खडेरीका कारण कृषकले समयमै धान रोप्न पाएनन

  • असार २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ समयमै पानी नपाएपछि धरानका किसानले धान रोप्न पाएका छैनन । धान रोप्न नपाउँदा रोप्नका लागि राखेको विउ समेत सुक्न थालेको छ । पानी नपरेर लामो खडेरीका कारण मुख्य खाद्यबाली धान रोप्न नपाउँदा किसान चिन्तित छन् ।

हल्का फाट्ट फुट्ट बर्षा बाहेक अधिकांश भागमा पानी नपर्दा गर्मी ह्वात्तै बढेको छ ।

यो समस्या धरानका कृषकको मात्र होइन, पूर्वी तराईमै खडेरी भइरहेको किसानहरूले बताएका छन् । अषाढको अन्तिमसम्म धान रोपिसक्ने भएपनि बर्षाद् नभएकोले शुरुवात नै गर्न नपाइएको धरान ६ का कृषक बृद्धिमान तामाङको भनाई छ ।

धरान ६ पानबारी कृषि पकेट क्षेत्रको रुपमा धरान उपमहनगरपालिकाले लिएको छ । यहाँ उत्पादन भएको बाली तथा सागसब्जी धरान तथा धरान आसपाससम्म जाने गरेको छ ।

कहीँ बाढीले कुनै पुल पुलेसा बगाइरहेको अवस्थामा पूर्वमा भने पानी नपर्दा कृषकहरुले समयमै धान रोप्न नपाएको मात्र हैन कृषककका लागि सरकारले मल विउ समयमै उपलब्ध नगराउदा समस्या हुने गरेको धरान ६ का अर्का कृषक दानबहादुर कुरुम्बा बताउछन् ।

कृषकले धान खेती रोप्न मात्र नपाएका होइन, खेतबारीमा लगाएको खुर्सानी, गोलभेंडा, प्याज, फर्सी, काक्रो, सिमीबोडी लगायतका बाली घामबाट जोगाउन मुस्किल हुने गरेको छ ।

तामाङ र कुरुम्बा मात्र हैन कृषि पकेट धरानको कृषि पकेट क्षेत्रभित्र रहेको ४, ५ र ६ का कृषहरुले समयमै बर्षाद नहुदा समस्या भोगेका छन् । मानो रोपेर मुरी उमार्ने मुख्य सिजनमै पानी नपरेपछि कृषि पकेट क्षैत्रका कृषकहरु चिन्तित बनेका छन् ।

यस बर्ष खडेरीले धान उत्पादनमा समेत कमी हुने कृषकहरु बताउँछन् ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved