अर्थ

    Showing 541-550 of 1,054 items.
  • एक आपस सहकारीमा सुनील कार्की निर्वाचित

    इटहरी/ इटहरीमा रहेको एक आपस बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्षमा सुनील कार्की निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा प्रतिस्पर्धी कमला दुलाललाई ठुलो मतान्तरले पराजित गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन । अन्य पदमा सर्वसम्मत चयन गरिए पनि अध्यक्षमा भने निर्वाचन नै गर्नुपरेको थियो । निर्वाचनमा अध्यक्षका लागि कार्कीले २ सय १३ मत पाउँदा उनका प्रतिस्पर्धी कमला दुलालले ६९ मत मात्रै पाएकी थिईन । कार्यसमितिका बाँकी सर्वसम्मत चयन भएका उपाध्यक्षमा दीप बहादुर खत्री छन् भने सदस्यहरुमा गणेश बहादुर खत्री, दधिराम चुवान, होमनाथ धमला, नैन तारा सिटौला, यमुना चापागाई, कमला पाठक बोहोरा, भोज

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 547 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात

    खोटाङ/ दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु. ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएका छ । केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जिल्लामा यस वर्ष तीन हजार सात सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यस वर्ष सबैभन्दा बढी जन्तेढुङ्गा गाउँपालिकामा सुन्तला उत्पादन भएको उनले जानकारी दिए । “जिल्लामा अहिले सात सय ४२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिन थालेको छ । गत वर्षको तुलनामा यस वर्ष दश मेट्रिक टन बढी उत्पादन भएको

    • प्रकाशित मितिः पुस २७, २०८०
    • 541 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘नीजि क्षेत्रलाई राज्यले उपेक्षा गर्‍यो’

    धरान/ नीजि क्षेत्रलाई राज्यले उपेक्षा गरेको उद्योगी तथा व्यवसायीहरुले आरोप लगाएका छन् । सुनसरी उद्योग वाणिज्य संघको ४० औं साधारणसभाका अवसरमा उद्योगी तथा व्यवसायीहरुले नीजि क्षेत्रलाई उपेक्षा गरेको बताएका हुन् । सोमबार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष विजय श्रेष्ठले मुलुकमा ठूला ठूला राजनीतिक परिवर्तनदेखि भुकम्प तथा कोरोनाको महामारीको सामना गर्दै आएका उद्योगी तथा व्यवसायीहरुले तंग्रिन नपाउँदै पुनः डेंगु संक्रमणले थला पारेको वृतान्त प्रष्ट्याउदै यस्तो विषम् परिस्थितिमा पनि व्यवसाय तथा उद्योग सञ्चालन गरेको बताए । उनले राज्यले यस्तो विषम् परिस्थितिमा सहय

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 661 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • करनीतिमा परिमार्जन गर्न महासंघको माग

    विराटनगर/ नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले करको दायरा र दर घटाउन आन्तरिक राजश्व विभागलाई सुझाव दिएको छ । महासंघ प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउत नेतृत्वको टोलीले विराटनगरमा विभागका महानिर्देशक दिर्घराज मैनालीलाई भेटेर यस्तो सुझाब दिएको हो । अध्यक्ष राउतले देश चरम आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा उद्योगी व्यवसायीलाई राहत महसुस हुने गरी करको नीति परिमार्जन गर्न सुझाव दिएको बताए । महानिर्देशक मैनालीले अर्थ मन्त्रालय र नेपाल सरकारसँग सहकार्य गरेर उद्योगी व्यवसायीलाई राहत प्रदान गर्ने गरी करको नीति परिमार्जन हुनेमा आफू आशावादी रहेको उनको भनाइ छ । महासंघले भूक

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 436 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्युत कटौती प्रति विराटनगरका तिन उद्योग संगठनको आपत्ति

    विराटनगर/ लामो समय देखि विवादित रहेको डेडिकेटेड र ट्रंकलाईन विद्युत महशुलको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको उत्पादन नै ठप्प हुनेगरी विद्युत लाईन काटिएको सम्वन्धमा विराटनगरका तिन वटा व्यवसायीक संगठनहरुले आपत्ति जनाएका छन् । विराटनगरका उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै उद्योगहरुको विद्युत आपुर्ति काटिएकाले ध्यानाकर्षण भएको जनाएका छन् । उद्योगहरुमा विद्युत आपूर्ति काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुमा कस्तो सन्देश जाला ? विज्ञप्ती मार्फत प्रश्न गरेका छन् । विज्ञप्तीमा लेखिएको छ, &l

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 635 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निगाले सिमेन्ट उद्योग बन्द

    धनकुटा/ आर्थिक संकटका कारण कच्चा पदार्थ अभाव भएपछि धनकुटामा रहेको एक मात्रै ठुलो उद्योग निगाले सिमेन्ट उद्योग बन्द भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ६ सिधुवाँमा रहेको सिमेन्ट उद्योग बन्द भएको हो । दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको यो उद्योगले पछिल्लो समय तीन हजार बोरा मात्रै सिमेन्ट उत्पादन गर्दै आएको थियो । उत्पादन ठप्प भएपछि उद्योगका १ सय ५० जना भन्दा बढी कर्मचारी बेरोजगार बनेका छन् । आर्थिक संकटकै कारण उद्योगले दैनिक लाखौँ रुपियाँ घाटासमेत बेहोर्नुपरेको परेको छ । उद्योग गलत ठाउँमा खुलेका कारण सुरुवातदेखि नै चिसोका कारणका तीन सय टन उत्पादन क्षमता

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 634 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्योगको लाइन काटेकोमा संघ र उद्योगीको आपत्ति

    धरान/ निजि क्षेत्रबाट संचालित उद्योगहरुको विद्युत प्राधिकरणले लाइन काट्न थाले पछि उद्योगी व्यवसायीहरुले आपत्ति जनाउँदै लाइन जडान गरि उद्योग संचालनमा सहजता प्रदान गर्न माग गरेका छन् । प्रधानमन्त्रीको निर्देशनमा हजारौ सर्वसाधारणलाई रोजगारी प्रदान गर्दै आएको उद्योगहरुको लाइन काटेको विषयमा सुनसरी उद्योग वाणिज्य संघ र सम्बन्धित उद्योगहरुले आपत्ति जनाउदै संचालनमा सहजता प्रदान गर्न माग गरेका हुन् । सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा पत्रकार सम्मलेनको आयोजना गर्दै उद्योगको लाइन काटेको विषयमा आपत्ति जनाएको हो । संघका अध्यक्ष विजय श्रेष्ठले कोभिडको महामारी पश्चात मुलुकको अर्थतन्त्र लयमा फर

    • प्रकाशित मितिः पुस १२, २०८०
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आधुनिक खेतीप्रणालीले सुध्रिँदै इलामको अलैँचीखेती

    इलाम/ आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियोे । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । सूर्योदय नगरपालिका १ बाङ्गिनका बिरेन शेरेङले करिब एक सय रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन् । ‘ वर्षमा २७ देखि ३१ मन सम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर वार्षिक रु. आठ–दश लाख बचत हुन्छ’ उनले भने । अलैँची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको उनले बताए । जिल्लामा यस वर्ष एक हजार तीन सय २० दशमलव पाँ

    • प्रकाशित मितिः पुस १२, २०८०
    • 560 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टिकट काटेर गरे मुख्यमन्त्री कार्कीले एक्सपो अवलोकन

    विराटनगर/ कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङ व्यापार संघ ट्रेड एक्सपो अवलोकन गरेका छन् । उनी बुधबार अपरान्ह एक्सपो स्थल विराटनगर– २ स्थित शंकरपुर मार्ग पुगेका थिए । आफूसहित सुरक्षाकर्मी र सचिवालयका कर्मचारीको नाममा एक सय दरका दशवटा टिकट आफै खरिद गरे । त्यसपछि प्रवेशद्वारमा खटिएका प्रतिनिधिलाई टिकट देखाएर एक्सपो परिसरभित्र प्रवेश गरे । व्यापार संघका अध्यक्ष नविन रिजालले भने,“टिकट काटेर नै यस्ता आयोजनाहरु अवलोकन गर्नुपर्छ भन्ने विराटनगरबासीलाई सन्देश दिन मुख्यमन्त्रीले प्रयास गर्नु भएको हो ।” मुख्यमन्त्री कार्कीका स्वकीय सचिव दिवश राजवंशीका अनुसार कार्कीले

    • प्रकाशित मितिः पुस १२, २०८०
    • 632 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इनरुवामा धूप बनाउने तालिम सम्पन्न

    इनरुवा/ सुनसरीको सदरमुकाम इनरुवामा महिलाहरुका लागि धूप बनाउने तालिम सम्पन्न भएको छ । हाम्रो सहयात्रा मञ्च सुनसरीको सहकार्य तथा विन्दवासनि दाहाल दिदीबहिनी समूहको आयोजनामा धूप बनाउनेसम्बन्धी एकदिने तालिम सम्पन्न भएको हो । संस्थाका अध्यक्ष विनीता दाहालका अनुसार इनरुवा नगरपालिका–३ र ५ नम्बर वडाका दाहाल गृहिणी दिदीबहिनी महिलाहरुलाई व्यावसायिक बनाउन धूप बनाउने तालिम प्रदान गरिएको छ । इनरुवाका दुई वटा वडाका ४० जना गृहिणी महिलालाई धूप बनाउने तालिम दिइएको दाहालले जानकारी दिईन । तालिमको समापनको अवसरमा संस्थाका अध्यक्ष दाहालले सहभागीहरुलाई सीप सिकेर मात्रै नहुने भन्दै व्यवहारमा उतार्नुपर्ने

    • प्रकाशित मितिः पुस ११, २०८०
    • 674 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved