समाज

    Showing 821-830 of 6,695 items.
  • धरान मदिरा व्यवसायी संघको शुभकामना आदानप्रदान

    धरान/  विजया दशमी, दिपावली, नेपाल संवत् ११४६ तथा छठ पर्वको अवसरमा धरान मदिरा व्यवसायी संघले शुक्रबार साँझ धरानमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् । सोही कार्यक्रममा व्यवसायीले वर्तमान बजारको सङ्कटबारे चिन्तासमेत व्यक्त गरे । नेपाल मदिरा व्यवसायी महासङ्घका कोशी प्रदेश अध्यक्ष नवीन तामाङले खुद्रा तथा थोक व्यवसायी पलायन हुँदै गइरहेको बताए । उनले व्यवसायी पलायनका कारण पहिल्याउनु पर्ने बताए । मुलुकमा जारी नयाँ किसिमको आन्दोलनले व्यवसायी सशङ्कित, त्रसित र भयभीत भएको धरानका व्यवसायीले बताएका हुन् । जेनजी आन्दोलनका कारण उद्योग, व्यवसाय गुमाएका उद्योगी व्यवसायीलाई सान्त्वना दिँदै स

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 680 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • केराबारीमा सेतै फुल्यो काँस घारी, मौन छन् जनप्रतिनिधि

    धरान/ धरानबाट केही बेर उत्तर तर्फ यात्रा ग¥यो भने, मोरङको केराबारी–६ मा एउटा सपनाजस्तै देखिने फाँट खुलिन्छ — जहाँ सेतै सेतो काँसले आकाश छुने प्रयास गरिरहेको हुन्छ । सतिसालेको त्यो ठाउँ, जुन अहिले भाइरल काँस घारी भनेर चिनिन्छ, साँच्चै प्रकृतिले प्रेम लेखेको क्यान्भासजस्तै देखिन्छ।वर्षमा एक पटक मात्र फुल्ने यी काँसहरू, जब चुरे फेदीको हरियालीलाई सेतो ओढारले ढाक्छन्, तब त्यो दृश्य कुनै कविताभन्दा कम हुँदैन। बिहानैदेखि धरान, इटहरी, बेलबारीतिरबाट युवायुवती, परिवार, अनि जोडीहरू त्यहाँ पुग्छन् —कोही फोटोको क्याप्सनमा प्रेम खोज्दै, कोही टिकटकको क्लिपमा यादहरू कैद गर्दै। चारकोसे

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 729 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ३४० किलो गाँजा बरामद, दुई तस्कर फरार

    सुनसरी/विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ विशाल चोक नजिकै ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। मिति २०८२ असोज १० गते राति करिब १:४० बजे धरानबाट कालाबञ्जारतर्फ जाँदै गरेको BR 11 BR 7102 नम्बरको कार र नखुलेको नम्बरको २२० पल्सर मोटरसाइकललाई प्रहरीले रोक्न खोज्दा दुबै सवारी धरानतर्फ भागेका थिए। प्रहरीको पछ्याइपछि मोटरसाइकलमा सवार चालकले कार छाडेर भागेपछि प्रहरीले कारलाई नियन्त्रणमा लिई तलासी गर्दा ११ वटा प्लास्टिकको पोकामा लुकाइएका ३४० केजी गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ। बरामद लागू औषधसहितको कार नियन्त्रणमा लिएर थप अन

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 543 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा टिफरको ठक्करबाट एक महिलाको मृत्यु

    धरान/धरान–८ हिमाली पेट्रोल पम्प छेउस्थित कोशी लोकमार्गमा बिहिबार दिउँसो टिफरले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ। धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७५०९ नम्बरको टिफरले करिब ३४–३५ वर्षको महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते भएकी महिलालाई उपचारका लागि तत्काल वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। बाहिरी चोट नदेखिए पनि अवस्था गम्भीर भएको र दिउँसो करिब २:४० बजे उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। घटनास्थलमा प्रहरी चौकी धरानका प्रहरी नायब निरीक्षक छबिलाल भण्डारीको कमाण्डमा प्रहरी टोली पुगेको थियो। टिफर चालक मोरङ, केरावारी गा

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 1,002 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लहानकी सीताको पीडा: ‘जसलाई गरिबीले पलपल मारिरहेको छ’

    लहान/  लहान नगरपालिका–१४ बस्तीपुरको एउटा छानो, जहाँबाट पानी चुहिरहेको छ। झुप्रोको कुना–कुना चिसिएको छ, तर त्योभन्दा चिसो बनेको छ सीता पासवानको मन। असोज २ गते, श्रीमान् बद्री पासवानको निधनसँगै सीताको जीवनमा आँधी हुरी चलेको छ। श्रीमान् गुमाइसकेपछि तीन नाबालक छोराको जिम्मेवारी सीताको काँधमा आइपुगेको छ । भोकसँगको सङ्घर्ष र भविष्यप्रतिको अनिश्चितता एकै पटक आइपरेको छ।‘तेह्र दिनको किरिया कर्म गर्नुपर्छ, अझै केही दिन बाँकी छ । भरदिन मजदुरी नगरे बेलुका मुखमा माड लाग्दैन। कसरी बालबच्चालाई खुवाउने भन्ने चिन्ता छ’, आँखाभरि आँसुले बोल्न अवरोध गरिरँदा पनि उनले हामीसँग भनिन

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 535 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नौरथाको चहलपहल हराउँदै

    धरान/  विजयादशीको नौरथा शुरु हुनासाथ धरानका मठमन्दिरमा देखिने चहलपहल विगत केही वर्षयता हराउँदै गएको छ । विगतमा युवा–युवतीदेखि बालबालिकासम्म विहानै मठमन्दिर पुग्ने गरेका थिए भने अहिले यो प्रचलन लगभग हराएको देखिन्छ । धरान १४ विजयपुरका मठमन्दिरहरु नौरथा सुरु भएलगत्तै अत्याधिक चलायमान हुने गर्थे । विहान ३ बजेदेखि नै दर्शनार्थीहरुको भीड लाग्ने गर्दथ्यो । विशेष गरी दन्तकाली शक्तिपीठमा नौरथाको समयमा निकै भीड हुने गथ्र्यो । तर यस वर्ष नौरथामा मठमन्दिर पुगेका युवायुवती तथा बालबालिकाको उपस्थिति नगन्य मात्र देखिएको छ । समाजसेवी धर्मप्रेमीका अनुसार २०७२ सालको भूकम्प, त्यसपछिको कोभिड&nd

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 562 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रहरी चौकीलाई झ्यालमा पर्दा वितरण

    सुन्दरहरैंचा/  मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गछियास्थित प्रहरी चौकीलाई स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले झ्यालमा लगाउने पर्दा वितरण गरेको छ। वडा अध्यक्ष भुवन सिंह आले मगरको उपस्थितिमा समाजका अध्यक्ष नेत्र प्रसाद चम्लागाईसहितको टोलीले २९ थान पर्दा उपलब्ध गराएको समाजका प्रवक्ता नरबहादुर गुरुङले जानकारी दिए। संक्षिप्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष आले मगरले प्रहरी चौकीलाई आवश्यक सामग्री उपलब्ध गराएर नागरिक समाजले प्रशंसनीय कार्य गरेको बताए। त्यस्तै, समाजका अध्यक्ष चम्लागाईले प्रहरी चौकीलाई सहयोग गर्न पाउँदा खुशी लागेको भन्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 561 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा

    खोटाङ/  खोटाङको तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। हलेसी तुवाचुङ नगरपालिका–७ मा रहेको किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा कंक्रिट प्रयोग नगरी चुनासुकीको पर्खाल निर्माण पदमार्ग सात सय ३० मिटर लामो छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लगानीमा निर्माण सुरु गरिएको पदमार्गलाई हलेसी तुवाचुङ नगरपालिकाले ‘तुवाचुङ मिनी ग्रेटवाल’ नामकरण गरेको छ । किरात समुदायको सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजङमा मिनी ग्रेटवाल नामको पदमार्ग निर्माण गरिएसँगै सुन्दर बन्दै गएको छ। तुवाचुङ मिनी ग्रेटवालमा चुना र इँटाक

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 538 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा १० किलो गाँजा बरामद

    सुनसरी/सुनसरीको बराहक्षेत्र नगरपालिका–१ रानी खोलास्थित झाडीमा लुकाइएका १० किलो गाँजा प्रहरीले बरामद गरेको छ। मिति २०८२ असोज ९ गते राति करिब १२:२० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको टोलीले सडक छेउमा बोरा भित्र प्याक गरी राखिएको अवस्थामा गाँजा फेला पारेको हो। बरामद गरिएको गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइ कानूनी प्रक्रिया अघि बढाइँदै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 579 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मौकामा चौका यातायातमा सेटिङ,६ सयबढी सवारी दर्ता

    विराटनगर/  जेनजी आन्दोलनका क्रममा कार्यालय ध्वस्त भएपछि सेवा स्थगित भएको यातायात व्यवस्था कार्यालयल सवारी कोशीले निजी गाडी कम्पनीसँगको सेटिङमा नयाँ सवारी दर्ता गरेको छ । व्यक्तिको घरमा कार्यालय खडा गरेर कार्यालयका प्रमुख बाबुराम लुइँटेलले नयाँ सवारी दर्ता गरिदिएका हुन । उनले असोज ५ र ७ गते नयाँ सवारी दर्ता गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशीले जनाएको छ ।भदौ २४ गते भएको आन्दोलनका क्रममा यातायात कार्यालय सुनसरीमा तोडफोड र आगजनी भएको छ । आगजनी पछि कार्यालयबाट काम गर्न सक्ने अवस्था छैन । सेवा सञ्चालन गर्न नसक्ने अवस्थापछि आन्तरिक मामिला तथा कानून मन्त्रालयले मातहतका सबै याताय

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 599 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved