्थीहरू सहभागी भएका छन् । संस्कृत भाषालाई लोकभाषा बनाउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा संस्कृत गुरुकुलहरूका विद्यार्थी तथा शिक्षक एवम् आधुनिक विषयका विद्यार्थी र शिक्षक दुवै
धरान / पूर्वको प्रमुख शैक्षिक केन्द्रका रुपमा स्थापित धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसले स्थापनाको ६७ औं वार्षिकोत्सव मनाएको छ । क्याम्पस प्राङ्गणमा औपचारिक कार्यक्रम गर्दै महेन्द्र क्याम्पसले आफ्ना उत्कृष्ट विद्यार्थी तथा जेहेन्दारलाई छात्रवृत्ति प्रदान गरेको छ । यस्तै वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी खेलकुद प्रतियोगिताका उत्कृष्ट खेलाडी विद्यार्थीलाई पुरस्कृत गरेको छ । क्याम्पसको उन्नति र प्रगतिका लागि विद्यार्थी सङ्गठनका नेता, अविभावक, छात्रवृत्तिदाता, जग्गादाता, विद्वान, तथा अध्यापनरत साथै सेवा निवृत्त प्राध्यापकहरुले शुभकामना मन्तव्य राखेका थिए । प्राडा टङ्कप्रसाद न्यौपाने,