“मेयर साम्पाङको आदेशमा बोर्डको हिसाब लुकाईयो”

  • पुस १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान उपमहानगरपालिकाको आर्थिक महाशाखाले सूचना दिन नमान्दा शुक्रबार गरिने भनिएको खानेपानीको आय व्यय प्रस्तुत हुन सकेन ।
विहीबार कार्यपालिकाको बैठक अवरुद्ध भएको विषयमा जानकारी दिन २० वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुक्रबार धरानको खानेपानीको आय व्यय प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाएको थियो ।

तर आर्थिक प्रशासन महाशाले हिसाब किताब दिन नमिल्ने भन्दै दिन नमानेपछि सार्वजनिक गर्न नसकिएको् धरान १७ का वडाध्यक्ष एवम् धरान उपमहानगरपालिकाका प्रवक्ता सूर्यकुमार भट्ट्राई (मनोज) ले बताए ।

उनले भने–‘आज हामीले सञ्चारकर्मीहरुलाई धरान खानेपानीको आय व्यय सार्वजनिक गर्छौ भनेका थियौं, हिजो मैले आर्थिक प्रशासन महाशाखालाई यो कुरा माग गरेको थिएँ, तर आज माग्न जाँदा मेयर सावले अहिले नदिनु भनेको भन्दै दिन मानेन ।’ नदिएकै कारण आय व्यय प्रस्तुत गर्न नसकिए उनले बताए ।

यस विषयमा आर्थिक प्रशासन महाशाखाका प्रमुख भेषराज अधिकारीले वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले खानेपानी आयव्ययको लागत सूचना मार्फत माग गरेको सही भएको बताए ।

उनले भने–‘उहाँहरुले सूचना मागेकै हो, तर मेयरसाबले अहिले नदिनु, तीन चार दिनमा म आफै सार्जनिक गर्छु, भनेकाले दिन सकिएको हो । ’
मागेको सूचना नदिएको विषयमा प्रवक्ता भट्ट्राईले आर्थिक महाशाखाले सूचनाको हकको उल्लंघन गरेको बताए ।

उनले भने ‘हामीले प्रक्रियागत रुपमा सूचना मागेका हौ, सूचना दिइएन, यसमा हाम्रो आपत्ति छ ।’

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved