समाज

    Showing ७११-७२० of ७,१०९ items.
  • नगरपालिकाद्बारा वराहक्षेत्रको बाङ्गे बजारमा अनुगम

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ७ स्थित बाङ्गे बजारमा अनुगमन गरिएको छ । बिहिवार वराहक्षेत्र नगरपालिकाको अनुगमन टोलिले बाङ्गे बजार अनुगमन गरेको हो । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार नियमित बजार अनुगमन कार्यक्रम अन्तर्गर बजार अनुगमन गरेको हो । अत्यावश्यक खाद्यवस्तुको मूल्य बढि, एकरूपता नभएको म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै नगर उप(प्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्रिय भएको हो । वडा कार्यालय , नगरपालिकाको कार्यलय गर्नु पर्ने दर्ता प्रकृया , राजश्

    • प्रकाशित मितिः माघ २९, २०८२
    • ४०६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुशासनदेखि समृद्धिसम्म : सुनसरी–१ मा नेकपाको १५ बुँदे प्रतिबद्धता

    धरान/ संघीय प्रणाली सुदृढीकरण, पारदर्शी बजेट प्रणाली, कृषि आधुनिकीकरण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुनसरी निर्वाचन क्षेत्र नं. १ का लागि समग्र विकासमुखी १५ बुँदे स्थानीय प्रतिबद्धता पत्र बिहिवार सार्वजनिक गरेको छ। धरानको ड्रीम्ल्याण्ड होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबास व्यवस्थापनदेखि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, भाषा–संस्कृति संरक्षण र सुशासनसम्मका विषय समेटिएका छन्। प्रतिबद्धता पत्रमा वास्तविक सुकुम्बासीलाई आवास तथा जमिनको हक सुनिश्चित गर्ने,

    • प्रकाशित मितिः माघ २९, २०८२
    • ४७३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान ४ एमालेको आधार एमाले उमेद्वार टीकाराम लिम्बू

    धरान/  नेकपा (एमाले) का सूर्य ध्वजावाहक उमेद्वार टीकाराम लिम्बूले धरान ४ नम्बर वडा नेकपा (एमाले) को सधैँ आधारभूमि रहेको बताउँदै यसपटक पनि त्यो विरासत कायमै रहने बताएकाछन् । एमाले धरान ४ को विकासको इतिहासदेखि सारथी रहेको स्मरण गराउँदै बाँकी रहेका विकास निर्माण सम्पन्न गर्न पनि एमालेलाई जिताउनु पर्ने लिम्बूले बताए । बिहिबार धरान वडा नम्बर ४ स्थित खैरेनीटारमा निर्वाचन परिचालन समितिको कार्यालय शुभारम्भ गर्दै धरान ४ को सडक पूर्वाधार, पर्यटन, कृषि, स्वास्थ्य र शिक्षाको बाँकी कामहरु पुरा गर्न एमालेले आफुलाई उमेद्वार बनाएको बताए । उनले भने हर्दिया कन्यापोखरी कृषि सडकको अपुरो कामलाई तत्काल

    • प्रकाशित मितिः माघ २९, २०८२
    • ६६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा युवा उम्मेद्वार लिम्बूलाई बढ्दो जनसमर्थन

    धरान/ नेकपा (एमाले) का सूर्य ध्वजावाहक उम्मेद्वार टीकाराम लिम्बूलाई धरान–१५ मा बढ्दो जनसमर्थन देखिएको छ। घरदैलो कार्यक्रमका क्रममा स्थानीय मतदाताले युवा उम्मेद्वारप्रति उत्साह व्यक्त गर्दै समर्थन जनाएका हुन्। श्यामचोककी इन्द्रकला लावतीले उम्मेद्वार लिम्बूलाई आफ्नै घरमा पहिलो पटक देखेपछि सूर्य चिन्हमा मतदान गर्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “उम्मेद्वार भनेपछि उमेर ढल्किएको व्यक्ति हुन्छ भन्ने सोच थियो, तर एमालेले समयको माग अनुसार युवा उम्मेद्वार अघि सारेको रहेछ। हाम्रो भोट सूर्यलाई नै हो।” बिहीबार एमालेले धरान–१५ नम्बर वडामा आयोजना गरेको घरदैलो कार्यक्रम श

    • प्रकाशित मितिः माघ २९, २०८२
    • ४१३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनोजः भूगोल र मन जोड्न आएको मान्छे

    मनोज भट्टराई, यो नाम सुन्नासाथ एउटा श्यामल वर्णको अलि होचो कदको मान्छेको विम्ब आउँछ । त्यसैमा जोडिन्छ निलो कोट र पाइन्ट । जस्तो कि कहिलेकाहीँ निलो र कालो रङ्गको संयोजन हेर्ने होभने मनोज भट्टराई हेरुजस्तो । हामीले चिनेको मनोज भट्टराईको खास नाम सूर्यबहादुर भट्टराई हो, तर सबैले चिन्ने वा प्रिय नाम मनोज भट्टराई नै हो । मनोज भट्टराई नामले यति धेरै चकचक गरेको छ नि, खसोखासमा सुर्यबहादुर भट्टराई नामलाई नागरिकतामा कहिँ चेप्टाएर राखिदिएको छ ।  तत्कालिन नेकपा माओवादीको पेचिलो सङ्घर्षले नेतृत्वकोरुपमा जन्माएको हो, मनोज भट्टराईलाई । त्यसैले उनी ०७४ र २०७९ गरि दुई पटक धरान–१७ को वडाध्यक्ष भए ।

    • प्रकाशित मितिः माघ २८, २०८२
    • ४१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २६औं बुढासुब्बा गोल्डकप : 'प्लानिङ बोइज युनाइटेड' फाइनलमा प्रवेश

    सुनसरी/बुढासुब्बा गोल्डकपको २६औं संस्करणमा पहिलोपटक सहभागिता जनाएको लालीगुँरास एसोसियसन पोखरालाई पराजित गर्दै नव आगन्तुक 'प्लानिङ बोइज युनाइटेड' फाइनलमा प्रवेश गरेको छ ।  २-१ गोल अन्तरको जित निकालेको प्लानिङका लागि खेलको दोस्रो हाफको १३औं मिनेट र ४१औं मिनेटमा क्रमशः विलियम एलेक्स र म्यान अफ द म्याच प्रतापसिंह राईले योगदान गरे । पहिलो पटक प्रतियोगितामा सहभागी दुवै टिमले मैदानमा भएको असमझदारीका कारण तीतो अनुभव गर्न पुगे ।  पहिलो हाफ मध्यतिर दुई टिमबीच भएको घम्साघम्सीपछि प्लानिङ बोइजका पापा इबोउ केबी र लालीगुराँस पोखराका इस्कन्दर सिद्दिकी जुनो रेड कार्ड पाउँदै मैदान बाहिरिए । लालीगुर

    • प्रकाशित मितिः माघ २८, २०८२
    • ४५२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकी दिपासहित झापाबाट ४ जना ब्राउन सुगरसहित पक्राउ

    झापा/ लागूऔषध नियन्त्रण अभियान अन्तर्गत झापाको गौरीगञ्जबाट धरानकी एक युवतीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार दिउँसो करिब १ः३० बजे गौरीगञ्ज गाउँपालिका–२ बाहुनटोलमा पूर्व आपगाछीबाट पश्चिमतर्फ आउँदै गरेको मे १ह ५६६७ नम्बरको ओटो (टेम्पु) लाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले रोकी चेकजाँच गरेको थियो। प्रनि भुवन बाबु खड्काको कमाण्डमा खटिएको ७ सदस्यीय टोलीले चेकजाँच गर्दा अटोको खुट्टा राख्ने म्याटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार प्लास्टिकसहित ७ ग्राम ५०० मिलिग्राम तथा प्लास्

    • प्रकाशित मितिः माघ २८, २०८२
    • ३८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यूएन-नवोदय कलेजमा साइबर अपराध सम्बन्धी अभिमुखिकरण सम्पन्न

    धरान/ यूएन-नवोदय कलेजमा साइबर अपराध सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। २०८२ साल माघ २७ र २८ गते सञ्चालन गरिएको उक्त कार्यक्रममा+२ तहका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा ईलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर वविन राईले साइबर अपराधका प्रकार, सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी, ह्याकिङ, साइबर बुलिङ तथा विद्युतीय कारोबार ऐन सम्बन्धी कानुनी व्यवस्थाबारे विस्तृत जानकारी दिएका थिए। उनले डिजिटल युगमा सचेत र जिम्मेवार प्रयोगकर्ता बन्न विद्यार्थीलाई आग्रह गरे। त्यसैगरी जिल्ला ट्राफिक कार्यालय सुनसरीका सव–इन्स्पेक्टर नारद प्रसाद दाह

    • प्रकाशित मितिः माघ २८, २०८२
    • ६४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वाञ्चल आर्किटेक्चरल प्रदर्शनीमा मोडर्न स्कुलका विद्यार्थी प्रथम

    धरान/ पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (Eastern Region Campus), आईओई धरानमा Society of Architecture Students (SOAS) द्वारा आयोजित पूर्वाञ्चल आर्किटेक्चरल एक्जिबिसन “स्पर्श: Back to the Roots” मा इटहरीको मोडर्न प्रिपरेटरी सेकेन्डरी स्कुलका विद्यार्थीहरूले उत्कृष्ट सफलता हासिल गरेका छन्। विद्यालय तहअन्तर्गत आयोजित प्रतिस्पर्धामा कक्षा ७ की छात्रा सोयाशा भगत ले Live Art Competition मा प्रथम स्थान हासिल गर्न सफल भइन्। उनले आकर्षक कला प्रस्तुति मार्फत निर्णायकको मन जित्दै उपहार ह्याम्पर तथा नगद पुरस्कार प्राप्त गरिन्। त्यस्तै, कक्षा ६ का छात्र रोहन थापा ले Paper Craft Competition

    • प्रकाशित मितिः माघ २८, २०८२
    • ४४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • क्यान्सरसंग जुध्दै ममता उपचारमा सहयोग गरिदिन सबैसंग आग्रह

    धरान/ दोस्रो पटक क्यान्सरसंग लडिरहेकी ममता राई खड्काको यो दोस्रो किमो हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उनलाई तेस्रो किमोका लागि फागुन ५ गते बोलाएको छ । तर खर्च उभावले थप उपचार अनिश्चित बनेको छ । मजदुर नेता भीमज्वाला राईसंगको कुराकानीमा आधारित  धरान १५ सगरमाथा लाइनकी ५२ वर्षिया ममता राई खड्कालाई २०८१ सालको लाग्दै ब्रेस्ट क्यान्सर देखा परेको थियो । नास्ट कलेजको बसका चालक श्रीमान शुक्र राईले उपचारका लागि कुनै कसुर बाँकी राखेनन् । ८ वटा किमो चल्यो । ८ वटा इन्जेक्सन दिइयो, दाहिने तर्फको ब्रेस्ट शल्याक्रिया भयो । २०८१ चैतमा उनलाई बीपी प्रतिष्ठानले डिस्चार्ज दियो । 

    • प्रकाशित मितिः माघ २७, २०८२
    • ३५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved