धरान/ पुरानो व्यापारिक केन्द्र भनेर चिनिएको धरानको व्यापार व्यवसाय दिनानु दिन खस्कँदो अवस्था पुगेपछि यहाँका पसलहरुको सटर धमाधम वन्द हुँदै गइरहेका छन् । व्यापार व्यवसाय दिन दिनै आरोलो तर्फ लाग्न थालेपछि कतिपय नाम चलेका व्यापारीहरु धरान छाडेर अन्यत्रै पलायन हुन थालेका छन् भने धरान वजारका अधिकाँस पसलका सटरहरु वन्द हुँदैं गएपछि व्यापारीहरु निराश हुँदै गइरेहका छन् । व्यापारीले व्यापार गरेर कोठा भाडा सम्म तिर्न नसकेपछि पसलका सटरहरु वन्द हुन थालेको स्वयम व्यापारी नै वताउँछन् । दशै तिहार छठै पछि एकासी सटर खाली भएका सूचनाहरुले धरानको बजार सजिएको पाइएको छ । सामाजिक सन्जालमा धरानका यवा व्यवसायी त
इलाम/ चाडपर्वको समयमा पनि नौंनी घ्यु र चिज अपेक्षा भन्दा थोरै बिक्री हुँदा इलामका डेरी उद्योगहरु समस्यामा परेका छन् । व्यावसायीहरु अधिक उत्पादन र न्यून बिक्रीको समस्या भोग्ने अवस्थामा पुगेपछि उनीहरुले बजारको चिन्ता गर्न थालेका छन् । दुधको राजधानी भनेर चिनिदै आएको कोशी प्रदेशको इलाममा उत्पादन भएको चिज र घ्युले बजार नपाउँदा उत्पादकहरु समस्यामा परेका हुन् । डेरी उद्योगहरुले ६ महिना यता घ्यु र चिज स्टोरमै थन्क्याएर राख्न बाध्य भएका छन् । इलाममा डेढसय बढी डेरी उद्योगहरु सञ्चालनमा छन् । अधिकांश डेरीहरुमा कम्तिमा पाँच हजार किलो देखि १८ हजार किलो नौंनी र चीजको ‘स्टक’ रहेको दु
काठमाडौं/ नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको छ। आइतबार सुन चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर स्थिर भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजावी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार पछिल्लो १२ दिनमा ५१०० रुपैयाँले सुनको मूल्य बढेको छ । कात्तिक एक गतेदेखि हरेक दिनजसो उच्च मूल्यमा कारोबार भइरहेको सुनको मूल्य शुक्रबार एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । कात्तिक एक गतेदेखि सुनको मूल्य बढिरहेको छ
धरान । वडा दशैमा कृषकहरुको चाहना एउटै हुन्छ । आफूले पालेको खसी बोका विक्री गरेर आएको रकमले दशै खर्च टार्ने । तर यसपटक कृषकले सोचेका कुरा देशमा भएको आर्थिक मन्दीले तहसनहस बनाएको छ । दशैका लागि विक्री गर्न ल्याएको खसीको बोकाले उचित मुल्य नपाउँदा किसानहरु चिन्तित बनेका हुन् । गाउँ–गाउँबाट सकलन गरी विक्रीका लागि ल्याइएको खसी बोकाले उचित मुल्य नपाउँदा कृषक तथा व्यापारी चिन्तित बनेका हुन् । दशैका लागि विक्री गर्न ल्याएको खसी बोकाले उचित मुल्य नपाउँदा कृषक तथा व्यापारी चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस पटक खसी बोकाले उचित मुल्य नपाएपछि उनीहरु चिन्तित बनेका हुन् । धरानस्थित कृषि बजारमा
सुनसरी/ मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा ४ सय केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४ सय केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमवार चार्ज गरिएको छ । मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँगको विद्युत व्यापारका लागि जीआईएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेसन हो । इनरुवामै २२०/१३२/३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छ । हेटौंडा–ढल्केबर&nda
धरान / नेपालीहरुको चाड दशै भित्रिसक्दा पनि व्यपारीहरुको व्यापार व्यवसाय डामाडोल भएको भन्दै उद्योगी तथा व्यवसायीहरुले निर्धक्कसँग व्यापार गर्ने वातावर तयार पारिदिन प्रशासन समक्ष माग राखेका छन् । सुनसरी उद्योग वाणिज्य संघ धरानले बुधबार संघकै कार्यकक्षमा आयोजना गरेको दशै, तिहार तथा छैठ पर्वको शुभकामना तथा चाडपर्व लक्षित सुरक्षा चुनौतिका विषयमा आयोजिक कार्यक्रममा अधिकांश व्यवसायीहरुले सुरक्षा नभएको, प्रहरी प्रशासनले अनाहकमा व्यवसायीलाई दुः ख दिएको, बैंकको व्याजदरले व्यवसायी उठ्नै नसक्ने अवस्था भएको, स्थानीय सरकार र कर कार्यालयले अनाधिकृत रुपमा कर असुली गरेको लगायतका विषयमा प्रशासन समक्ष उठाए
झापा/ पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत बनेको अलैंची खेती तथा व्यवसायमा समस्यै–समस्या रहेको सरोकारवालाले बताएका छन् । संघीय सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिव सवनम शिवाकोटीको प्रमुख आतिथ्यतामा नेपाल अलैंची व्यवसायी महासंघले विहिबार आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रमका अलैंची कारोबारमा समस्यै–समस्या भएको बताएका हुन् । उनीहरुले अलैंची उत्पादनदेखि बजारीकरणको समस्याले अलैंचीको मूल्यमा निरन्तर उत्तार–चढाब आएको बताए । अन्तरक्रियामा सहसचिव शिवाकोटीलाई नेपाल अलैंची व्यवसायी महासंघले अलैंची खेती तथा व्यवसायमा रहेका समस्याहरुको हल गरि
सुनसरी/ पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको चौतर्फि विरोध भएपछि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आइतबार बसेको क्याबिनेट बैठकले मूल्य वृद्धि फिर्ता लिने लिन आयल निगमलाई निर्देशन दिएको हो । सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थिो । त्यस्तै
खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन्। खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट सोह्र वर्षको उमेरमा ‘ए’ ग्रेड ल्याएर एसइई उत्तीर्ण गरेका उनले घरको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्ने मनस्थिति बनाए। गाउँका अधिकांश परिवार वैदेशिक रोजगारीमा रहेकाले मिलनको रोजाइ पनि विदेश जाने नै रह्यो। मलेसिया जानका लागि आवश्यक कागजात बोकेर काठमाडौँ पुग्नुभएका उहाँले मेनपावर कम्पनीमा राहदानीसमेत बुझाए। वैदेशिक रोजगारसम्बन्धी काम गर्दै आएका खोटाङकै केपिसालगढी गाउँ
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई शैक्षिक हब बनाउनु पर्नेमा जोड दिएका छन्। विराटनगरको सगरमाथा कलेजले उत्कृष्ट अङ ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने आयोजना गरेको कार्यक्रममा बोल्दै मेयर कोइरालाले पछिल्लो समय विराटनगर शैक्षिक हब बन्दै गएको बताउदै । “शिक्षा र स्वास्थ्यको सेवा लिनका लागि अब विराटनगर बाहिर जानु नपर्नै मेयर कोइरालाले बताएका छन “देशभरिकै उत्कृष्ट अंक ल्याउने विद्यालय र कलेज विराटनगरमा रहेको छन हामीसित दुई–दुईवटा मेडिकल कलेज समेत रहेको छन् । तर पनि हाम्रा विद्यार्थीहरु काठमाडौं र विदेश पढ्न गइरहेका छन् । ” उनले गत आर्