धरान : चौतर्फी आलोचनापछि धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले आफ्नो एउटा फेसबुक स्टाटसमा प्रयोग भएको शब्दप्रति आइतबार क्षमा मागेका छन् । उनले फेसबुक स्टाटस र पत्रमार्फत् नै क्षमा मागेका हुन् । उनले गत मङ्सिर २८ गते लेखेको एउटा स्टाटसमा विरोधीहरूका लागि ‘चमारे’ शब्द प्रयोग गरेका थिए । सो विषयमा आपत्ति जनाउँदै राष्ट्रिय दलित आयोगले उनलाई स्टाटस सच्याउन आग्रह गरेको थियो तर मेयर राईले उल्टै आयोगको खिल्ली उडाएका थिए । आफू कुनै हालतमा नझुक्ने अडान लिएका राई अहिले भने आफ्नाे पद नै धरापमा परेपछि क्षमा माग्न बाध्य भएका छन् । उनले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो स्टाटसल
भोजपुर / यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीराम मिथिला शिक्षालयको उद्घाटन गरेकी छन् । राष्ट्रपति भण्डारीले रामप्रसाद राई गाउँपालिका–५ मा पर्ने गाउँ मानेभञ्याङ आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटन गरेकी हुन् । उद्घाटनमा उनले शिक्षालयको स्थापनापछि अब स्थानीयलाई प्राविधिक शिक्षा लिन सहज हुने बताइन् । ‘अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो‚’ राष्ट्रपति भण्डारीले भनिन्, ‘यो प्राविधिक शिक्षालयले यहाँ शिक्षाको विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ। शिक्षालय स्थापनाले प्राविधिक शिक्षा लिन अन्यत्र जानुपर्ने बाध्यता हटेको
धरान / धरान उपमहानगरपालिकाको आर्थिक महाशाखाले सूचना दिन नमान्दा शुक्रबार गरिने भनिएको खानेपानीको आय व्यय प्रस्तुत हुन सकेन ।विहीबार कार्यपालिकाको बैठक अवरुद्ध भएको विषयमा जानकारी दिन २० वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुक्रबार धरानको खानेपानीको आय व्यय प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाएको थियो । तर आर्थिक प्रशासन महाशाले हिसाब किताब दिन नमिल्ने भन्दै दिन नमानेपछि सार्वजनिक गर्न नसकिएको् धरान १७ का वडाध्यक्ष एवम् धरान उपमहानगरपालिकाका प्रवक्ता सूर्यकुमार भट्ट्राई (मनोज) ले बताए । उनले भने–‘आज हामीले सञ्चारकर्मीहरुलाई धरान खानेपानीको आय व्यय सार्वजनिक गर्छौ भनेका
धनकुटा / धनकुटाको सांगुरीगढीमा महागुरुहरुको शालिकको अनावरण गरिएको छ । साँगुरीगढी गाउँपालिका ५ डांडाबजार फुकदेन (ध्वजे डाँडां मा महागुरु फाल्गुनन्द, जयमान जवेगु र लालप्रसाद जवेगूको शालिक अनावरण गरिएको हो । मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङबाट प्रतीक अनावरण गरिएको हो । महागुरुका चेला जयमान जवेगुको शालिक र किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष लालप्रसाद जवेगूको शालिक अनावरण गरिएको छ । धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले शालिक अनावरण गरेका हुन् । मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेन तथा चेला जयमान जवेगु किरात धर्म दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूतिको र
इलाम / चियाको हरियो पत्ति टिप्ने काम यति वेला खासै हुँदैन । चैत्र वैशाखमा फस्ट फल्सबाट चिया टिपाई सुरु गरेर कात्तिकमा अन्तिम टिप्ने गरिन्छ । यस बेला धेरै जसो ठाउँमा चियाको कटिङ हुने गरेता पनि इलामको चिलिमकोट चिया बगानमा भने चिया टिपाई भइरहेको छ । हिउँदको समय सुख्खा लाग्ने र धेरै चीसोको कारण चिया उत्पादन हुने नहुने हुँदा यो समयलाई चियाको अफ सिजिन मानिन्छ । चियाको अफ सिजनमा पनि शोक्तिम र चिलिम कोट चिया बगानमा भने हरियो पत्तिको टिपाई भइरहेको छ । सुवास संघाईले ५० वर्षका लागि लिजमा लिएका इलामका चार वटा चिया बगान मध्ये दुई वटा चिया बगानमा यति बेला पनि हरियो पत्ति उत्पादन भइरहेको हो भने इलाम र कन्या
मोरङ / राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी छन् । बिहीबारदेखि विराटनगरमा आयोजना भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी हुन् । राष्ट्रपति भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगर पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न संघर्ष गरिरहेको बताएकी छन् । उनले आगामी दिनमा औद्यौगीकरणका लागि विराटनगरले देशलाई नै सन्देश दिन अग्रसर हुने विश्वास व्यक्त गरिन् । विराटनगरमा आर्थिक तथा औद्योगिक विकासको धेरै सम्भावना रहेको बताउँदै उनले रानी–किमाथांका सडकले
विजयपुर : सानो विवादका कारण धरान उपमहानगरपालिकाको तीनवटा कार्यपालिका बैठक स्थगित भइसकेको छ । धरान १७ मा रहेको सप्तर्रंगी पार्कलाई उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बहुजातीय संग्राहालय बनाउनुपर्छ भन्ने एजेण्डा अगाडि सारेपछि कार्यपालिका सदस्य अनुप देवानले सो एजेण्डाको विषयमा असहमति जनाउदै बोलेका थिए । उनले बहुजातीय पार्क धरान १४ मा बन्दै गरेको र यसलाई सप्तरंगी पार्क नै बनाउदा धरानको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदा मेयर साम्पाङले अपशब्द बोल्दै कार्यपालिका सदस्यमाथि दुव्र्यवहार गरेको आरोप लगाउदै माफी नमागुन्जेल कार्यपालिका बैठक सञ्चालन नभई स्थगित हुँदै आएको छ । यस विषयमा मेयर साम्पाङक
मोरङ / एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित सम्पन्न भएको छ । एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीेको उपस्थितिमा भएको थियोे । प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको खेलमैदानमा आयोजित ५७ औ बार्षिकोत्सव कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गिरीले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्रले ५७ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई शुभकामना दिएका थिए । सो अवसरमा उनले बार्षिक उत्सवको अवसरमा प्रकाशन गर्दै आएको स्मारिकालाई समायानुकुल थप परिस्कृत एवम् प्रविधिमैत्री बनाउदै क
धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङको अभिव्यक्तिप्रति दलित समुदायले आपत्ति जनाएका छन् । साम्पाङले आफ्नो सामाजिक सञ्जालमा पोष्टाउँदै ‘जोडी खोज्नेहरुको बास उठ्न सक्छ, बल होइन बुद्धि लगा चमारे’ भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिप्रति राष्ट्रिय दलित आयोगले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै ध्यानाकर्षण गराएको छ । आयोगका माननीय अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्तक्षरित विज्ञप्ती बुधबार सार्वजनिक गर्दै नगरप्रमुख जस्तो जिम्मेबार पदमा बसेर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तीमा भनिएको छ, ‘२०७९ मंसिर २७ गते धरान उपमहानगरपालिक
मोरङ /वैदेशिक रोजगारमा जाने महिलाहरुले राम्ररी बुझेर मात्र जान आग्रह गरेका छन् । वैदेशिक रोजगारमा पुगेर फर्किएकाहरुले नबुझी जाँदा धेरै महिलाहरुले अनाहकमा दुःख पाएकोले बुझेर जान आग्रह गरेका हुन् ।कुवेत पुगेर फर्किएकी कुमारी चेम्जोङले विदेशमा पैसा कमाउने उद्देश्यल नबुझी जाँदा दुःख पाएको व्याथा पोख्दै महिलालाई वैदेशिक रोजगारमा सहज नभएको बताएकी छन् । उनी कुवेतमा अढाई बर्ष बसेर आउँदा आफूले दुःख नपाए पनि कुवेतमा धेरै महिलाहरुले कष्टकर जीवन विताउनु परेको बताइन् । उनले भनिन्–‘म विदेश अढाई बर्ष बसे, कुवेतमा रोजगारीका लागि गएकी थिएँ, घरेलु कामदारको रुपमा अवैधानिक रुपमा लगिएका धेरै महिलाहरुले