समाज

    Showing 5,601-5,610 of 6,725 items.
  • स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु

    झापा/ झापाको शिबसताक्षी नगरपालिका १० माइधार चौक नजिक भित्रीसडक खण्डमा स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७२ बर्षीया ललिता कट्वाल रहेकी छन् । सोमबार(आज) बिहान सँवा ११ बजे दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १ च ७४१६ नम्बरको स्कारपियोले पैदल यात्री कट्वाललाई ठक्कर दिंदा उनको घटनास्थालमानै मृत्यु भएको हो । स्कारपियो र चालक ईलाम देउमाइ नगरपालिका ३ का ३२ बर्षीय पुर्ण खतिवडालाई अस्थाई प्रहरी पोष्ट माईधारले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टमको लागी दमक अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 658 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराहक्षेत्रमा कात्तिके मेला आज देखि

    बराहक्षेत्र/ गत बर्ष कोरोना सक्रमणका कारण नलागेको कात्तिके अर्थात हरिबोधिनी एकादशी मेला यस बर्ष लाग्ने भएको छ । कोभिडका कारण भारतिय तिर्थालु आउन नसक्दा गत बर्ष मेला लाग्न सकेको थिएन् । छिटफुट रुपमा मात्र स्थानीय भक्तजहरुले मेलाको औपचारिकता मात्र सुरु गरेका थिए । यस वर्ष भाईरसको सक्रमण न्यून हुँदै गएकाले मानिसको चहल पहल सुरु भएको छ । बराहक्षेत्रमा लाग्ने कार्तिके मेला कात्तिक २९ गते सोमवार एकादशीको दिनबाट सुरु भई मङसिर ३ गते शुक्रवार पुर्णिमाको दिनसम्म ५ दिन लाग्ने भएको छ । मेलाको लागि बजार, कोसी नदीमा घाटको व्यवस्थापन विद्युत्, खानेपानी लगायत उपसमिति गठन गरिएको छ भने मेलाको तयारी समेत प

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 923 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चण्डिका डिस्टिलरीका कामदारद्वारा आन्दोलन गर्ने चेतावनी

    रंगेली/ श्रम ऐन अनुसार पुर्ण रुपमा सुविधा नपाएको भन्दै रंगेली नगरपालिका ८ स्थित चण्डिका डिष्टिलरीका मजदुरहरुले ९ सुत्रिय माग राख्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । श्रम ऐनमा व्यवस्था गरे अनुसारको पूर्ण रुपमा सुविधाहरु लागू नभएको भन्दै आन्दोलन गर्ने तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । उनीहरुले नियमित कामदार तथा कर्मचारीहरु बाहेकका लागि पनि नियमित गर्दै सबै कामदार तथा कर्मचारीलाई वार्षिक बोनस ३ महिना बरावरको खाइ पाई आएको तलव भत्ता सहित दिने व्यवस्था गर्न माग गरेका छन् । दशै खर्च वापत ४५ दिन बराबरको खाई पाई आएको तलव भत्ता, श्रम ऐन २०७४ को परिच्छेद ९ मा निर्धारण गरेका सम

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 601 पटक पढिएको
    • "कोशीपत्र संवाददाता"
  • ओखलढुंगामा सवारी दुर्घटना ४ जनाको मृत्यु १२ जना घाईते

    ओखलढुंगा / ओखलढुंगाको सुनकोशी गाउँपालिका-९ बुलडाँडामा आज बिहान भएको बलेरो दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । आज बिहान साँढे ७ बजेको समयमा ओखलढुंगाको च्यामनबाट ककनी मन्दिर तर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश-३-०१-०२२ च ९६९४ नंम्बरको बोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु तथा १२ जना घाइते भएका प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । दुर्घटनामा परी सिद्धिचरण नगरपालिका-१० बस्ने ३५ बर्षीया मिठुमाया मगर, १६ बर्षीया तुलसा मगर, १९ बर्षीय खगेन्द्र मगर र ३६ बर्षीया शान्तामाया मगरलाई उपचारको लागी अस्पताल लैजाने

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 704 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘वीपीमा अत्यावश्यक उपकरण नै भरपर्दो छैन’ : बिरामी बाहिर जान बाध्य

    धरान/ दक्षिण एसियाकै उत्कृष्ठ मानिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानामा विरामीको जाँच गर्ने अत्यावश्यक उपकरण नहुँदा उपचारमा हैरानी व्यहोर्नु परेको छ ।प्रतिष्ठानको उपचार पद्धतिका लागि समय समयमा त्यहा आन्दोलन हुने गर्छन्, पदाधिकारीहरुले चाडै समस्या समाधान गर्ने भन्ने आश्वासन दिन्छन् तर समस्या समाधानतर्फ चासो नदिँदा उपचारमा गएका विरामीले सास्ती भोग्नु परेको हो । टाउकोको समस्याबाट पीडित धनकुटाका उत्तम भट्टराईलाई उपचारमा संलग्न चिकित्सकले एमआरआई गर्न लेखेर दिए । बिल काटेर विभागमा एमआरआई गर्ने समय माग्न जाँदा कर्मचारीले एमआरआई विग्रेको एक बर्ष भएको जानकारी दिए । एमआरआई विग

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 1,116 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • ‘दलित समुदायका पण्डितलाई सम्मान’

    धरान । जातीय विभेद अहिले पनि कायमै छ । मन्दिरमा प्रवेश गर्न खोज्दा हत्या भएका घट्ना पनि सार्वजनिक हुदै आएका छन् । होटलहरुमा पनि दुव्र्यवहार गरेका घट्नाहरु बाहिर सार्वजनिक हुने गरेका छन् ।एका तिर विभेदपूर्ण समाजका घटनाहरु भइरहेका छन् भने कतै सम्मान पनि भइरहेका छन् । खोटाङ जिल्लाको च्यानडाँडाका ९५ बर्षीय मानबहादुर विश्वकर्मालाई पण्डित कर्म गरैकै कारण एक भव्य समारोहबीच सम्मान गरिएको हो । कार्तिक २६ गते पं. विश्वकर्मालाई बराहक्षेत्र नगरपालिका चतरामा प्रथम जगतगुरु पीठमा आयोजना भइरहेको महायज्ञमा सम्मान गरिएको हो । विकलाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल तथा जगतगुरु महाराज मोहनशरण देवाचार्यले दोस

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 713 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • पुर्ब प्रधानमन्त्री नेपालद्बारा चतराधाममा धार्मिक संग्राहालय बनाउनुपर्नेमा जोड

    बराहक्षेत्र/ पुर्ब प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले चतराधाममा नेपालका सबै धार्मिक शक्तिपीठको प्रतिनिधित्व समेटिनेगरी धार्मिक संग्राहालय बनाउनुपर्नेमा जोड दिएका छन् । पशुपतिनाथको देशको रुपमा संसारभर परिचित नेपाललाई धार्मिक केन्द्रको रुपमा बिकास गर्ने सबै धार्मिक स्थलको प्रतिनिधित्व हुने धार्मिक संग्रहालय बन्नु पर्ने र त्यसकालागि जगदगुरु वालसन्त मोहन शरणले नेतृत्व लिनु पर्ने बताए । उक्त संग्राहलय सुनसरीको चतरा उपयुक्त हुने समेत नेपालले बताए । प्रथम जगदगुरु पिठ एब् श्री राधाकृष्ण भक्ति साधना आध्यात्मिक प्रतिष्ठान चतराधामद्वारा जगदगुरु अनन्त श्री व

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 618 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जसले आफ्नो पूरा जीवन क्वारेन्टिनमा बिताए

    मानव दुनियाँले देखेको जुनसुकै महामारीले मानिसलाई क्वारेन्टिन वा आइसोलेनमा बस्न बाध्य बनाएको छ। रोगको फैलावटलाई कम गर्न र भाइरसको खतराबाट आफूलाई सुरक्षित राख्नका लागि मानिसहरू क्वारेन्टिन बस्ने गर्छन्। कोभिड १९ का दौरान हामी सबैले यो प्रयोग कुनै न कुनै तरिकाले गर्‍यौँ। तर कल्पना गर्नुहोस् त, तपाईं कुनै त्यस्तो दुर्लभ कारणले पूरा जीवनभर क्यारेन्टिन बस्नुपर्ने छ र तपाईं त्यसबाट बाहिर निक्लिने बित्तिकै तपाईंको मृत्यु हुने निश्चित छ। सायदै तपाईं यो कुराको कल्पना पनि गर्न सक्नु हुन्न। तर एक अमेरिकी बालकले आफ्नो पूरै जीवन एउटा प्लास्टिकको थैलोभित्र बिताए। एउटा दुर्लभ अवस्थाका कारण जीवनभरि प्लास्

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 987 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ६ वर्ष लाग्यो सेउती खोलाको पक्की पुल बन्न

    धरान । पर्याप्त बजेट नहुँदा ढिलाई भएको धरानको वडा नम्बर १५ र वडा नम्बर ४ जोड्ने पक्की पुल ६ वर्ष पछि सम्पन्न भएको छ । ग्रामिण क्षेत्रलाई धरान बजार सँग जोड्न २०७२ सालमा पक्की पुल निर्माण शुरु भएको थियो । तत्कालिन निर्वाचन क्षेत्र विकाश कोषबाट विनियोजित बजेट र स्थानीय उपभोक्ताको ३० प्रतिशत लगानीमा पुल निर्माण थालिएको थियो । तर पर्याप्त बजेट विनियोजन नहुँदा पुल निर्माण सम्पन्न हुन ६ वर्ष लागेको हो । १० वर्ष अघि स्थानीयले काठे पुल बनाएका थिए । ६ वर्ष अघि काठे पुल सेउती खोलाको बाढीले बगाए पछि पक्की पुल निर्माण थालिएको थियो । राष्ट्रिय योजनामा समावेश गर्ने प्रतिबद्धता सहित तत्कालिन सांसद मिन विश्वक

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 1,165 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राज्यबाट असहयोग हुँदा विकल्प खोज्दै कुखुरा व्यवसायी

    धरान । राज्यबाट अनुदान तथा विभिन्न प्राविधिक सहयोग नपाउँदा कुखुरापालक कृषकहरु पेशा छोडेर पलायन हुन थालेका छन् । स्वदेशमै बसेर कृषि पेशाबाट आश्रित हुन कोशिष गरे पनि लगानी डुब्दै जान थालेपछि कुखुरापालक पेशा नै छोड्न बाध्य बन्दै गएका छन् । धरान १५ का राजन कार्कीले २ बर्ष घरमै बोइलर कखुरा पाले । ४० हजार लगानी लगाएर शुरु गरेको व्यवसाय पहिलो बर्ष ६० हजार आम्दानी भयो । आम्दानी राम्रो भएपछि उनी हौसिएर १ लाख रुपैयाको लगानीमा कुखुरा पाल्न थाले । लगानी बढाएकै वर्ष कुखुरामा संक्रमण रोग देखियो । रोगकै कारण कुखुरा मर्न थाले । कुखुरामा देखिएको रोग नियन्त्रण गर्न प्राविधिक सहयोगका लागि धाए तर कुखुरा मर्न छाड

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 789 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved