५० प्रतिशत अनुदानमा बराहक्षेत्र नगरपालिकाद्वारा व्यवसायिक कृषकलाई ‘सिटी सफारी’ वितरण

  • असार २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको बराहक्षेत्र नगरपालिकाले स्थानीय उत्पादनको ढुवानी सहज बनाउन व्यवसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा विद्युतीय ढुवानी साधन ‘सिटी सफारी’ हस्तान्तरण गरेको छ।

नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्ययोजनाअनुसार चार जना व्यवसायिक कृषक तथा कृषि संस्थालाई सिटी सफारी वितरण गरेको हो।

शाखा प्रमुख तुलसा लिम्बूका अनुसार प्रत्येक सिटी सफारीको लागत ४ लाख २० हजार रुपैयाँ पर्ने भए पनि कृषकले त्यसको मात्र २ लाख १० हजार तिर्ने छन् भने बाँकी रकम नगरपालिकाले व्यहोरेको छ।

सिटी सफारी वितरणबाट स्थानीय कृषकको समय, श्रम र ढुवानी लागत घट्ने, ताजा उत्पादनको मूल्य जोगिने र बजारसम्म सजिलो पहुँच कायम हुने अपेक्षा गरिएको छ।

यसपटक पृतिचन माझी, बिष्ट कृषि फार्म, नवदुर्गा कृषि सहकारी संस्था र दाजुभाइ कृषि फार्म अनुदान प्राप्त समूहमा परेका छन्।

वितरण कार्यक्रम नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल र आर्थिक विकास संयोजक तेजबहादुर गुरुङको उपस्थितिमा सम्पन्न भएको थियो।

बिष्ट कृषि फार्मका प्रतिनिधि अर्जुन बिष्टले भने, “हामीलाई सबैभन्दा ठूलो चुनौती खेतको उत्पादन बजारसम्म पुर्‍याउनु हो, अब ढुवानी सजिलो हुनेछ र नोक्सानी पनि घट्नेछ।”

कृषि शाखा प्रमुख लिम्बूले आगामी वर्षहरूमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्ने योजना रहेको बताउँदै भनिन्, “स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै कृषकको जीवनस्तर उकास्न हामी यस्ता कार्यक्रमलाई प्राथमिकता दिइरहेका छौँ।”

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved