समाज

    Showing 5,421-5,430 of 6,726 items.
  • प्रणय दिवस: ‘बुढासुब्बा मन्दिर’ प्रेमिल गन्तव्य

    धरान । फागुन २ अर्थात फ्रेबुअरी १४ तारिख । यो दिन संसारभरि प्रणय दिवस (भ्यालेन्टाइन डे) को रुपमा मनाउने प्रचलन छ । यो दिन विशेष गरेर माया गर्ने जोडी कुनै रमणीय स्थल घुम्न जाने, उपहार प्रदान गर्ने मात्र हैन सँगै बाच्ने सँगै मर्ने कसम समेत खाने गरेका छन् ।विशेष गरी धरानमा प्रेमिल जोडीहरुले धरान १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा रहेको टुप्पो विनाको बासमा जोडाजोडीको नाम लेख्ने प्रचलन छ । बासमा जोडाजोडीको नाम लेख्दा त्यो प्रेम अमर हुने विश्वास गरिएको छ । बासमा नाम लेख्दा फोहोर हुने र बासको संरक्षण हुन नसकेको भन्दै अहिले भने बासमा लेख्न बन्देज लगाइएको छ । मन्दिर व्यवस्थापन समितिले यसरी बासमा ल

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 1,471 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बर्जुका महिलालाई थाकलबाट सामग्री बनाउने तालिम

    सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा महिलाहरुको लागि १४ दिने थाकलद्वारा हेण्डिक्राफ्ट, ब्याग तथा बिभिन्न सामाग्री बनाउने तालिम शुरु भएको छ । नेपाल ग्रिन लिक फाउन्डेसन प्रा.लि इटहरीको आयोजनामा भएको तालिमलाई उद्योग श्रम तथा रोजगार मन्त्रालय प्रदेश न.१ को कार्यालयले सहयोग गरेको हो । बुधबार देखि सुरु भएको तालिमको प्रशिक्षकको रुपमा रामरति चौधरी, ओम कुमारी चौधरी र सुनिता तिवारी हुमागाई रहेका छन् । २५ जनालाई प्रशिक्षण दिने योजना रहेको तालिमको प्रशिक्षक सुनिता तिवारी हुमागाईले जानकारी दिइन् । महिलाहरुलाई स्वरोजगार बनाइ आय आर्जनमा सहज बनाउने उदेश्यले तालिमको आयोजना गरिएको नेपाल ग्रिन लिक फाउन्डेसन प

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 1,288 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडाअध्यक्ष भट्टराई सहित पाँच जना सम्मानित

    धरान । सफल कार्यकालको प्रशंसा गर्दै धरान उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई सम्मान गरिएको छ । महेन्द्र वहुमुखी क्याम्पसमा आयोजना भएको बरिष्ठ कवि टिका आत्रेयको सिर्जना वाचन, पुस्तक परिचर्चा तथा सम्मान कार्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई सम्मान गरिएको हो । प्रा.डा. टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र विजयपुरको आयोजना तथा किरात देवान समाज केन्द्रीय कार्य समिति सहआयोजनामा भएको कार्यक्रममा वडाध्यक्ष भट्टराईलाई सम्मान गरिएको हो । कार्यक्रममा भट्टराईसँगै कला, साहित्य तथा समाजसेवामा योगदान पु¥याएको भन्दै अनिल पौडेल, मातृका संग्रौला, जयकला राई, भगवती

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 1,190 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी अस्पतालमा गुनासो बढ्दै: नमुना अस्पताल बनाउन दलहरुको प्रतिबद्धता

    धरान । सरकारी अस्पतालहरुको सेवा सुविधा चुस्त नहुँदा नागरिकले पाउने स्वास्थ्य उपचार प्रभावित बन्दै गएका छन् । देशका अधिकांश सरकारी अस्पतालको उपचार सेवा प्रति नागरिकको गुनासो बढ्दै गएको छ । विशेषज्ञ डाक्टर नबस्ने, सुचना प्रणाली व्यबस्थित नहुँदा बिरामीलाई समस्या भएको र पहूँचवालाले मात्रै सेवा पाएको गुनासो सेवाग्राहीको छ । विराटनगर स्थित कोशी अस्पतालको उपचार सेवा प्रति पनि बिरामीको गुनासो अधिक छ । संवाद समुह प्रदेश एकले आयोजना गरेको संवादमा पनि सेवाग्राहीले अस्पताल सेवा सुधारका लागि सुझाव दिएका थिए । विराटनगर स्थित कोशी अस्पतालको सेवा प्रवाह चुस्त दुरुस्त नभएको गुनासो बढ्दै गए पछि मोरङका राजनीति

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 936 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिरगञ्ज पुलको संयुक्त निरिक्षण

    मोरङ/ करिब एक महिना देखि अवरुद्ध बनेको भारतीय सिमानाकामा रहेको मिरगञ्ज पुल र विराटनगर नाकाको वैकल्पिक मार्गका लागि मोरंग व्यापार संघका टोली सहित भारत स्थित अररियाका डिष्ट्रिक्ट मजिस्टे«टले संयुक्त निरिक्षण गरेका छन् । एक महिना अघि मिरगञ्ज पुल भत्किए पछि निर्यात तथा आयातमा समस्या हुँदै गए पछि संघले पटक पटक सहजताका लागि भारतीय सरकार सँग पहल गर्दै आएको छ । यसै बिच संघको टोलिले गत शुक्रबार विहारका कला, संस्कृति तथा युवा मामिला मन्त्री आलोक रञ्जनसँग भेट गर्दै समस्याका बारेमा जानकारी गराएको थिए । लगत्तै आइतबार भारतका अररिया डिष्ट्रिक्ट मजिस्ट्रेट प्रशान्तकुमार सि.एच., फार्बाेसगन्जका एसड

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 923 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पिलयाटार र ललाहानीटार पुग्यो सडक

    धरान । करिब चार वर्ष देखिको अथक प्रयास पछि बल्ल सहिदभुमि गाउँपालिकाको दुर्गम गाँउ पिलयाटार र ललाहानीटारमा पहिलोपटक सडक पुगेको छ । यस अघिनै सडक सञ्जालले जोडि सक्ने भएपनि ठुला ठुला अग्लो चटान र भिरको बाटो भएकोले चट्ना फोरेर सडक खन्न समय लागेका कारण यो वर्ष भने पिलयाटार र ललाहानीटारमा सडक पु¥याँउन सफल भएको गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए । चालु आर्थिक वर्ष छुट्याईएको १० लाख बजेटले सडक विस्तार कार्य सम्पन्न भएको गाँउपालिकाले जनाएको छ । घर आगनमा सडक पुगेपछि पिठ्यँुमा बोकेर दैनिकि उपभोग्य वस्तुहरु ल्याउनु पर्ने समस्याको अन्त्य भएको सडक उपभोक्ता समितिका अध्यक्

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 775 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नियमावली विपरित बने १३ मन्त्रालय

    धरान । चौतर्फी विरोध भइरहँदा पनि प्रदेश एक सरकारले गठबन्धनको भागबण्डा मिलाउन सरकार विस्तार सहित मन्त्रालय फेरबदल गरेको छ । सरकारले ६ सदस्यीय मन्त्रीमण्डललाई विस्तार गर्दै १४ सदस्यीय मन्त्रीमण्डल बनाएको हो । विपक्षी दलको विरोध र आलोचनाका बीच गठबन्धनका दलहरुलाई भागवण्डा पुर्‍याउन ७ मन्त्रालय फुटाएर १३ पुर्याएका हुन् । कार्यविभाजन नियमावली २०७४ अनुसार ७ मन्त्रालय थिए । त्यसलाई संशोधन गर्न प्रमुख सचिव डा. रामप्रसाद घिमिरेको संयोजकत्वमा सबै सचिव रहेको कार्यदल बनाएको थियो । कार्यदलको सुझाव अनुसार मन्त्रीपरिषदले संशोधन गरेर १२ वटा मन्त्रालय बनाउने निर्णय गरिए पनि मन्त्रीपरिषद विस्तार गर्दा सत्ता

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 892 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • 'महिला समुहले बजाउँदै नौमती बाजा'

    धरान । कुनै वेला विवाह, व्रतवन्ध, शुभकार्यका लागि बजाईने पञ्चेवाजा यतिवेला कँहि कतै मात्र देख्न पाईन्छ । नेपाली लोक संस्कृति झल्किने पञ्चेवाजा दलित समुदायका दमाई जातीले मात्रै बजाउने प्रचलन रहेको र नयाँ पुस्तामा हस्तानान्तरण हुन नसकेको कारण लोप हुन थालेको हो । आधुनिकता सँगै अन्य बाजाको प्रभाव र परम्परागत रुपमा बाजा बजाउनेको पेशालाई संरक्षण गर्न नसकिनु र अन्य जातीले बजाउन हुँदैन भन्ने धारणाका कारण लोप हुन थालेको पाईन्छ । नौमती बाजा लोप हुँन थालेसँगै संरक्षण गर्ने उदेश्यले पुर्वेली पञ्चे बाजा समूह झापाले संरक्षण गर्न थालेको छ । समूहले क्लव बनाएरै बाजा बजाउन सिकाएको र उक्त समूहमा सवै क्षेत्री वा

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 1,345 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वैदेशिक रोजगारीबाट फर्केका युवालाई सरकारले पुरस्कृत गर्ने, फागुन १० गतेभित्र आवेदन दिइसक्नुपर्ने

    धरान । सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आह्वान गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आगामी फागुन १० गतेभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ । कामदार भिसामा विदेश गरी कम्तिमा एक वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय सञ्चालन गरेको न्यूनतम् एक वर्ष पूरा भएको र विगत पाँच वर

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 826 पटक पढिएको
    • "रासस"
  • तीन महिनाभित्र दलितको अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश

    धरान  । तीन महिनाभित्र दलितको हक अधिकार सुनिश्चत हुनेगरी आवश्यक व्यवस्था मिलाउन संघीय संसद सचिवालय र सरकारका नाममा सर्वोच्च अदालतले आदेश जारी गरेको छ । दलित समुदाय र यो समुदायका व्यक्तिका समानता, विभेदहिनता, समता, समावेशीता, सहभागिता सम्बन्धी हक अधिकारको प्रचलन र समाजिक न्याय सुनिश्चित हुने आवश्यक प्रवन्ध गर्न रिट निवेदकले विपक्षी बनाएको व्यवस्थापिका संसद सचिवालय, नेपाल कानून आयोगसहित आठ वटा मन्त्रालयलाई यस्तो आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलाशले अधिवक्ता प्रकाश नेपालीले गरेको रिट निवेदनमाथी सुनुवाई गर्दै अदालतको आदेश प

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 1,088 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved