अर्थ

    Showing 551-560 of 834 items.
  • आधारभूत आवश्यकतामै चुक्छन् इलामका पर्यटन व्यवसायी

    धरान । इलामको सन्दकपुर गाउँपालिका २ का वडाध्यक्ष सोनाम राईले सन्दकपुर गाउँपालिकामा आएका पर्यटक बाटोमा हिडिरहँदा शौचालयको चावी समेत नदिएको गुनासो आएको बताए । उनले पर्यटनको कुरा गछौ तर एक पटक आएको पर्यटक अर्को पटक नआउने बनाएर पठाएपछि पर्यटनको विकास नहुने भन्दै साना कुरामा जिम्मेवार नबने सम्म पर्यटन विकास नहुने बताउँछन । सन्दकपुर महासँघ गाउँपालिका होमिस्टे इलामका अध्यक्ष जीवन शिवा पर्यटक आएपनि आएका पर्यटक राखेर संस्कार दिन नसकेको गुनासो गर्छन् । आएका पर्यटकलाई गरिने संस्कारमा कहिँ न कँहि चुकेको कारण एक पटक आएका पर्यटक फर्किँदा गुनासो गर्ने गरेको बताउँछन । पर्यटन व्यवसाय बढाउने हो भने प्रत्येक पाल

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 713 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • धरान स्मार्ट बसपार्क: बजेट रोकिएपछि निर्माणमा समस्या

     धरान । धरान उपमहानगरपालिका धरान ८ मा निर्माण भइरहेको बसपार्कको संघीय बजेट विनियोजन नभएपछि आफ्नै बजेटले निर्माण कार्यलाई सुचारु गर्दा धरान उपमहानगरपालिकालाई समस्या भएको छ । संघीय सरकारसँगको संयुक्त लगानीमा धरान उपमहानगरपालिमा निर्माण शुरु गरेको स्मार्ट बसपार्कका लागि संघीय सरकारले यस वर्ष बजेट विनियोजन नगर्दा उपमहानगरपालिकाले आफ्नै बजेटबाट निर्माणलाई निरन्तरता दिँदा समस्या भएको हो । संघको ५० प्रतिशत लगानी र स्थानीय सरकारको ५० प्रतिशत लगानीमा धरान उपमहानगरपालिकाको वडा नम्बर ८ मा निर्माण भइरहेको स्मार्ट बसपार्कका लागि यस वर्ष कुनै पनि बजेट विनियोजन नगरिदिए पछि स्थानीय सरकारले आफ्नो स्रोतब

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 1,056 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराह बचतकर्ताको आन्दोलन: मेयर साम्पाङको अभिव्यक्तिले द्वन्द बढायो

    धरान । बचत गरिएको रकम फिर्ता गर्न पहल गरिदिन माग गर्दै आन्दोलनमा रहेका बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दिएको जवाफले भिडलाई द्वन्दात्मक अवश्थामा पु¥याएको छ । मेयर साम्पाङले आइतबार धरान उपमहानगरपालिका पुगेका बचतकर्तालाई सहकारीमै गएर माग्नुस भन्दै जवाफ दिए पछि अवश्था द्वन्दात्मक अवश्थामा पुगेको छ । न्यायका लागि स्थानीय सरकारलाई गुहारिरहेका बचतकर्ता प्रति मेयरले दिएको गैह्रजिम्मेवार जवाफले सहकारी र बचतकर्ता बिच द्वन्द बढ्ने सक्ने भन्दै सामाजिक सञ्जालहरुमा नागरिकहरुले चिन्ता व्यक्त गरेका छन् । मेयर साम्पाङले बराहमै गएर आफ्नो फसेको रकम उठाउन

    • प्रकाशित मितिः साउन १६, २०७९
    • 703 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदर्शनीस्थल निर्माणका लागि मेयरद्वारा मन्त्रीको ध्यानाकर्षण

    धरान । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा औद्योगिक तथा व्यापारिक प्रदर्शनीस्थल निर्माणका लागि संघीय मन्त्रीको ध्यानाकर्षण गराएका छन् । विराटनगर आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर मेयर कोइरालाले विराटनगरमा व्यापार मेला गर्न स्थान अभाव भएको सुनाए । उनले औद्योगिक तथा व्यापारिक मेला आयोजना गर्न प्रदर्शनीस्थलको अभाव रहेको बताए । जग्गाको व्यवस्थापन महानगरपालिकाले गर्नेसमेत उनको भनाइ थियो । ‘मन्त्रीज्यू बजेट छुट्याएर मन्त्रिपरिषद्बाट निर्णय गराउनुहोस्, हामी जग्गा उपलब्ध गराउन तयार छौं,’ मेयर कोइरालाले भने, ‘प्रदर्शनीस्थलको अभाव

    • प्रकाशित मितिः साउन ११, २०७९
    • 648 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषि प्रधान देश नेपाल: निर्यात भन्दा आयात बढी

    धरान । नेपाल कृषि प्रधान देश हो । कृषिका लागि सरकारले अरबौ खरबौ बजेट छुट्याएको छ तर यही कृषिप्रधान देश नेपालमा छिमेकी मुलुक भारतको भर पर्नुपर्ने अवस्था देखिएको छ । यसको उदाहरण पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी भएको क्वारेन्टिन कार्यालय तथ्यांकमा पाइएको छ । आर्थिक बर्ष २०७८÷०७९ लाई हेर्ने हो भने काँकडभिट्टा नाका भएर कृषि सामाग्री निर्यात भन्दा आयात बढी देखिएको छ । यो आर्थिक बर्षमा एक अर्ब रुपैया भन्दा बढीको कृषि सामाग्री भारत तथा तेस्रो मुलुकबाट आयात भएको तथ्यांक क्वारेन्टाइन कार्यालयसँग रहेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷ ७९ मा यो नाका भ

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 615 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ९ हजार बढी मुद्धा दर्ता , ३९ करोड २१ लाख भन्दा बढी राजश्व संकलन

    धरान । प्रदेश १ मा आर्थिक बर्ष ०७८÷०७९ मा ८ हजार ५५ मुद्धा भएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटगरले जनाएको छ । नेपाल प्रहरीको संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा १ नम्वर प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच सहकार्य र कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक २०७८÷०७९ मा ८ हजार ५५ बटा मुद्धा दर्ता भएको जनाइएको छ भने ३९ करोड २१ लाख भन्दा बढी राजश्व संकलन भएको जनाएको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार, संगठन प्रमुख तथा प्रदेश प्रमुखको निर्देशनलाई पालना गर्दै एक नम्वर प्रदेशका विभिन्न प्रहरी

    • प्रकाशित मितिः साउन ६, २०७९
    • 756 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी उद्योग वाणिज्य संघको पदस्थापना सम्पन्न: कार्यक्रममा रुस, युक्रेन र श्रीलंकाको चर्चा

    धरान । सुनसरी उद्योग वाणिज्य सघ धरानको नवनिर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रम विहीबार सम्पन्न भयो । देशको अर्थतन्त्रसँग सरोकार राख्ने संघको कार्यक्रममा अथिति पनि आर्थिक क्षेत्रमा रहेर काम गर्नेहरु उपस्थित थिए । संघका उपाध्यक्ष राजेश अग्रवालले सञ्चालन गरेको कार्यक्रममा अधिकांश वक्ताहरुले मुलुकको गिर्दो अर्थतन्त्रको विषयमा चर्चा गरे । उनीहरुले रुस र युक्रेनको युद्धले संसारलाई पारेको प्रभावसँगै श्रीलंकामा भएको ‘इकोनोमिक्स क्राइसिस’ को विषयमा चर्चा परिचर्चा गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चण्डीराज ढकालले पछिल्लो समय युक्रेन र रुसको युद्धक

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 1,008 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगर महानगरको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित

    धरान । विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ । शनिबार बसेको १० औं नगर सभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको बजेटसँगै नीति तथा कार्यक्रम पारित गरेको हो । महानगरले असार १० गते आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । आयस्रोत कमजोर हुँदा विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०७९÷८० को बजेट आर्थिक वर्ष ०७८÷७९ कोभन्दा १५ प्रतिशतले कम बजेट सार्वजनिक गरेको थियो । शनिबार बसेको बैठकमा मेयर नागेश कोइरालाको अनुमतिले उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको आर्थिक विधेयक, विनियोज

    • प्रकाशित मितिः असार २६, २०७९
    • 697 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी उद्योग वाणिज्य संघमा विजय श्रेष्ठ

    धरान । सुनसरी उद्योग वाणिज्य संघ धरानको अध्यक्षमा विजय श्रेष्ठले पराकिलो मतान्तरले अन्य प्रत्यासीलाई पछि पार्दै जित हात पारेका छन् । असार २२ गते भएको निर्वाचनको मत परिणाम मंगलबार सार्वजनिक भएको थियो । सार्वनिक मत परिणाम अनुसार विजय श्रेष्ठले उनका प्रतिद्वन्द्धी शिवराज श्रेष्ठलाई ५८९ मतको पराकिलो मतले जित हात पारेका हुन् । निर्वाचित अधिकृत प्रा.डा. राजेन्द्रा शर्माका अनुसार सुनसरी उद्योग वाणिज्य संघमा कुल २९७७ मतदाता रहे तापनि २२७४ मत मात्र खसेको थियो । अध्यक्षका तीन जना प्रतिष्पधीमा विजयी श्रेष्ठले १२२५ ल्याउदा शिवराज श्रेष्ठले ६३६ मत मात्र प्राप्त गरेका थिए भने पवन अग्रवालले ३३३ मत प्राप्त

    • प्रकाशित मितिः असार २२, २०७९
    • 1,078 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ढाकाको राजधानी तेह्रथुम

    धरान । पूर्वी पहाडी जिल्ला तेह्रथुमलाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । विगतदेखि नै तेह्रथुमको म्याङलुङ बजार ढाका कपडाको मुख्य उत्पादन हुने जिल्ला भएपनि सरकारी ध्यान यसतर्फ पुग्न सकेको थिएन । तर ३९ वर्षपछि ढाका कपडाले राजधानीको स्वरूप पाएको छ । ३९ वर्ष अगाडि देखि तेह्रथुममा ढाका कपडा बुन्ने गरिएको थियो । यहा प्रत्येक घरमा महिलाहरु ढाका कपडा बुन्ने तान राखेर व्यवसायिक ढाका कपडा उत्पादन गर्ने गरेका छन् । सन् १९८३ मा तीन वर्ष लगाएर बेलायती नागरिक सुसी डान्स्मोरले तेह्रथुममा उत्पादन हुने ढाकाका कपडाको अध्ययन तथा अनुसन्धान गरेकी थिइन । उनले ढाका कपडा बुन्दा प्रयोगमा ल्याइने धागोको रङ्गको छनोट

    • प्रकाशित मितिः असार २१, २०७९
    • 818 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved