अर्थ

    Showing 151-160 of 1,054 items.
  • संस्थागत अनुभव र स्पष्ट दृष्टिकोणका साथ गोपाल श्रेष्ठ अध्यक्ष पदमा अघि बढ्दै 

    धरान/ धरानमा केन्द्रीय कार्यालय रहेको सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको माहोल तात्दै गएको छ। यो पटक संघको नेतृत्वमा दृढ संकल्प, अनुभव र नवीन सोच बोकेका गोपाल श्रेष्ठ बलियो उम्मेदवारका रूपमा अघि बढेका छन्। संघमा २०४७ सालदेखि निरन्तर योगदान दिँदै आएका श्रेष्ठ हालको कार्यसमितिमा प्रथम उपाध्यक्ष हुन्। उनले कार्यकारिणी सदस्यदेखि कोषाध्यक्ष, सल्लाहकार, उद्योग सचिवसम्मका जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका छन्।   अब संघलाई आधुनिक, प्रभावशाली र व्यवसायी हितमैत्री बनाउने लक्ष्यसहित अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। अनुभव र योगदानको दह्रो आधार गोपाल श्रेष्ठ केवल उम्

    • प्रकाशित मितिः असार २६, २०८२
    • 699 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिवराज प्यानलको चुनावी प्रतिवद्धताः सुरुङ मार्ग– किमाथांका ड्राइपोट–हेलिप्याड सम्म

    धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघको चुनाबको अध्यक्ष पदका उम्मेद्धवार शिवराज श्रेष्ठ प्यानलले चुनावी प्रतिवद्धता सहित टिमको नामवाली सार्वजनिक गरेको छ ।अध्यक्षको लागि दुई वटा प्यानल मध्ये मंगलबार शिवराज श्रेष्ठको प्यानलले चुनावी प्रतिवद्धता सहित उम्मेद्धवारहरुको नामवाली पनि सार्वजनिक गरेको हो । श्रेष्ठको प्यानलले धरानको व्यापार व्यवसायलाई थप चलायमान गराउनको लागि धरान लेउती सुरुङमार्ग आवस्यकतालाई मध्यनजर गरी निर्माण गर्न नेतृत्वदायी भुमिका निर्वाह गरिने उल्लेख छ । धरान बजारको व्यापार व्यवसायलाई सुरुङ मार्ग मार्फत सडक सञ्जाल जोड्दै सुस्ताएको धरानको व्यापारिक बजार चहलपहल

    • प्रकाशित मितिः असार २४, २०८२
    • 924 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महानगरद्वारा ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण

    विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको छ । विराटनगर–१९ स्थित बैजनाथपुर कृषि सहकारी संस्थालाई महानगरले २४ लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तारण गरेको हो । जसमा १२ लाख रुपैयाँ महानगर र १२ लाख रुपैयाँ कृषि सहकारीले व्यहोरेको छ । मंगलबार महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलको उपस्थितिमा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखाका प्रमुख प्रतीक गड्तौला, कृषि तथा पशुपंक्षी विकास शाखा

    • प्रकाशित मितिः असार २४, २०८२
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन : गोपाल कि शिवराज ? कस्ले जित्ला अध्यक्षको कुर्सी?

    धरान/ सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष पदको निर्वाचन नजिकिँदै जाँदा धरानको व्यापारिक माहोल मात्र होइन, बौद्धिक र राजनीतिक वृत्त समेत चुनावी सरगर्मीले तताइएको छ। असार ३० गते हुने निर्वाचनलाई लिएर संघको नेतृत्व कसले लिने भन्ने बहस अहिले चिया पसलदेखि उद्योग परिसंघसम्म गुञ्जिरहेको छ। अध्यक्ष पदका लागि वर्तमान प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ र अघिल्लो कार्यकालमा अध्यक्षमा पराजित शिवराज श्रेष्ठ प्रतिस्पर्धामा छन्। दुवै जना अनुभवी, योजनाबद्ध र व्यापारी वर्गसँग सघन सम्पर्कमा रहेका उम्मेदवार हुन्। यद्यपि, उनीहरूको एजेन्डा र नेतृत्वको दृष्टिकोण फरक–फरक देखिन्छ। गोपाल श्रेष्ठ ८ जना पूर्व अ

    • प्रकाशित मितिः असार २४, २०८२
    • 788 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–१६ को ग्याबिन जाली विवाद टुंगियो, सामूहिक सहमतिसहित भुक्तानी प्रक्रिया अघि बढ्यो

    धरान/ धरान उपमहानगरपालिका–१६ स्थित नौलो बस्तीमा निर्माण भएको ग्याबिन जाली (तार जाली) सम्बन्धी विवाद अन्ततः समाधान भएको छ। निर्माण सम्पन्न भइसकेको संरचनाको भुक्तानीमा देखिएको अन्योल अन्त्य गर्न मेयर हर्क साम्पाङको पहलमा सर्वपक्षीय छलफलपछि सहमति जुटेको हो। मेयर साम्पाङ, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्राविधिक कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायी र स्थानीय बासिन्दाको उपस्थिति रहेको बैठकपछि सार्वजनिक निरीक्षण गरिएको थियो। सो क्रममा सम्झौताबमोजिमको म्याटेरियल मूल्य रु. ७ लाख ४१ हजार उपभोक्ता समितिलाई भुक्तानी दिने निर्णय गरिएको छ। प्राविधिक विवरणअनुसार, ३x१x१ र २x१x१ साइजका

    • प्रकाशित मितिः असार २४, २०८२
    • 1,184 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भुक्तानी नपाएपछि धरानका निर्माण व्यवसायीको ज्ञापनपत्र, मेयरले दिए चाँडै समाधानको आश्वासन

    धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी नपाएको गुनासो गर्दै निर्माण व्यवसायीहरूले सोमबार (आज)मेयर हर्कराज राई ‘साम्पाङ’लाई औपचारिक रूपमा ज्ञापनपत्र बुझाएका छन्।नेपाल निर्माण व्यवसायी संघ धरान उपमहानगर समितिका अध्यक्ष महेन्द्र प्रधानको नेतृत्वमा पुगेको टोलीमा संघका जिल्ला महासचिव तिल विक्रम लिम्बु, उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष  गोपाल श्रेष्ठ, नगरका पदाधिकारी, निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूको बाक्लो उपस्थिति थियो।ज्ञापनपत्रमार्फत व्यवसायीहरूले सम्पन्न भइसकेका निर्माण कार्य—जसमा सडक, नाला, भवन मर्मत, खानेपानी, ढललगायतका पूर्वाधार समेटिएका छन्&md

    • प्रकाशित मितिः असार २३, २०८२
    • 641 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भुक्तानी रोकेको भन्दै मेयर साम्पाङलाई मागपत्र

    धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रोकिएको भन्दै उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले मेयर हर्कराज राई ‘साम्पाङ’लाई संयुक्त मागपत्र बुझाएका छन्। आइतबार मेयरको कार्यकक्षमै पुगेका उपमेयर अइन्द्रबिक्रम बेघा, सबै वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले योजनासम्बन्धी रोकिएको भुक्तानी प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेका हुन्। उनीहरूले असार १६ गतेयता मेयर साम्पाङले स्वीकृत योजनाका भुक्तानी फाइलहरू आफूमातहत राखेर प्रक्रिया अवरुद्ध पारेको उल्लेख गरेका छन्। “पूर्व स्वीकृत तथा नियमानुसार अनुगमनसमेत भइसकेका योजनाको भुक्तानी अन्तिम चरणमा रोकिँदा संघ र प्रदेश सरकारक

    • प्रकाशित मितिः असार २२, २०८२
    • 593 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोवाइल अनुगमन: भएन प्रभावकारी

    धरान/ व्यवसायिक फर्महरुमा सम्बन्धित निकायले जतिपटक अनुगमन गरे पनि मापदण्ड अनुरुप कानुनको पालना गरेर सञ्चालन गरेको पाइदैन । स्थानीय स्तरमा धरान उपमहनगरपालिकाको अनुगमन महाशाखा लगायत बेला बेलामा नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय मातहमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने अनुगमन समेत प्रभावकारी पाइदैन । स्थानीय स्तरमै नियमित अनुगमन गरी व्यवसायीहरु व्यवसायिक फर्मलाई मापदण्डमा ल्याउने अनुगमन महाशाखाले नियमित अनुगमन गर्नुपर्ने भएपनि मौसमी अनुगमन गर्ने गर्छ ।यस्तै अनुगमनको अख्तियारी पाएर स्थानीय तहको अनुगमन महाशाखासँग समन्वय गरेर खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय, उ

    • प्रकाशित मितिः असार २२, २०८२
    • 806 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुउवासंघमा गोपाल र शिवराजको उमेद्धवारी ,यस्तो छ एजेण्डा(भिडियो हेर्नुहोस)

    धरान । सुनसरी उद्योग वाणिज्य संघ,धरानको आगामी असार ३० गते हुने नयाँ पदाधिकारी चयनको लागि शनिबार उम्मेद्धवारी मनोनयन दर्ता भएको छ ।निर्वाचन समितिका अनुसार, संघको अध्यक्षका लागि गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठले उम्मेद्धवारी दर्ता गराएका छन् । निर्वाचन समितीका प्रमुख निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माका अनुसार वाणिज्य तर्फ १५ जना ,उद्योग तर्फ ७ जना,एसोसिएट तर्फको सदस्यका लागि ५ जना ,वस्तुगत तर्फ ३ जना ,उद्योग तर्फ महिला सदस्यको पदको लागि भने मीना राई निर्विरोध भएकी छिन् ।निर्विरोध निर्वाचित भएकी राई गोपाल श्रेष्ठ प्यानलकी हुन् । वाणिज्य तर्फको महिला सदस्यको लागि भने २ जनाले उम्मेद्धवारी दर्ता

    • प्रकाशित मितिः असार २१, २०८२
    • 759 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पव्लिकको प्रवेश परीक्षामा ४ सय ६५ जना उतीर्ण

    धरान । धरानको सामुदायिक विद्यालय मध्येकै उत्कृष्ट मानिएको पव्लिक हाई स्कुल धरान १२ ले शनिबार कक्षा ११ को लागि लिएको प्रवेश परीक्षा लिएको छ ।  स्कुलका प्रधानाध्यापक डा. इन्द्र मोहन झाका अनुसार ५ सय ९४ जना विद्यार्थी सहभागि थिए भने जम्मा ४ सय ६५ जनाले उतीर्ण गरेको बताइएको छ । स्कुलका अनुसार पब्लिक हाई स्कुलबाट २७२ परीक्षार्थी मध्ये २३१ जना उत्तीर्ण भएका थिए भने अन्य विद्यार्थी धरान र धरानदेखि बाहिरका विद्यार्थी सामेल थिए । प्रधानाध्यापक डा. झाका अनुसार वाह्य जिल्लाका विद्यार्थीहरुसागुरीगढी, धनकुटा, तेह्रथुम, पाँचथर, खोटाङ, सङ्खुवासभा, भोजपुर र कोहलपुर देखि समेत विद्यार्थ

    • प्रकाशित मितिः असार २१, २०८२
    • 1,220 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved